• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

  •  मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित

ललितपुर । आज विश्व मुटु दिवस । ‘कुनै पनि पल नछुटाउनुहोस्’ भन्ने नाराका साथ आज संसारभर विश्व मुटु दिवस मनाइँदैछ । विश्व हृदय महासङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि मुटु दिवस मनाउन थालिएको हो । सहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिएको स्वास्थ्यकर्मीले बताउँदै आउनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ । विश्व मुटु महासङ्घका अनुसार मुटुको रोगबाट विश्वभर एक करोड ७५ लाखको ज्यान जाने गरेको छ । नेपाललगायतका विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान छ । नेपालमा अहिले २५ प्रतिशत अर्थात् झन्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन् ।

मुटुरोगीको सङ्ख्या नेपालमा १० वर्षयता पाँच गुणाले बढेको छ । दश वर्षअघिसम्म ५० वर्ष नाघेपछि मुटुसम्बन्धी समस्या देखिने गरेकामा अहिले युवाअवस्थामै मुटुसम्बन्धी समस्या देखिन थालेको विभिन्न तथ्याङ्कमा उल्लेख छ । वरिष्ठ कार्डियोथोरासिक (मुटु) सर्जन, प्राध्यापक डाक्टर भगवान् कोइरालाका अनुसार मुटुरोग तथा अन्य नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि जनचेतना, नियमित स्वास्थ्य परीक्षण, धुमपान तथा मदिरापान नियन्त्रण र दैनिक व्यायमलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपालमा मुटुरोगको उपचार सेवा विस्तार भए पनि रोगको जोखिम बढिरहेकाले उपचारसँगै रोकथाममा विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले जनचेतनामूलक अभियान र स्वास्थ्यसम्बन्धी हस्तक्षेपले धेरै मानिसलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने धारणा राख्नुभयो ।

धुमपानले शरीरका विभिन्न अङ्गमा गम्भीर असर गर्ने उल्लेख गर्दै धुमपान त्याग्नु, खानपानमा सचेत हुनु र नियमित व्यायाम गर्नु स्वस्थ तथा दीर्घजीवनका लागि आवश्यक रहेको छ । नियमित व्यायामले तौल, रक्तचाप र मधुमेह नियन्त्रणमा सहयोग पुग्नका साथै तनाव तथा मानसिक स्वास्थ्य व्यवस्थापन, स्मरणशक्ति र शारीरिक सक्रियता सुधार गर्नसमेत योगदान पुर्याउने उहाँको भनाइ थियो । छातीको बीच भागमा गह्रौँ वस्तुले थिचेजस्तो दुखाइ हुनु, दुखाइ बायाँ हाततर्फ सर्नु, चिटचिट पसिना आउनु तथा वाकवाकी र बान्ता हुनु हृदयाघातका प्रमुख सङ्केत हुनसक्ने डाक्टरहरुको भनाइ छ ।

हृदयघात हुँदा पेटको बीच भागमा अत्यधिक दुखाइ, डर लाग्ने, मुटुको धड्कन बढेको महसुस हुने तथा अचानक असहजता देखिन सक्ने बताइएको छ । हृदयघातको जोखिम घटाउन धुम्रपान नगर्ने, मदिरा सेवनबाट बच्ने, कोलेस्ट्रोल, रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने तथा शरीरको तौल सन्तुलित राख्नुपर्ने सुझाव चिकत्सकहरूले दिनुभएको छ । त्यस्तै फलफूल र सागसब्जी समावेश भएको खानेकुरा खाने, मानसिक तनाव र रिस व्यवस्थापन गर्ने, वायु प्रदूषणको सम्पर्क सकेसम्म कम गर्ने र नियमित शारीरिक गतिविधि गर्ने बानीले मुटु स्वस्थ राख्न सहयोग पुग्ने बताइएको छ।रासस

मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.