• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बिपी कोइराला क्यान्सर अस्पतालबाट एक वर्षमा दुई लाख १२ हजार ९७७ जनालाई सेवा

  •  सोमबार, असोज १२, २०८३ मा प्रकाशित

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) मा दुई लाख १२ हजार ९७७ जनालाई सेवा दिएको छ । ती बिरामीमध्ये २७ हजार २४३ नयाँ बिरामी हुन् भने बाँकी पुनः परीक्षणका लागि आएका बिरामी हुन् । अस्पतालका डा सुशील अधिकारीका अनुसार सन् २०२५ मा आएका बिरामीमध्ये ६ हजार ८५८ जना क्यान्सरका नयाँ बिरामी पत्ता लागेका छन् ।

सन् २०२४ मा दुई लाख चार हजार ९७१ जना बिरामीले बहिरङ्ग सेवा लिएका थिए । उनीहरुमध्ये ३१ हजार ५६० नयाँ रहेका थिए । सो वर्ष सात हजार नौ जना नयाँ क्यान्सरका बिरामी पत्ता लागेको उहाँको भनाइ छ । सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएको जानकारी दिँदै डा अधिकारीले ११ हजार ५५९ जना बिरामीले अन्तरङ्ग (भर्ना भएर) सेवा लिएको बताउनुभयो । अस्पतालमा सोही अवधिमा ठूला तीन हजार ९१ शल्यक्रिया गरिएको छ ।

सन् २०२४ मा आकस्मिक कक्षबाट ३० हजार ८०१ जनाले सेवा लिएका थिए भने १२ हजार ४७ जना भर्ना भएर सेवा लिएको उहाँले जानकारी दिनुभयो । सो वर्ष तीन हजार १६९ ठूला शल्यक्रिया (मेजर अप्रेसन) गरिएको, २७ हजार ४९३ जनाले ‘डे केयर’ सेवा लिएको अस्पतालको तथ्याङ्क रहेका छन् । सन् २०२५ मा अस्पतालमा विकीरण प्रविधि (सेकाई) बाट उपचार गराउनेको सङ्ख्या दुई हजार ९७० छ भने डे केयरमा भर्ना भएर ‘केमो थेरापी’ लिनेको सङ्ख्या २६ हजार ४७२ रहेको उहाँको भनाइ छ ।

एक वर्षमा ११ हजार विपन्न बिरामीको निःशुल्क उपचार पाएका छन् । अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्नको निःशुल्क उपचार गरेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार विपन्नको उपचारबापत रु ४३ करोड १२ लाख १४ हजार १६१.१६ बिरामीले छुट पाएका छन् । यसैगरी क्यान्सर सेवा समाजमार्फत १७६ जनाले छुट पाएका छन् । सो बापत बिरामीले रु १५ लाख ७३ हजार १४५ छुट पाएका हुन् ।

सन् २०२४ मा नौ हजार ११२ जनाले विपन्न सेवा पाएका थिए । त्यसबापत उनीहरुले रु ३५ करोड ५८ लाख २२ हजार २०६.९५ छुट पाएका थिए । सो वर्ष क्यान्सर सेवा समाजमार्फत २१५ जनाले रु १३ लाख ९० हजार ३६४ छुट पाएको उहाँले जानकारी दिनुभयो ।

पाँच सय शय्याको अस्पतालमा आइसियू, एचडियु र क्याबिन बाहेकका सम्पूर्ण जनरल बेडहरु निःशुल्क दिँदै आएको डा नेपालले बताउनुभयो । अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीलाई दुई छाक खाना र एक छाक नास्ता अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको डा नेपालको भनाइ छ ।अस्पतालमा ७१८ कर्मचारी कार्यरत छन् । तीमध्ये एक सय जना चिकित्सक हुन् भने २९५ जना नर्स कार्यरत छन् ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.