• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ घण्टा 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ घण्टा 

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १ दिन 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १ दिन 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १ दिन 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १ दिन 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १ दिन 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १ दिन 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  •  सोमबार, भदौ २९, २०८३ मा प्रकाशित

नेपालको औषधि व्यवसाय तथा स्वास्थ्य सेवा क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका वासुदेवप्रसाद रुंगटा एक सफल व्यवसायी, समाजसेवी तथा प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । इमान, अनुशासन, सेवाभाव र पारिवारिक मूल्यलाई जीवनको मूलमन्त्र बनाउँदै उहाँले औषधि व्यवसायलाई व्यापारको रूपमा मात्र नभई सामाजिक सेवाको माध्यमका रूपमा अघि बढाउनुभएको छ । स्वास्थ्य सेवा क्षेत्रमा उहाँले पुर्‍याउनु भएको योगदान र समाजप्रतिको समर्पण आज पनि धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

वि.सं. २००७ साल साउन ७ गते वीरगञ्ज नगरपालिका वडा नं. ९, मिनाबजार, रोड नं. १ मा जन्मिनुभएका वासुदेवप्रसाद रुंगटा व्यावसायिक पृष्ठभूमि भएको परिवारमा हुर्किनुभएको हो । उहाँका बुवा शंकरलाल अग्रवाल र आमा राधादेवी अग्रवाल मेहनती तथा समाजमा प्रतिष्ठित व्यवसायीका रूपमा परिचित हुनुहुन्थ्यो । बाबुआमाले सन्तानलाई इमान, परिश्रम र नैतिकताको शिक्षा दिनुभएको थियो । त्यही संस्कारले उहाँको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

उहाँले प्रारम्भिक शिक्षा वीरगञ्जस्थित त्रिभुवन माध्यमिक विद्यालयबाट प्राप्त गर्नुभयो । विद्यालय तहको अध्ययन पूरा गरेपछि थप शिक्षाका लागि भारतको बिहार राज्यस्थित दरभङ्गा पुग्नुभयो । अध्ययनका क्रममा विज्ञान विषयमा आइएस्सी सकेपछि एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्षा दिए पनि अगाडि बढ्ने प्रयास अनुसार अपेक्षित सफलता हासिल गर्न सक्नु भएन । त्यसपछि उहाँले पारिवारिक व्यवसाय र समाजसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवा क्षेत्रलाई आफ्‌नो कर्म बनाउने निर्णय गर्नुभयो ।

वासुदेवप्रसाद रुंगटाले करिब १९ वर्षको उमेरदेखि व्यावसायिक जीवन सुरु गर्नुभएको हो । वि.सं. २०३१ सालतिर औषधि व्यवसायमा प्रवेश गर्नुभएका उहाँ हालसम्म ५१ वर्षभन्दा बढी समयदेखि निरन्तर सक्रिय हुनुहुन्छ । वीरगञ्जको पुरानो तथा विश्वसनीय औषधि पसल भवानी मेडिकलसँग उहाँको जीवन गहिरो रूपमा जोडिएको छ । करिब ६२ वर्षअघि स्थापना भएको भवानी मेडिकलको विकास र विस्तारमा उहाँको योगदान महत्वपूर्ण मानिन्छ । उहाँका दाजु गिरधारी रुंगटाले नेतृत्व गर्नुभएको उक्त संस्थालाई थप व्यवस्थित र सेवामुखी बनाउन उहाँले निरन्तर मेहनत गर्नुभएको छ ।

उहाँका अनुसार पाँच दशकअघि वीरगञ्जमा स्वास्थ्य सेवा क्षेत्र निकै सीमित थियो । त्यसबेला नारायणी अस्पताल प्रमुख स्वास्थ्य संस्था थियो भने औषधि पसलहरूको संख्या पनि अत्यन्त कम थियो । चिकित्सक, अस्पताल र औषधिको पहुँच सीमित रहेको अवस्थामा बिरामीलाई सेवा दिनु चुनौतीपूर्ण काम थियो ।

समयसँगै स्वास्थ्य सेवा क्षेत्र विस्तार हुँदै गयो र औषधि व्यवसाय पनि आधुनिक बन्दै गयो । यही परिवर्तनको यात्रामा वासुदेवप्रसाद रुंगटाले सक्रिय भूमिका निर्वाह गर्नुभयो । आधुनिक औषधि बिक्री तथा वितरणसम्बन्धी तालिम जनकपुरबाट लिएर उहाँले आफ्‌नो व्यवसायलाई समयअनुकूल ढंगले अगाडि बढाउनुभयो ।

उहाँको जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको परिवारप्रतिको समर्पण हो । उहाँकी धर्मपत्नी पुनमदेवी रुंगटा हाल स्वर्गीय हुनुहुन्छ । पुनमदेवी धार्मिक, सहयोगी र परिवारप्रति समर्पित महिला हुनुहुन्थ्यो । घरपरिवारको व्यवस्थापनदेखि लिएर मेडिकल व्यवसायमा समेत उहाँले महत्वपूर्ण सहयोग पुर्‍याउनुभएको थियो । वासुदेवप्रसाद रुंगटा आज पनि आफ्‌नी जीवनसाथीको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्नुहुन्छ । उहाँका अनुसार जीवनका कठिन र चुनौतीपूर्ण दिनहरूमा पुनमदेवीको साथ र सहयोगले निरन्तर अगाडि बढ्न प्रेरणा दिएको थियो ।

उहाँका एक छोरी र तीन छोरा छन् । जेठी छोरी जीनी गोयर हाल भारतको लखनउमा परिवारसहित बसोबास गर्दै आउनुभएको छ । हक्की र बोल्ड स्वभावका उहाँका जेठो छोरा प्रभात रुंगटा नेपाली औषधि क्षेत्रमा सफल व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । उहाँ हाल मारुती फर्माका प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहँदै कुसल व्यावसायिक क्षेत्रको नेतृत्व गरिरहनुभएको छ । व्यावसायिक व्यवस्थापन र नेतृत्व क्षमताका कारण उहाँले आफ्‌नो क्षेत्रमा छुट्टै पहिचान समेत बनाउन सफल हुनुभएको छ । फर्मा क्षेत्रका नेपाली र छिमेकी देशका उद्योगीबीच प्रभात रुंगटा निकै लोकप्रिय व्यवासायीको रुपमा स्थापित समेत हुनुहुन्छ ।

माइलो छोरा प्रकाश रुंगटा व्यावसायिक क्षेत्रमा उच्च जिम्मेवारका साथ काठमाडौंको तीनकुनेस्थित डाबर नेपालमा फाइनान्स हेडका रूपमा कार्यरत हुनुहुन्छ । बुवा वासुदेवका अनुसार छोरा प्रकाश धेरै सुन्ने र कम बोल्ने स्वभावको हुनुहुन्छ । उहाँले वित्तीय व्यवस्थापन र संस्थागत नेतृत्वमा हासिल गरेको सफलता परिवारका लागि निकै ठूलो गर्वको विषय बनेको बुवा वासुदेव बताउनुहुन्छ ।

कान्छा छोरा प्रविन रुंगटा भने बाबुको पदचाप पछ्याउँदै औषधि व्यवसायमै सक्रिय हुनुहुन्छ । विगत १५ वर्षदेखि उहाँले भवानी मेडिकल हलमा आबद्ध रहँदै व्यवसाय सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । बाबुले जीवनभर आर्जन गरेको अनुभव, मूल्य र व्यावसायिक संस्कारलाई निरन्तरता दिने काम प्रविन रुंगटाले गरिरहनुभएको छ । यसले भवानी मेडिकलको भविष्यलाई थप बलियो बनाएको जेठो छोरा प्रभात रुंगटाको भनाइ छ ।

वासुदेवप्रसाद रुंगटाको परिवारमा हाल तीन जना नाति र चार जना नातिनी रहेका छन् । नयाँ पुस्ताले पनि शिक्षा, अनुशासन र संस्कारलाई महत्व दिएको देख्दा उहाँ अत्यन्त खुशी हुनुहुन्छ । आफ्‌ना बाबुआमाले दिएको संस्कार आफूले पालन गरेको र त्यही संस्कार आफ्‌ना सन्तान तथा नातिनातिनाले पनि आत्मसात गरिरहेको देख्दा उहाँलाई जीवनको सबैभन्दा ठूलो उपलब्धि प्राप्त भएको अनुभूति हुन्छ ।

सामाजिक जीवनमा पनि उहाँ उत्तिकै सक्रिय रहनुभएको छ । उहाँको विचारमा मन्दिरमा गएर पूजा गर्नु मात्र धर्म होइन । आफ्‌नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्नु, बिरामी र सेवाग्राहीको सेवा गर्नु तथा समाजका लागि उपयोगी काम गर्नु नै सच्चा धर्म हो भन्ने सोचका कारण उहाँले स्वास्थ्य सेवालाई जीवनको प्रमुख साधना बनाउनुभएको छ ।

उहाँको दैनिकी अत्यन्त अनुशासित छ । बिहान ६ बजे उठ्ने र राति १० बजे सुत्ने बानी उहाँले वर्षौंदेखि कायम राख्नुभएको छ । नियमित दिनचर्या, सन्तुलित खानपान, निरन्तर सक्रियता र सकारात्मक सोचका कारण हालसम्म कुनै गम्भीर रोगले आफूलाई नछोएको उहाँ बताउनुहुन्छ । मन्द मुस्कानका साथ उहाँ कुराकानीमा गफिँदै भन्नुहुन्छ, “मेरा छोराहरू दैनिक प्रेसरको औषधि सेवन गर्छन् । म बुढो “बा” भने बिहान ९ बजेबाट राति ९ बजेसम्म दैनिकरुपमा १२ घण्टा बिरामीहरूलाई औषधि वितरण गर्ने गर्छु ।” ७४ वर्षभन्दा बढी उमेरमा पनि आफूलाई ४०–४५ वर्षको व्यक्ति जस्तै ऊर्जावान महसुस गर्नुको रहस्य यही जीवनशैली भएको उहाँको भनाइ छ ।

जीवनभरको अनुभवबाट उहाँले सिकेको सबैभन्दा ठूलो पाठ भनेको परिवार, संस्कार, परिश्रम र सेवाभाव नै सफल जीवनका आधारस्तम्भ हुन् भन्ने ज्ञान नै हो । बिरामीको सेवाबाट प्राप्त हुने आत्मीयता, सम्मान र आशीर्वादलाई उहाँ कुनै पनि आर्थिक उपलब्धिभन्दा ठूलो मान्नुहुन्छ । पाँच दशकभन्दा बढी समय स्वास्थ्य सेवा क्षेत्रमा समर्पित वासुदेवप्रसाद रुंगटाको जीवनयात्रा संघर्ष, सेवा, समर्पण र पारिवारिक मूल्यको अनुपम सुन्दर उदाहरण हो । उहाँको योगदानले स्वास्थ्य सेवा क्षेत्रलाई मात्र होइन, सम्पूर्ण समाजलाई प्रेरणा प्रदान गरिरहेको छ । युवा पुस्ताको लागि त झन् यो प्रेरणाको मार्गदर्शन हुनेछ ।

सोमबार, भदौ २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

नुवाकोटमा हैजाविरुद्धको खोप

ताजा

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.