• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालनमा

  •  सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि सदरमुकाम र धनगढी जानुपर्ने बाध्यता हट्दै गएको छ । उक्त अस्पतालमा हाल एक मेडिकल अधिकृत, चार स्टाफ नर्स, दुई अहेबलगायत १३ जना कर्मचारी कार्यरत हुनुहुन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङका अनुसार अस्पतालमा दुई मेडिकल अधिकृतसहित २२ जनाको दरबन्दी स्वीकृत भएको छ । गाउँपालिकाले गत वैशाख १६ गतेदेखि अस्पतालबाट स्वास्थ्य सेवा दिन थालेकामा हाल दैनिक रुपमा २० भन्दा बढी स्थानीयले लाभ लिइरहेका छन् ।

जिल्लाका स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालमध्ये सेवा सञ्चालनमा ल्याउने गन्यापधुरा पहिलो पालिका बनेको गाउँपालिकाले जनाएको छ । सरकारले विसं २०७७ मा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने नीति लिएपछि गन्यापधुरामा अस्पताल निर्माण सुरु गरिएको थियो । अस्पताल निर्माणका लागि विसं २०७९ पुस ७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । गाउँपालिकाका सव–इञ्जिनियर केशव साहुका अनुसार अस्पताल निर्माणको कूल लागत रु १५ करोड ५७ लाख ५३ हजार रहेको छ । अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक, प्रयोगशाला, फार्मेसीलगायत सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । हाल प्रारम्भिक चरणका सेवा सञ्चालन भइरहेकाले आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार थप गर्दै सेवा विस्तार गरिने गाउँपालिकाका अध्यक्ष इन्द्र कार्कीले बताउनुभयो ।

अस्पताल सञ्चालनमा आएपछि सङ्घीय सरकारबाट सहयोग प्राप्त भएको र रेडियोग्राफरसहित आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापनको तयारी भइरहेको जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेमप्रसाद भण्डारीले जानकारी दिनुभयो । “एमबीबीएस चिकित्सक आएपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा प्रयोगशाला, फार्मेसी, एक्स–रे, अल्ट्रासाउन्डलगायत सेवा थप गरी अस्पताललाई नमूना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने योजना छ ।” अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा नमूना पुनका अनुसार सम्भव हुने बिरामीको यहीँ उपचार भइरहेको र जटिल अवस्थाका बिरामीलाई एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल वा धनगढी रेफर गर्ने गरिएको छ ।

अस्पतालमा हाल मौसमी ज्वरो, झाडापखालालगायत बिरामी बढी आउने गरेका छन् । प्रयोगशाला, प्रसूति तथा सामान्य स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा रहे पनि एक्स–रे, अल्ट्रासाउन्ड र इसीजी सेवा भने सञ्चालनमा आउन बाँकी रहेको डा पुनले बताउनुभयो । स्थानीयवासी चक्रबहादुर कार्कीले अस्पतालको सेवा प्रभावकारी बनाउन पर्याप्त चिकित्सक, औषधि र उपकरणको व्यवस्था आवश्यक रहेको बताउनुभयो । “एउटा आधारभूत अस्पतालमा उपलब्ध हुने सबै प्रकारका उपचारको व्यवस्था भए स्थानीयवासीलाई ठूलो राहत पुग्नेछ”, उहाँले भन्नुभयो । सरकारको आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत डडेल्धुराका नवदुर्गा, आलिताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा १० शय्याका अस्पताल निर्माण भइरहेको छ।रासस

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.