• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ १२, २०८३
शुक्रबार, भदौ १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
  • २८ मिनेट 

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
  • ४२ मिनेट 

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
  • ३ घण्टा 

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार
  • ३ घण्टा 

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान
  • २२ घण्टा 

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
  • २२ घण्टा 

रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
  • २३ घण्टा 

आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी बनाउन जिम्मेवारी तोकियो
  • २३ घण्टा 

विपद्को समयमा राज्य र नागरिकको साथमा रहने एप्पोनको प्रतिबद्धता
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  • २. बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  • ३. स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

  • ४. आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त

  • ५. डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोषाध्यक्षमा मनोनित

  • ६. गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

  • ७. प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

  • ८. ‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

  • ९. भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

  • १०. स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै

  •  बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित

काठमाडौँ ।  रसुवा बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये ३६ जनाको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याएका ३७ घाइतेमध्ये एक जनाको मृत्यु भएको र बाँकी ३६ जनाको उपचार भइरहेको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् । घाइते भएकामध्ये छ जनाकोे ‘आइसियु’मा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईंले बताउनुभयो ।

घाइते हुनेहरुमा तेजबहादुर तामाङ, पेमा तामाङ, पवित्र कार्की, राजेन्द्र भट्ट, मीनबहादुर श्रेष्ठ, गिरिलाल बुढाथोकी, सुजन बस्नेत, रुपक रोका, सुशान्त श्रेष्ठ, बलबहादुर घर्ती, अशोक श्रेष्ठ, कर्मा योन्जन नगरकोटी, रामप्रसाद थारु, सुरुची रानामगर, रिता डोचो र निम दोर्जे शेर्पा रहेका छन् । यस्तै, रितु डङ्गोल, स्मृति ओझा, इशारा तामाङ, महेश्वर शाह, सुशीला भ्लोन, सिजल थापा क्षेत्री, सितार तामाङ, राजन खत्री, रमनलाल श्रेष्ठ, रमेश अधिकारी, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, पासाङ छोमु घले, पापु पटेल, सम्झना न्यौपाने, समय तामाङ, छिमलाल तामाङ, चिसाङ तामाङ र रोशन तामाङ तथा भारतीय नागरिक नवलेश शर्माको हाल शिक्षण अस्पतलमा उपचार भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिनेक्रम जारी छ । घाइतेका आफन्तजन अस्पतालमा पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन् । बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले अस्पतालमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । यसैबीच बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ भने घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिको पहिचान तथा अवस्थाबारे विवरण सङ्कलन गर्ने काम भइरहेको छ । उद्धार गरिएका तथा उपचारका लागि काठमाडौँ ल्याइएका व्यक्तिका आफन्तले सम्बन्धित अस्पतालमा स्थापना गरिएको नागरिक सहायता कक्षमार्फत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । बाढीका कारण प्रभावित परिवार आफन्तजनको अवस्थाबारे जानकारी पाउन अस्पताल तथा सहायता कक्षमा पुगिरहेका छन् । प्रहरीले विपद्का समयमा अपुष्ट सूचना तथा हल्लाको पछि नलागी आधिकारिक निकायबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ।रासस

बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

लोकप्रिय

सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त

डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोषाध्यक्षमा मनोनित

ताजा

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.