काठमाडौँ । वरिष्ठ मिगौला रोग विशेषज्ञ प्रा. डा. प्रेम ज्ञवालीले पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने घोषणा गर्नुभएको छ । उहाँले फेसबुकमार्फत् यस्तो घोषणा गर्नुभएको हो ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, “अहिलेसम्म आफुले गरेको आर्थिक सहयोगपछि पनि आगामी ५ बर्षसम्म भोटेकोशी बाढी पिडितका सम्पूर्ण बिरामीहरु र उनका परिवारहलाई आगामी २०८८ सालसम्म मेरो तर्फबाट मिर्गौला र मुत्ररोगको बारेमा आवश्यक पर्ने सम्पूर्ण उपचार नि:शुल्क प्रदान गर्ने प्रतिबध्दता जनाएको छु ।”
