• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आयुर्वेद थेरापीप्रति जनआकर्षण बढ्दै

  •  मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित

झापा । झापामा आयुर्वेद थेरापी सेवाप्रति स्थानीयवासीको आकर्षण बढ्दै गएको छ । गत चार वर्षमा अर्जुनधारा नगरपालिकाको आयुर्वेद शाखाबाट ४६ हजार ९३६ जनाले आयुर्वेद थेरापी सेवा लिएका छन् । थेरापीलाई पूर्वपञ्चकर्म पनि भनिन्छ । नगरपालिकाको आयुर्वेद शाखाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा नौ हजार ८५०, आव २०८०÷८१ मा नौ हजार ५५३, आव २०८१÷८२ मा १३ हजार २४४ र आव २०८२÷८३ मा १४ हजार २८९ जनाले उक्त सेवा लिएको कविराज अनिल ठाकुरले जानकारी दिनुभयो । पक्षाघात, नसासम्बन्धी समस्या, हाडजोर्नी, पिनासलगायतका समस्याबाट प्रभावित बिरामीले आयुर्वेद थेरापी सेवा लिँदै आएका छन् ।

आयुर्वेद शाखाबाट उपलब्ध गराइएको ओपिडी सेवामार्फत चार वर्षमा ३५ हजार ८०० जनाले उपचार तथा औषधि सेवा लिएका छन् । आव २०७९÷८० मा आठ हजार ६८५ जना, आव २०८०÷८१ मा सात हजार ८८९ जना, आव २०८१÷८२ मा नौ हजार ४९२ जना र आव २०८२÷८३ मा नौ हजार ७३४ जनाले ओपिडी सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य शिविरसमेत सञ्चालन हुँदै आएको छ । शिविरबाट पायल्स, फिस्टुलालगायत मलद्वारसम्बन्धी समस्या तथा वाथ, हाडजोर्नी र नसासम्बन्धी समस्या भएका एक हजार ८०० भन्दा बढी बिरामीले उपचार, औषधि र परामर्श सेवा पाइसकेका छन् ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरपालिकाले आयुर्वेद सेवालाई प्राथमिकतामा राखेको बताउनुहुन्छ । “सबैभन्दा ठूलो कुरा रोग लाग्न नै दिनु हुँदैन”, उहाँले भन्नुभयो, “लाग्यो भने पनि उचित उपचारका लागि नगरपालिका प्रयासरत छ ।” उहाँले अव्यवस्थित जीवनशैलीका कारण रोगको जोखिम बढ्दै गएकाले जीवनशैलीलाई व्यवस्थित गर्दै उचित खानपानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अर्जुनधारा–३ खुदुनाबारीमा आयुर्वेद गाउँघर क्लिनिक तथा पूर्वपञ्चकर्म (थेरापी) सेवा नियमित सञ्चालन हुँदै आएको छ । हाल औषधालयबाट दैनिक ४० देखि ४५ जनासम्म बिरामीले पूर्वपञ्चकर्म, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा परामर्श सेवा लिँदै आएका छन् ।

आयुर्वेद शाखाले उपचारसँगै रोगको रोकथाम र स्वस्थ जीवनशैली प्रवर्द्धनलाई प्राथमिकता दिएको छ । गत चार आर्थिक वर्षमा वडा तहमा आयुर्वेद तथा स्वस्थ जीवनशैलीसम्बन्धी सचेतनामूलक अभिमुखीकरण तथा भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ ।

नगरपालिकाअन्तर्गतका विद्यालयका शिक्षक तथा शिक्षिकालाई आयुर्वेद र योग शिक्षासम्बन्धी तालिमसमेत प्रदान गरिएको शाखाले जनाएको छ।रासस

मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.