विराटनगर । रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। अस्पतालका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्युरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अस्पतालले बाढीबाट प्रभावित नागरिकको शीघ्र राहत तथा पुनर्स्थापनाका लागि आफूहरू प्रतिबद्ध रहेको जनाएको छ । अस्पताल परिवारले विपद्को यस कठिन घडीमा बाढीपीडितको सहयोगका लागि एकजुट भएर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
