• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

  •  मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

सर्लाही । नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा यहाँस्थित हरिपुर्वाबाट पनि सुरुआत भएको छ । हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा यहाँ विस्तार गरिएको हो । सेवा विस्तारसँगै आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा अब हरिपुर्वामै उपलब्ध हुने भएको छ । भरतपुर आँखा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा गाउँमा नै पाएपछि स्थानीय उत्साहित बनेका छन् । उपचार केन्द्रमा सेवा लिन आउनुभएकी हरिपुर्वा–३, कि रुपनी देवीले गाउँमै सेवा पाएको जनाउँदै खुसी व्यक्त गर्नुभयो ।

आँखा उपचारको लागि टाढा धाउनुपर्दा धेरै खर्च भएको उहाँको अनुभव ताजै छ । “दुई महिना पहिला खेतमा काम गर्दा आँखामा धानको पातले घोचेको थियो”, उहाँले सुनाउनुभयो, “उपचार गर्न जनकपुर, भरतपुर धेरै धाउनुपर्यो । दुःख धेरै पाइयो, खर्च उस्तै भयो । अहिले सबै सुविधा गाउँमै आयो ।”

अस्पतालमा चिकित्सक सधैँ बस्नुपर्ने उहाँको माग छ । सेवा सुरु गरेको केही समयपछि बन्द हुने समस्याले आफूहरू आजित भएको जनाउँदै स्वास्थ्य सेवा निरन्तर पाए आसपासका पालिकाका नागरिकले समेत सेवासँगै राहत पाउने उहाँले बताउनुभयो । हरिपुर्वा नगरपालिका, स्वास्थ्य शाखा प्रमुख लालबाबु रायले अब आँखाका बिरामीले अन्योलमा भौतारिनुपर्ने, टाढा धाउनुपर्ने समस्या नहुने जानकारी दिनुभयो । नगरप्रमुख विनोदकुमार साह तेलीले आँखाका बिरामीको लागि आवश्यक उपचार सामग्री, औषधिलगायतको व्यवस्थापन गरेर उपचार केन्द्र सञ्चालनमा ल्याइएकोे जानकारी दिनुभयो ।

केन्द्रले आवश्यकताअनुसार बेलाबेलामा मोतिया विन्दुको शल्यक्रियालगायतको निःशुल्क शिविर सञ्चालन गरेर सेवा दिने उहाँको भनाइ छ । नगरका वयोवृद्ध आमा, बुबाले अब आँखाको ज्योति खोज्न भौतारिनु नपर्ने उहाँले दाबी गर्नुभयो । सेवा सञ्चालन भएसँगै आँखाका बिरामीको आकर्षण बढेको नगर स्वास्थ्य शाखाले जनाएको हो।रासस

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.