• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गुमेको दृष्टि फर्किँदा

  •  मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित

कपिलवस्तु । लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी हुनुभयो । यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु देखिएपछि नगरपालिकाले उपलब्ध गराएको यातायातमार्फत उहाँ आधारभूत अस्पताल पुग्नुभएको थियो ।

शल्यक्रियापछि आँखाको पट्टी खोल्दा पुनः दृष्टि फर्किदा ७० वर्षीय चौधरी अत्यन्त हर्षित देखिनुहुन्थ्यो । उहाँले भन्नुभयो “मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको छु । यो भन्दा अरु खुसी के हुन सक्छ । विगतमा आँखा उपचार गर्न भारत जानुपर्दथ्यो । अहिले आगनमै सेवा पाउन थालिएको छ । त्यो पनि पैसा पर्दैन । ” त्यस्तै, महाराजगन्ज –१ की ६५ वर्षीया राधा कोरीले पनि गुमेको दृष्टि फर्किएपछि खुसी व्यक्त गर्नुभयो । लामो समयदेखि पुनः आँखा देख्न पाउने आशा हराइसकेको बताउँदै उहाँले शल्यक्रियापछि पुनः उज्यालो भएकोमा खुसी लागेको बताउनुभयो । महाराजगन्ज नगरपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट डेढ सयभन्दा बढी ज्येष्ठ नागरिक तथा विपन्न नागरिकको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

एटलस एलाइन्स नर्वेको आर्थिक सहयोग तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक समन्वयमा नगरपालिकाको आधारभूत अस्पतालमा सो शिविर सञ्चालन गरिएको थियो । शिविरमा बिरामीको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सँगै औषधि र कालो चस्मासमेत उपलब्ध वितरण थियो । शिविरमा आएका बिरामीका लागि खाना, बसोबास तथा यातायातको समेत निःशुल्क व्यवस्था गरेको थियो । शल्यक्रिया शिविर सञ्चालन गर्नुअघि नगरपालिकाका वडा नं. २, ३, ४ र ११ मा एक ÷एक दिने प्रारम्भिक आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । ती शिविरमा १८५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जैसवालले जानकारी दिनुभयो ।

पहिचान भएका बिरामीमध्ये छनोट गरिएका डेढ सयभन्दा बढीको आधारभूत अस्पतालमा शल्यक्रिया गरिएको हो । नगरप्रमुख अब्दुल कलाम खाँले ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित गरी नगरभित्रै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो । नगरवासीसँग गरेको प्रतिबद्धताअनुसार स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । नगरप्रमुख खाँका अनुसार विसं २०७४ देखि नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । हालसम्म नगरपालिकाभित्र १० हजारभन्दा बढीको आँखा शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

शल्यक्रियापछि नगरप्रमुख खाँ, उपप्रमुख रीताकुमारी चौधरी (कुर्मी) तथा वडा नं १ का वडाध्यक्ष प्रमोद चौधरीलगायतले बिरामीलाई कालो चस्मा वितरण गर्नुभएको थियो । उपप्रमुख चौधरीले नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको नीतिअनुसार विगतदेखि नै निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो।रासस

मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.