• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

  •  बुधबार, भदौ २४, २०८३ मा प्रकाशित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन अभियानको सुरुआत गरेको छ । चिकित्सालयले एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको हो । चिकित्सालयले स्वर्णविन्दु प्राशन प्रत्येक महिनाको एकपटक तिथि–मितिअनुसार पुष्य नक्षत्रको दिन पारेर आयोजना गरिने भएको हो ।

कार्यक्रम हुने दिन तथा समय सार्वजनिक सूचनामार्फत जानकारी गराइने चिकित्सालयका प्रमुख अर्जुन उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित तथा चिकित्सकीय परामर्शअनुसार गरिने स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक र मानसिक विकासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ । सो अभियानको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले मङ्गलबार उद्घाटन गर्नुभयो । पाँच वर्षमुनिका बालबालिकालाई निर्धारित मितिमा ल्याई स्वर्णविन्दु प्राशन गराउन सक्ने उपाध्यायको भनाइ छ । अभियान सुरुआतको दिन मङ्गलबार करिब एक सय बालबालिकाको नाम सूचीकृत गरिएको छ ।

खोटाङमा स्वर्णविन्दु प्राशन खोटाङः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरेको छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवद्र्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले जिल्लामा पहिलोपटक स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरिएको हो । सरकारले निर्धारण गरेको स्वर्णविन्दु प्राशन कार्यक्रम लागू गरिएकै दिन मङ्गलबार जिल्लाका २०७ जना बालबालिकाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । निर्धारित कार्यक्रमअनुसार जन्मिएर एक वर्ष पूरा भएका र पाँच वर्ष ननाघेका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको उद्घाटन कार्यक्रमका वक्ताले बताउनुभएको थियो ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले औपचारिक उद्घाटन गर्नुभएको कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, अभिभावक तथा सरोकारवाला निकालयको सहभागिता थियो । स्वर्णविन्दु प्राशन कार्यक्रमलाई सरकारले राष्ट्रिय कार्यक्रमका रूपमा सञ्चालन गर्न ‘बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका–२०८२’ जारी गरेको छ । स्वर्णविन्दु प्राशन कार्यक्रम बालबालिकाको स्वास्थ्य प्रवद्र्धन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु रहेको निर्देशिकामा उल्लेख छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य र रोगप्रतिरोधात्मक क्षमतासँग जोडेर स्वर्णविन्दु प्राशन गराउने गरिएको छ । सामान्यतया प्रशोधित स्वर्ण भस्म, गाईको घीउ÷ब्राह्मी घृत र महलगायतका सामग्रीबाट तयार गरिएको औषधीय मिश्रण थोपालाई स्वर्णविन्दु भन्ने गरिएको छ ।

सरकारले निर्धारण गरेको कार्यक्रमअन्तर्गत निश्चित उमेर समूहका बालबालिकालाई आयुर्वेद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा स्वर्णविन्दु प्राशन गराउने गरिन्छ । जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउने व्यवस्था भए पनि जिल्लामा एक वर्ष पूरा भई पाँच वर्ष ननाघेका बालबालिकालाई मासिक रूपमा व्यवस्था मिलाइएको जिल्ला आयुर्वेद अस्पताल खोटाङका प्रमुख डा सर्वेन्द्र यादवले जानकारी दिनुभयो । स्वर्णविन्दु प्राशनमा सहभागी तथा छुटेका बालबालिकालाई आगामी असोज १९ गते, कात्तिक १६ गते, मङ्सिर १३ गते, पुस ११ गते, माघ ९ गते, फागुन ८ गते र चैत ४ गते पुनः कार्यक्रम राखिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बालबालिकाको स्वास्थ्यप्रति अभिभावकमा सचेतना बढाउने तथा जिल्लामा आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको हो । स्वर्णविन्दु प्राशन कार्यक्रमको प्रभावकारिता, प्रयोग हुने औषधिको संरचना, मात्रा र सेवनको अवधिका विषयमा भने आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । ज्वरो, झाडापखाला, अजीर्ण, रुघाखोकी लगायतका स्वास्थ्य समस्या भएका बालबालिकालाई भने स्वर्णविन्दु प्राशन कार्यक्रममा सहभागी गराउन नहुने जनाइएको छ।रासस

बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.