• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालनमा

  •  सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि सदरमुकाम र धनगढी जानुपर्ने बाध्यता हट्दै गएको छ । उक्त अस्पतालमा हाल एक मेडिकल अधिकृत, चार स्टाफ नर्स, दुई अहेबलगायत १३ जना कर्मचारी कार्यरत हुनुहुन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङका अनुसार अस्पतालमा दुई मेडिकल अधिकृतसहित २२ जनाको दरबन्दी स्वीकृत भएको छ । गाउँपालिकाले गत वैशाख १६ गतेदेखि अस्पतालबाट स्वास्थ्य सेवा दिन थालेकामा हाल दैनिक रुपमा २० भन्दा बढी स्थानीयले लाभ लिइरहेका छन् ।

जिल्लाका स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालमध्ये सेवा सञ्चालनमा ल्याउने गन्यापधुरा पहिलो पालिका बनेको गाउँपालिकाले जनाएको छ । सरकारले विसं २०७७ मा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने नीति लिएपछि गन्यापधुरामा अस्पताल निर्माण सुरु गरिएको थियो । अस्पताल निर्माणका लागि विसं २०७९ पुस ७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । गाउँपालिकाका सव–इञ्जिनियर केशव साहुका अनुसार अस्पताल निर्माणको कूल लागत रु १५ करोड ५७ लाख ५३ हजार रहेको छ । अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक, प्रयोगशाला, फार्मेसीलगायत सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । हाल प्रारम्भिक चरणका सेवा सञ्चालन भइरहेकाले आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार थप गर्दै सेवा विस्तार गरिने गाउँपालिकाका अध्यक्ष इन्द्र कार्कीले बताउनुभयो ।

अस्पताल सञ्चालनमा आएपछि सङ्घीय सरकारबाट सहयोग प्राप्त भएको र रेडियोग्राफरसहित आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापनको तयारी भइरहेको जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेमप्रसाद भण्डारीले जानकारी दिनुभयो । “एमबीबीएस चिकित्सक आएपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा प्रयोगशाला, फार्मेसी, एक्स–रे, अल्ट्रासाउन्डलगायत सेवा थप गरी अस्पताललाई नमूना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने योजना छ ।” अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा नमूना पुनका अनुसार सम्भव हुने बिरामीको यहीँ उपचार भइरहेको र जटिल अवस्थाका बिरामीलाई एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल वा धनगढी रेफर गर्ने गरिएको छ ।

अस्पतालमा हाल मौसमी ज्वरो, झाडापखालालगायत बिरामी बढी आउने गरेका छन् । प्रयोगशाला, प्रसूति तथा सामान्य स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा रहे पनि एक्स–रे, अल्ट्रासाउन्ड र इसीजी सेवा भने सञ्चालनमा आउन बाँकी रहेको डा पुनले बताउनुभयो । स्थानीयवासी चक्रबहादुर कार्कीले अस्पतालको सेवा प्रभावकारी बनाउन पर्याप्त चिकित्सक, औषधि र उपकरणको व्यवस्था आवश्यक रहेको बताउनुभयो । “एउटा आधारभूत अस्पतालमा उपलब्ध हुने सबै प्रकारका उपचारको व्यवस्था भए स्थानीयवासीलाई ठूलो राहत पुग्नेछ”, उहाँले भन्नुभयो । सरकारको आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत डडेल्धुराका नवदुर्गा, आलिताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा १० शय्याका अस्पताल निर्माण भइरहेको छ।रासस

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.