नुवाकोट । नेपाल सिएमए संघ र सेवा इन्टरनेशनल नेपाल मिलेर नुवाकोट जिल्लाको विदुर नगरपालिकामा भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । ‘पीडित परिवारको साथमा सेवा, सहयोग र संवेदनासहित’ भन्ने भावना लिएर स्वास्थ्य शिविर आयोजना गरिएको आयोजकको भनाइ छ ।
नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष कपिल खनालले विदुर नगरपालिका–१० गैरीखर्क र बितलबका बाढी प्रभावित स्थानीयवासीको स्वास्थ्य जाँच गरी उनीहरूमा स्वास्थ्य समस्या के कस्तो छ ? भनी परीक्षण गरिएको बताउनुभयो । शिविरमा खनालसहित संघका चितवन जिल्ला उपाध्यक्ष गोविन्द नेपाल र सहसचिव सुरेन्द्र धितालले पनि बिरामीलाई स्वास्थ्य सेवा दिएका छन् ।

