• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनको तयारी

  •  बुधबार, भदौ १०, २०८३ मा प्रकाशित

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रमाणपत्र तहको नर्सिङ कलेज सञ्चालनको तयारी सुरु भएको छ । आवश्यक पूर्वाधार र जनशक्ति उपलब्ध रहेको भन्दै अस्पतालले आगामी शैक्षिक वर्षदेखि कक्षा सुरु गर्ने लक्ष्यसहित सम्बन्धनको प्रक्रिया अघि बढाएको हो । अस्पतालका अनुसार नर्सिङ कलेज सञ्चालनका लागि पहल हुँदै आएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले २०८२ भदौ ५ गते कलेज सञ्चालनसम्बन्धी निर्णय गरेको थियो ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले नर्सिङ कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिसकेको छ । प्रस्तावित कलेजका लागि अस्पतालको पुरानो भवन प्रयोग गर्ने तयारी छ । नयाँ भवनबाट अस्पतालको सेवा सञ्चालन हुन थालेपछि खाली रहेको पुरानो भवनमा १४ वटा कोठा, चारवटा प्रयोगशाला र पुस्तकालय रहेका छन् । होस्टल निर्माणको योजना रहेको अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत सुजता पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा १२४ भन्दा बढी शय्या र ९० नर्सिङ जनशक्ति रहेकामा प्रस्तावित कलेजका लागि १३ जना नर्सिङ जनशक्ति छुट्याइएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले तोकेको कोटाअनुसार विद्यार्थी भर्ना गर्ने अस्पतालको योजना छ । “सरकारी अस्पतालमै नर्सिङ शिक्षा सञ्चालन हुँदा पूर्वी नेपालका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्छ । अहिले चर्को शुल्क तिरेर निजी संस्थामा अध्ययन गर्नुपर्ने बाध्यता रहेकाले सरकारीस्तरबाट कार्यक्रम सञ्चालन हुँदा धेरै सहज हुन्छ,” पौडेलले भन्नुभयो, “यसले आवश्यक नर्सिङ जनशक्ति उत्पादन गर्न र जनशक्ति पलायन रोक्न पनि सहयोग पु¥याउन सक्छ ।” कलेज सञ्चालनका लागि सिटिइभिटीको प्रक्रिया अघि बढाउने क्रममा गत साउन २१ गते अस्पतालको प्रतिनिधिमण्डलले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेट गरेको थियो । प्रतिनिधिमण्डलमा यस क्षेत्रका सङ्घीय सांसद प्रकाश पाठकसहित अस्पतालका प्रतिनिधि सहभागी थिए ।

टोलीले परिषद्ले तोकेको शुल्क लिएर पूर्वाधार तयारीको अनुमति प्रदान गरी स्थलगत निरीक्षण गरिदिन आग्रह गरेको थियो । मन्त्रीसँगको भेटमा सिटिइभिटीको उपाध्यक्ष पद रिक्त रहेकाले नियुक्तिपछि बोर्ड बैठकबाट प्रस्ताव अघि बढाउने विषयमा छलफल भएको नर्सिङ अधिकृत पौडेलले बताउनुभयो । “शिक्षामन्त्रीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । सिटिइभिटीको उपाध्यक्ष नियुक्त भएपछि बोर्ड बैठकबाट प्रस्ताव पारित गरेर आवश्यक प्रक्रिया पूरा गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराउने आश्वासन पाएका छौँ,” उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले पनि भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनका लागि शिक्षा तथा खेलकुदमन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग छलफल गरी पहल गरिरहनुभएको छ । उहाँले आवश्यक सरकारी निर्णयका लागि सहजीकरण गर्ने बताउनुभएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताले नयाँ भवनबाट सेवा सञ्चालन भएपछि खाली रहेको पुरानो भवनलाई नर्सिङ कलेजका लागि उपयोग गर्न सकिने बताउनुभयो ।

“नर्सिङ कलेज सञ्चालनका लागि आवश्यक कक्षाकोठालगायत संरचना पुरानो भवनबाटै व्यवस्थापन गर्न सकिन्छ,” गुप्ताले भन्नुभयो, “अस्पतालमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति रहेकाले कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास छ ।” प्रक्रिया पूरा भए आगामी शैक्षिक वर्षदेखि भद्रपुर प्रादेशिक अस्पतालमै प्रमाणपत्र तहको नर्सिङ अध्ययन सुरु हुने अस्पतालको अपेक्षा छ।रासस

बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.