• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

  •  सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता बढिरहेको र अस्पतालमा रगत अभाव देखिन थालेपछि मानवीय सेवाको भावनासहित ढल्केवरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा २२५ पोका रगत सङ्कलन गरिएको हो । आइतबार २९ महिला र १९६ पुरुषले रक्तदान गरेका मिथिला नगर पत्रकार सञ्जालका अध्यक्ष बिजयकुमार साहले जानकारी दिनुभयो । आयोजकका अनुसार मधेश प्रदेशमा एउटै रक्तदान कार्यक्रममा यति ठूलो परिमाणमा रगत सङ्कलन भएको यो अहिलेसम्मकै उच्च परिमाण हो ।

रक्तदान गर्न स्थानीयवासी मात्र होइन, व्यवसायी, युवा, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्ति उत्साहका साथ सहभागी थिए । रक्तदाताले आफूले दिएको रगतको केही थोपा कसैको जीवनमा अमूल्य बन्न सक्ने भन्दै नियमित रक्तदानका लागि सबैलाई प्रेरित गरेका थिए । रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मिथिला लायन्स क्लब, ढल्केवर खानेपानी उपभोक्ता समिति, मिथिला उद्योग वाणिज्य सङ्घ, मिथिला ब्याडमिन्टन क्लब, मिथिला नगर पत्रकार सञ्जाल, मधेस प्रदेश उद्योग परिसङ्घ, मिथिला युवा सञ्जाल, शुभकामना सहकारी संस्था बडहरी र नमूना सहकारी संस्था ढल्केवरलगायत सङ्घसंस्थाको सहकार्य थियो ।

नेपाल रेडक्रस सोसाइटी धनुषा र ब्लड फोर नेपालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सङ्कलन गरिएको रगतले उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । ढल्केवरमा यसपटक केवल रगतको सङ्कलन भएन, मानवीय संवेदना, सामाजिक एकता र सहयोगको भावना ठूलो मात्रामा सङ्कलन भएको स्थानीयले बताएका छन्।रासस

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.