• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर

  •  शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालले १०० शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गरिरहेको छ । नेपाल र जापान दुई देशबीचको सम्झौताअनुसार जापानको ३ दशमलब ८६ अर्ब जापानी येन (रु तीन अर्ब ६० करोड) बराबरको पूर्ण अनुदानमा भवन निर्माण भइरहेको हो । पटकपटकका सम्झौताबीच औपचारिक रूपमा २८ मे २०२५ मा भवन निर्माणार्थ शिलान्यास गरिएको थियो । द्रुत गतिमा अघि बढिरहेको ट्रमा तथा इमरजेन्सी सेन्टर नेपालका लागि महत्त्वपूर्ण स्वास्थ्य पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ ।

अस्पताल परिसरमा निर्माणाधीन उक्त सेन्टरमा अरनिको राजमार्ग र बिपी राजमार्गबाट बिरामीको सहजै पहुँच पुग्नेछ । ट्रमा तथा इमरजेन्सी सेन्टर करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको निर्माण कम्पनीका इन्जिनियर रोशन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको कुल क्षेत्रफल करिब ७४ हजार वर्गफिटको छ । भवनलाई विपद्, आगलागी तथा अन्य आकस्मिक अवस्थालाई पनि ध्यानमा राखेर सुरक्षित बनाउने गरी ‘डिजाइन’ गरिएको श्रेष्ठको भनाइ छ । भवनमा न्यूनतम तीन फिटदेखि १० फिटसम्मका पिल्लर प्रयोग गरिएको छ । निर्माण कार्यमा दैनिक करिब १४ घण्टा काम भइरहेको छ भने हाल करिब २५० जना कामदार परिचालन गरिएको जनाइएको छ । परियोजनाको करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ ।

निर्माण कार्यका लागि जापानको टोडा कर्पोरेसन, टोकियो छनोट भएको थियो । जाइका नेपाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा सन् २०२५ अप्रिलबाट निर्माणको प्रारम्भिक काम सुरु गरिएको हो । परियोजनामा जापानी कम्पनी टोडासँगै नेपालको हिमालयन बिल्डर्स एन्ड इन्जिनियरिङलगायत कम्पनी पनि सम्लग्न रहेका छन् । निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरमा सिटी स्क्यान, एमआरआई, अत्याधुनिक शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्स–रे मेसिनलगायत आवश्यक स्वास्थ्य उपकरण जडान गरिने सेन्टरका फोकल पर्सन डा दिपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अत्याधुनिक उपकरण तथा अस्पतालका शय्यासहितको संरचना सन् २०२७ जुनसम्म हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

सेन्टर सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकसँगै छिमेकी जिल्लाहरू रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली र भक्तपुरका गम्भीर घाइते तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीले तत्काल विशेषज्ञ सेवा पाउने छन् । बिपी राजमार्गसँग जोडिएका तराईका जिल्लाबाट आउने घाइते बिरामीका लागि पनि यो केन्द्र निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । अन्तरराष्ट्रियस्तरमा देखिएका असहज परिस्थिति, नेपालमा आएको बाढी तथा अन्य विपद् र जेनजी आन्दोलनका कारण निर्माण सामग्री आपूर्ति, जनशक्ति व्यवस्थापन तथा परियोजना सञ्चालनमा केही समस्या आए पनि काम पूर्ण रूपमा प्रभावित नभएको अस्पतालले जनाएको छ ।

विसं २०५३ देखि स्वास्थ्य सेवा सुरु गरेको धुलिखेल अस्पतालले तीन दशकको अवधिमा विभिन्न विशेषज्ञ तथा अत्याधुनिक सेवा थप गर्दै आएको जनाइएको छ । नयाँ ट्रमा तथा इमरजेन्सी सेन्टर सञ्चालनमा आएपछि अस्पतालको आकस्मिक तथा जटिल चोटपटक उपचार क्षमतामा उल्लेख्य विस्तार हुने अपेक्षा गरिएको छ।रासस

शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.