• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १ दिन 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

  •  बुधबार, भदौ २४, २०८३ मा प्रकाशित

खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको हो । नेपाल सरकारले निर्धारण गरेको स्वर्णबिन्दु प्राशन कार्यक्रम लागू गरिएकै दिन मङ्गलबार जिल्लाका २०७ जना बालबालिकाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।

प्रशोधित स्वर्ण भस्म, गाईको घिउ÷ब्राह्मी घृत र महलगायतका सामग्रीबाट तयार गरिएको औषधीय मिश्रण थोपालाई स्वर्णबिन्दु भन्ने गरिएको छ । निर्धारित कार्यक्रमअनुसार जन्मिएर एक वर्ष पूरा भएका र पाँच वर्ष ननाघेका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउने गरिएको छ । त्यस कार्यक्रमलाई सरकारले राष्ट्रिय कार्यक्रमका रूपमा सञ्चालन गर्न ‘बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका–२०८२’ जारी गरेको छ । कार्यक्रम बालबालिकाको स्वास्थ्य प्रवर्द्धन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु रहेको निर्देशिकामा उल्लेख छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमतासँग जोडेर उक्त प्राशन गराउने गरिएको छ । सरकारले निर्धारण गरेको कार्यक्रमअन्तरगत निश्चित उमेर समूहका बालबालिकालाई आयुर्वेद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा स्वर्णबिन्दु प्राशन गराउने गरिएको छ ।

जन्मिएको छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउने व्यवस्था भए पनि जिल्लामा एक वर्ष पूरा भई पाँच वर्ष ननाघेका बालबालिकालाई मासिक रूपमा व्यवस्था मिलाइएको जिल्ला आयुर्वेद अस्पताल खोटाङका प्रमुख डा सर्वेन्द्र यादवले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा सहभागी तथा छुटेका बालबालिकालाई आगामी असोज १९, कातिक १६, मङ्सिर १३, पुस ११, माघ ९, फागुन ८ र चैत ४ गते पुनः कार्यक्रम राखिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बालबालिकाको स्वास्थ्यप्रति अभिभावकमा सचेतना बढाउने तथा जिल्लामा आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रमको प्रभावकारिता, प्रयोग हुने औषधिको संरचना, मात्रा र सेवनको अवधिका विषयमा भने आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाहअनुसारमात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीले बताउनुभयो ।

ज्वरो, झाडापखाला, अजीर्ण, रुघाखोकीलगायतका स्वास्थ्य समस्या भएका बालबालिकालाई भने स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी गराउन नहुने जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा पहिलोपटक सञ्चालन गरिएको उक्त कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईसहितका वक्ताहरूको सुझाव छ।रासस

बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.