• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मुटुरोगीलाई डायलासिस सेवा

  •  बुधबार, असोज १४, २०८३ मा प्रकाशित

वालिङ ।  स्याङ्जाको वालिङमा रहेको वालिङ सामुदायिक डायलासिस सेन्टरबाट ६६ जना बिरामीले निःशुल्क डायलासिस सेवा लिएका छन् । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलद्वारा वालिङ–१० फूलबारीमा सञ्चालित वालिङ डायलासिस सेन्टरमा मिर्गौलासम्बन्धीका बिरामीले सेवा लिँदै आएका हुन् ।

पाँच वर्षअघि स्थापना भएको डायलासिस सेन्टरबाट स्याङ्जाको वालिङ नगरपालिका, भीरकोट नगरपालिका, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकासहित पाल्पा र पर्वतका गरी ६६ बिरामीले अहिले नियमित डायलासिस सेवा लिँदै आएका वालिङ सामुदायिक डायलासिस सेन्टर वालिङका व्यवस्थापक ईन्दिरा श्रेष्ठले बताउनुभयो । डायलासिस सेन्टर सञ्चालनमा आएसँगै स्याङ्जाका–५ नगरपालिका तथा गाउँपालिकासहित पाल्पा र पर्वतका केही भेगका मिर्गौलासम्बन्धी बिरामीले निःशुल्क सेवा लिँदै आएका छन् ।

“डायलासिस सेन्टरमा दैनिक दुई ‘सिफ्ट’मा २२ जना बिरामीको मिर्गौलाको डायलासिस हुँदै आएको छ”, उहाँले भन्नुभयो, “एक पटकमा ११ वटा मेसिनबाट ११ जना बिरामीको मिर्गौलाको डायलासिस हुने गरेको छ, दैनिक दुई सिफ्टमा बिरामीहरुको डायलासिस गर्छौं ।” डायलासिस सेन्टर सञ्चालनमा आएसँगै मिर्गौलाका बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेर गएको छ । आफ्नै ठाउँ वा नजिकै डायलासिस सेन्टरले सेवा दिएसँगै बिरामीलाई सहज भएको छ । डायलासिस सेन्टरमा २० देखि ५९ वर्षका ४० जना, ६० देखि ६९ वर्षका १७ जना र ७० भन्दामाथिका नौ जना मिर्गौलाका बिरामी रहेको सेन्टरका मेडिकल अफिसर डा रविकुमार दासले जानकारी दिनुभयो ।

“खानपान, आनीबानी र दैनिक व्यवहारबाट मिर्गौलासम्बन्धी रोग देखिने गरेका छन्”, उहाँले भन्नुभयो, “आवश्यकमात्रामा पानी पिउने, खानपानमा विशेष ध्यान दिने, समय समयमा मिर्गौलाको परीक्षण गर्ने र चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।” डायलासिस सेन्टरबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क रुपमा उपलब्ध छ । डायलासिस सेन्टर सञ्चालन आएसँगै हालसम्म १०० भन्दाबढीले सेवा लिइसकेका छन् । डायलासिस सेन्टरमा शुद्ध र सफा पानी, नियमित विद्युत् सेवा, दक्ष र पर्याप्त जनशक्तिको अभाव छ । “रोगले सानोठूलो चिन्दैन, जुनसुकै उमेर समूहमा पनि पछिल्लो समय मिर्गौलासम्बन्धी रोग देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “रोग लागेर पछुताउनुभन्दा रोग लाग्नै नदिनकालागि पूर्वसचेतना अपनाउनु बुद्धिमानी हुनेछ।”रासस

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.