काठमाडौँ । भोटेकोशी रसुवा बाढी प्रभावितहरूको सहयोगका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल तथा त्यहाँ कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ उपलव्ध गराएका छन् ।
सरकारले बाढीको विपत्तीबाट निम्तिएको समस्यासंग जुझ्नका लागि व्यक्ति तथा संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, सरकारी तथा निजी क्षेत्रसंग सहयोगको आग्रह गरेको थियो । सोही आग्रह अनुसार अस्पताल र त्यहाँ कार्यरत कर्मचारीहरूले रकम जम्मा गरेका हुन् ।
अन्नपूर्ण न्युरो हस्पिटलले विपद्का कारण समस्यामा परेका नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र ऐक्यबद्धता आवश्यक रहेको बताएको छ। हस्पिटल तथा कर्मचारीहरूको संयुक्त प्रयासबाट उपलब्ध गराइएको उक्त सहयोगले विपद् प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा केही योगदान पुग्ने विश्वास गरिएको छ।
गत बुधबार एक्कासी आएको अकल्पनीय बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ जिल्लामा जनधनको क्षति भएको छ ।
