• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अन्तर्वार्ताः युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार

  •  बुधबार, असोज १४, २०८३ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ । विशेषगरी जीवनशैलीमा आएको परिवर्तन, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा तनावजस्ता कारणले कोरोनरी मुटुरोगको जोखिम बढिरहेको चिकित्सकहरू बताउँछन् । चिन्ताको विषय त झन् कम उमेरमै मुटुरोग र हृदयघातका घटना देखिनु हो ।

मुटुरोगका जोखिम र लक्षणबारे समयमै जानकारी लिनु तथा नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउनु यसको रोकथामका लागि महत्वपूर्ण मानिन्छ । प्रस्तुत छ, मुटुरोगको अवस्था, युवा उमेरमै यसको जोखिम बढ्नुका कारण, सुरुआती लक्षण, उपचारमा पहुँच तथा रोकथामका उपायलगायत विषयमा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत वरिष्ठ हृदयरोग विशेषज्ञ डा. विनयकुमार रौनियारसँग राष्ट्रिय समाचार समिति (रासस) का लागि स्थानीय समाचारदाता लोकेश धामीले गर्नुभएको कुराकानीको सम्पादित अंशः नेपालमा हाल मुटुरोगको अवस्था कस्तो छ ? मुटुमा विभिन्न प्रकारका रोग हुन्छन् । मुटुको बाथरोग, जन्मजात मुटुरोग, कोरोनरी मुटुरोग र मुटुको धड्कनसम्बन्धी रोग प्रमुख हुन् ।

अहिले नेपालमा मुटुको बाथरोग घट्दो क्रममा छ तर कोरोनरी मुटुरोग भने बढिरहेको छ । यसका प्रमुख कारण जीवनशैलीमा आएको परिवर्तन हो । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, तनाव र व्यायामको कमीले कोरोनरी मुटुरोगको जोखिम बढाउँछ । नेपालमा यसको अर्को चिन्ताजनक पक्ष भनेको कम उमेरमै रोग देखिनु हो । पश्चिमी देशमा सामान्यतः वृद्ध अवस्थामा देखिने यो रोग नेपालमा ३०–४० वर्षकै उमेरमा देखिन थालेको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पनि यस्ता बिरामीको सङ्ख्या बढिरहेको छ । युवा उमेरमै कोरोनरी मुटुरोग देखिनुको मुख्य कारण के हो ? कोरोनरी मुटुरोगको भयावह रूप हृदयघात हो ।

कहिलेकाहीँ अचानक मुटुको धड्कन बन्द हुने अवस्था पनि आउन सक्छ । मानिस बोलिरहेको, काम गरिरहेको वा व्यायाम गरिरहेका अवस्थामा एक्कासी ढलेका घटना हामीले सुन्ने र देख्ने गरेका छौँ । कहिलेकाहीँ कुनै स्पष्ट चेतावनीबिना पनि कोरोनरी मुटुरोग गम्भीर रूपमा देखिन सक्छ । यसका जोखिम कारकमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगसँगै तनाव र व्यायामको कमी प्रमुख छन् । अहिले हाम्रो जीवनशैली निकै परिवर्तन भएको छ । सामान्य कामका लागि पनि सवारीसाधन प्रयोग गर्ने, हिँडडुल कम गर्ने प्रवृत्ति बढेको छ ।

अमेरिकन कलेज अफ कार्डियोलोजीले वयस्कलाई हप्तामा कम्तीमा पाँच दिन करिब ४० मिनेट ब्रिस्क वाकिङ वा एरोबिक गतिविधि गर्न सुझाएको छ तर हामीमध्ये धेरैले पर्याप्त व्यायाम गरिरहेका छैनौँ । खानपानमा आएको परिवर्तन पनि अर्को कारण हो । पहिले चना, भटमास, तरकारी–रोटी, चिउरा–तरकारीजस्ता खाना बढी खाने गरिन्थ्यो । अहिले मम, बर्गर, पिज्जाजस्ता खानेकुराको प्रयोग बढेको छ । यसले पनि मुटुरोगको जोखिम बढाउन सक्छ । साथै, परिवारमा बुबा, आमा, दाजुभाइ वा दिदीबहिनीमध्ये कसैलाई कम उमेरमै हृदयघात भएको छ भने त्यसलाई पनि महत्वपूर्ण जोखिम कारक मानिन्छ ।

कोरोनरी मुटुरोगका सुरुआती लक्षण के–के हुन् ? कोरोनरी मुटुरोगको सुरुआती लक्षणलाई हामी एन्जाइना भन्छौँ । सामान्य अवस्थामा कुनै लक्षण नदेखिए पनि भारी काम गर्दा, भ¥याङ उक्लिँदा वा दौडिँदा छातीको बीच भाग वा देब्रेतिर भारी वस्तुले थिचेजस्तो हुन सक्छ । सास फेर्न गाह्रो हुने, छिट्टै थाक्ने वा सामान्य गतिविधिमै असहज महसुस हुने पनि सुरुआती लक्षण हुन सक्छ । पहिले सामान्य रूपमा गर्दै आएको काम गर्दा अहिले छिट्टै थकान महसुस हुन्छ भने त्यसलाई सामान्यरूपमा लिनु हुँदैन । यो मुटुसम्बन्धी समस्या सुरु भएको संकेत हुन सक्छ । महिला र पुरुषमा मुटुरोगका लक्षण फरक देखिन सक्छन् ? महिलामा लक्षण केही फरक रूपमा देखिन सक्छ ।

विशेषगरी वृद्ध, मधुमेह भएका व्यक्ति र महिलामा हृदयघात हुँदा सधैँ धेरै छाती दुख्ने मात्र हुँदैन । कतिपय महिलाले छिट्टै थाक्ने, सानो काम गर्दा पनि स्याँस्याँ हुने वा असहज महसुस हुनेजस्ता लक्षण बताउनुहुन्छ । महिलालाई मुटुरोग हुँदैन भन्ने धारणा गलत हो । महिनावारी सुक्नुअघि एस्ट्रोजन हर्मोनका कारण केही सुरक्षा हुन्छ । उमेर बढ्दै जाँदा र विशेषगरी महिनावारी सुकेपछि त्यो सुरक्षा कम हुँदै जाँदा मुटुरोगको जोखिम बढ्छ । तर, महिनावारीअघि पनि महिलालाई हृदयघात हुन सक्छ । कसैलाई हृदयघात भएको अवस्थामा तत्काल के गर्नुपर्छ ? पश्चिमी देशका ठूला कार्यालय, सुपरमार्केटलगायत ठाउँमा ‘डिफिब्रिलेटर’ राखिएको हुन्छ ।

नेपालमा त्यस्तो व्यवस्था पर्याप्त छैन । यदि कोही एक्कासी ढल्नुभयो, नाडी महसुस भएन वा बोल्नुभएन भने तुरुन्तै बेसिक लाइफ सपोर्टअन्तर्गत छाती थिच्ने अर्थात् सिपीआर सुरु गर्नुपर्छ र तत्काल चिकित्सकीय सहयोगका लागि सम्पर्क गर्नुपर्छ । यदि हृदयघातको लक्षण देखिएको छ र व्यक्तिलाई मधुमेह, उच्च रक्तचापजस्ता जोखिम छन् भने एस्पिरिन प्रयोग गर्न सकिन्छ । सामान्यतया ३०० मिलिग्राम एस्पिरिन चपाएर नजिकको अस्पताल जान हामी सल्लाह दिन्छौँ । नेपालमा मुटुरोगको उपचार कत्तिको महँगो छ ? मुटुरोगको निदान र उपचारका लागि अहिले विदेश जानुपर्ने अवस्था छैन । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमै धेरैजसो उपचार गर्न सक्षम छौँ तर मुटुरोग एकपटक उपचार गरेर मात्र निको हुने रोग होइन । जीवनभर औषधि सेवन गर्नुपर्ने हुन सक्छ र औषधि सस्तो पनि हुँदैन । सरकारले विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको छ । बिमाबाट केही औषधि उपलब्ध हुन्छ । १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि चिल्ड्रेन असिस्टेन्स प्रोग्राम छ । ७५ वर्षभन्दा माथिका नेपाली नागरिकका लागि सिनियर सिटिजन स्किमअन्तर्गत निश्चित उपचार तथा शल्यक्रियामा सरकारले खर्च व्यहोर्ने व्यवस्था छ । १५ देखि ७५ वर्षसम्मका विपन्न वर्गका बिरामीले नगरपालिकाको सिफारिसका आधारमा एक लाख रुपैयाँसम्म छुट पाउने व्यवस्था छ । तर, मुटुरोग लागिसकेपछि जीवनभर उपचार गर्नुपर्ने हुनसक्ने भएकाले रोकथाममा बढी ध्यान दिनुपर्छ । मुटुरोगको उपचारमा पहुँच र जनचेतनाको अवस्था कस्तो पाउनुभएको छ ? मैले करिब २० वर्षदेखि अभ्यास गरिरहेको छु । सुरुका वर्ष र अहिलेको अवस्थाबीच धेरै फरक देखेको छु ।

अहिले जिल्ला अस्पतालदेखि प्राथमिक स्वास्थ्य चौकीसम्म स्वास्थ्य सेवा विस्तार भएको छ । सामान्य रक्तचाप र मधुमेह जाँच हुने तथा रक्तचापका औषधि पनि उपलब्ध हुने अवस्था छ । लक्षण देखिएपछि चाँडै स्वास्थ्य संस्थामा जाने चेतना पनि बढेको छ । सामाजिक सञ्जाल र सरकारका नीतिनियमले पनि यसमा सहयोग गरेका छन् । पहिले गाउँमा अचानक मृत्यु भएका घटनालाई फरक रूपमा बुझिन्थ्यो । अहिले अस्पताल पुगेर रोगको निदान हुने गरेको छ । उपचार पनि नेपालमै धेरै हदसम्म सम्भव छ । अहिले नेपालमा करिब ९५ प्रतिशतभन्दा बढी मुटुरोगको उपचार सम्भव छ । सहरमा हुक्का र भेपको प्रयोग बढिरहेको छ । यसले मुटुमा कस्तो असर गर्छ ? हुक्का होस् वा अहिले प्रचलनमा आएको भेप, जुनसुकै प्रकारको धुमपान पनि मुटुका लागि राम्रो होइन । हामीले कुनै पनि रूपमा निकोटिनको प्रयोगलाई मुटुका लागि राम्रो मान्दैनौँ । त्यसैले ‘एनी फर्म अफ निकोटिन इज नट गुड फर हर्ट’ भन्ने कुरा बुझ्न जरुरी छ । कतिपय मानिसले चुरोट खादिन, हुक्का मात्र खान्छु भन्ने गरेको सुनिन्छ । तर, चुरोट नखाएर हुक्का सेवन गर्दा मुटुमा असर हुँदैन भन्ने होइन ।

हुक्का पनि धुमपानकै एउटा रूप हो । अहिले भेपको प्रयोग पनि बढिरहेको छ । त्यसैले चुरोट, हुक्का वा भेपमध्ये जुनसुकै माध्यमबाट निकोटिनको प्रयोग गरे पनि त्यो मुटुका लागि राम्रो होइन । सकेसम्म कुनै पनि प्रकारको निकोटिनबाट टाढा रहनुपर्छ । अन्त्यमा मुटुलाई स्वस्थ राख्न सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ? उच्च रक्तचाप छ भने नियन्त्रण गर्न औषधि खान हिचकिचाउनु हुँदैन । मधुमेह र कोलेस्ट्रोल छ भने त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । चिकित्सकले कोलेस्ट्रोलको औषधि खान सुझाव दिनुभएको छ भने नियमित खानुपर्छ ।

सूर्तीजन्य पदार्थको प्रयोग गर्नुहुन्छ भने आजैदेखि बन्द गर्नुपर्छ । हप्तामा कम्तीमा पाँच दिन ३० देखि ४० मिनेट ब्रिस्क वाकिङ वा अन्य एरोबिक गतिविधि गर्नुपर्छ । विशेषगरी लामो समय टेबलमा बसेर काम गर्ने व्यक्तिका लागि व्यायाम झनै महत्वपूर्ण छ । खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । थपेर काँचो नुन खाने बानी त्याग्नुपर्छ । चिनी तथा प्रशोधित गुलियो खानेकुरा, धेरै चिल्लो र जङ्क फुडको सेवन कम गर्नुपर्छ । प्राकृतिक फलफूल र तरकारी बढी खानुपर्छ । तनावमुक्त जीवन जिउने प्रयास गर्नुपर्छ । स्वस्थ व्यक्तिले पनि वर्षमा कम्तीमा एकपटक रक्तचाप, सुगर, कोलेस्ट्रोल जाँच गर्नुका साथै इसिजी गर्न बिर्सनु हुँदैन।रासस

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.