चितवन । लायन्स क्लब अफ चितवन मनकामना र कमला देवी नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ। मनकामना अस्पताल प्रा. लि., भरतपुरको प्राविधिक सहयोगमा कालिका नगरपालिका पिपरियास्थित आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा सहभागी महिला तथा किशोरीहरूको स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिलिप घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले महिलामा देखिने विभिन्न स्वास्थ्य समस्या, नियमित स्वास्थ्य परीक्षणको आवश्यकता तथा समयमै उपचार गराउनुपर्ने विषयमा जानकारी दिएको थियो।
स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट महिला तथा किशोरीहरू लाभान्वित भएका छन्।
