• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • ३ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २० घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २० घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २० घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २२ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १ दिन 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. अप्रेसन गरेपछि बिरामीले ध्यान दिनुपर्ने कुराहरू

  • १०. रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

  •  शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित

बागलुङ । बागलुङमा उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या अधिक रहेको पाइएको छ । जिल्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या ३६२ पुगेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन् । सचेतनाको अभावले जिल्लाका दुर्गम क्षेत्रमा कानुनले बर्जित गरेको बालविवाह अझै भइरहेको उमेर नपुग्दै आमा बन्नेको सङ्ख्याले पुष्टि गरेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माका अनुसार जिल्लाभर आर्थिक वर्ष २०८२÷८३ मा ३६२ किशोरी आमा बनेका थिए । उनीहरूले बागलुङका विभिन्न स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माएका हुन् । बीस वर्षभन्दा कम उमेर समूहका ३८८ किशोरीले पहिलोपटक गर्भजाँच गराएका थिए । “उमेर नपुग्दै विवाह गर्न पाइँदैन तर यहाँ २० वर्ष नपुग्दै आमा बनेका किशोरीको सङ्ख्या उच्च छ”, शर्माले भन्नुभयो, “शरीर परिपक्व नहुँदै आमा बन्दा विभिन्न जटिल स्वास्थ्य समस्या देखिने, मातृशिशु मृत्युदर बढ्ने र दीर्घकालीन रूपमा आमालाई स्वास्थ्य समस्या आउने जोखिम हुन्छ ।” आव २०८१÷८२ मा २० वर्षभन्दा कम उमेरका ३०८ किशोरी आमा बनेका थिए । यस्तै आव २०८०÷८१ मा ३६० किशोरी आमा बनेको विवरण छ ।

विश्व स्वास्थ्य सङ्गठनले गर्भवती भएदेखि सुत्केरी हुने समयसम्म आपत्कालीनबाहेक नियमित रूपमा आठपटक गर्भजाँच गर्नुपर्ने बताए पनि बागलुङमा भने गर्भको पहिचान भएपछि सुत्केरी हुने समयसम्म जाँच गर्ने किशोरीको सङ्ख्या न्यून छ । पहिलो गर्भ जचाउनेभन्दा दोस्रो गर्भ जचाउनेको सङ्ख्या क्रमशः कम देखिएकाले सचेतनाको अझै खाँचो देखिएको छ । कानुनमा बर्जित गरिएको बालविवाह रोक्न बागलुङका १० वटै स्थानीय तहमा सचेतनामूलक कार्यक्रम हुँदै आए पनि प्रभावकारी देखिएको छैन । एकीकृत सेवा कार्यालयले गाउँगाउँमा पुगेर बालविवाहलगायतका विषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीका अनुसार बालविवाहका बारेमा आम जानकारी प्राप्त नहुने अवस्था छ ।

निसीखोलामा स्वास्थ्य सूचकमा वृद्धि भए पनि अशिक्षा, चेतनाको अभावमा दूरदराजका महिला अझै गोठमा सुत्केरी हुने गरेको उहाँको अनुभव रहेको छ । कमजोर आर्थिक अवस्था, सचेतनाको कमी, सामाजिक र पारिवारिक दबाबका कारणले पनि बागलुङका गाउँगाउँमा किशोरावस्थामा विवाह हुने गरेको छ । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा भइसकेका छन् । बडिगाड गाउँपालिका पोषणमैत्री पालिका घोषणा भएको छ । अन्य स्थानीय तह प्रक्रियामा छन् । बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएकै स्थानीय तहका किशोरी धमाधम आमा बनिरहेका छन् ।

शून्य बालविवाह भएको भन्दै बालमैत्री घोषणा गरिएको स्थानीय तहमा उमेर नपुग्दै सुत्केरी भएको पाइएको छ । धवलागिरि प्रादेशिक अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा विजय ओझाका अनुसार कम उमेर समूहका गर्भवतीमा पोषण नपुग्ने, सामान्य सुत्केरी हुन नसक्ने, लामो प्रश्रव पीडा हुने, रगत बग्नेजस्ता समस्या देखिन्छ।रासस

शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
बाँकेमा १९३ कुष्ठरोगी

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

बाँकेमा १९३ कुष्ठरोगी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.