• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ १२, २०८३
शुक्रबार, भदौ १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर
  • ३८ मिनेट 

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु
  • ४० मिनेट 

रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
  • ५६ मिनेट 

अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण क्षेत्रका हस्ती प्रा.डा. सुरेश पाण्डे
  • १ घण्टा 

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
  • २ घण्टा 

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
  • २ घण्टा 

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
  • ५ घण्टा 

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार
  • ५ घण्टा 

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  • २. बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  • ३. प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

  • ४. जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

  • ५. भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

  • ६. ‘नारायणी हस्पिटल फर्मुलरी २०८२’ विमोचन

  • ७. आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

  • ८. नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

  • ९. विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

  • १०. तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

  •  शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

काठमाडौँ । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये २२ जनाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याएका ४४ जनामध्ये आज २२ जनाको उपचार भइरहेको र बाँकी २१ जनाको ‘डिस्चार्ज’ गरिएको राससलाई जानकारी दिनुभयो । यस्तै, उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको छ । बाढीमा परेर गम्भीर घाइते भएका आठ जनाको आइसियुमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढार्इंले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने क्रम पनि जारी छ । घाइतेका आफन्तजन उपचाररत अस्पतालमा पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन् । यस क्रममा टिचिङ अस्पतालमा घुइँचो लागेको छ । बाढीमा परी घाइते तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले अस्पतालमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीबाट उद्धार गरिएका घाइतेको हातखुट्टा, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । केही घाइतेलाई सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेको र उनीहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ भने घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याउने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिको पहिचान तथा अवस्थाबारे विवरण सङ्कलन गर्ने काम भइरहेको छ । उद्धार गरिएका तथा उपचारका लागि काठमाडौँ ल्याइएका व्यक्तिका आफन्तले सम्बन्धित अस्पतालमा स्थापना गरिएको नागरिक सहायता कक्षमार्फत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

बाढीका कारण प्रभावित परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन अस्पताल तथा सहायता कक्षमा पुगिरहेका छन् । प्रहरीले विपद्का समयमा अपुष्ट सूचना तथा हल्लाको पछि नलागी आधिकारिक निकायबाट प्राप्त सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कामलाई निरन्तरता दिइएको छ भने घाइतेको उपचारमा आवश्यक समन्वय भइरहेको सम्बन्धित निकायले जनाएको छ।रासस

शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी

लोकप्रिय

सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

ताजा

धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु

रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी

अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण क्षेत्रका हस्ती प्रा.डा. सुरेश पाण्डे

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.