• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनःसञ्चालन

  •  बुधबार, असोज १४, २०८३ मा प्रकाशित

नेपालगञ्ज । करिब छ महिनादेखि बन्द रहेको बाँकेको खजुरा गाउँपालिका–४ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनःसञ्चालनमा आएको छ । अस्पतालमा जडान गरिएका लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकिथेरापी मेसिन मर्मतपछि सञ्चालन गरिएकाकारण क्यान्सरका बिरामीले लामो समयदेखि भोग्दै आएको उपचारसम्बन्धी समस्या कम भएको छ ।

क्यान्सर उपचारका लागि आवश्यकपर्ने रेडियोथेरापी सेवा बन्द हुँदा धेरै बिरामीलाई अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता थियो । बिग्रिएका उपकरण मर्मतगरी सेवा पुनःसञ्चालन गरिएपछि अस्पतालबाटै नियमित रूपमा रेडियोथेरापी उपचार लिन सकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताका अनुसार लामो समयदेखि सञ्चालनमा आउन नसकेका लिन्याक र ब्रेकिथेरापी मेसिनको आवश्यक मर्मतपछि यसै सातादेखि दुवै उपकरण सञ्चालनमा ल्याइएको हो । “क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण उपचार विधि हो ।

उपकरणमा आएको प्राविधिक समस्याका कारण लामो समय सेवा प्रभावित भए पनि मर्मतपछि अहिले सेवा पुनः सञ्चालनमा आएको छ”, उहाँले बताउनुभयो । लिन्याक नामक उपकरणले क्यान्सर प्रभावित भागमा आवश्यकमात्रामा विकिरण केन्द्रित गरी उपचार गर्न सहयोग गर्छ । त्यसबाट शरीरको प्रभावित भागमा लक्षित रूपमा विकिरण दिइने भएकाले क्यान्सर उपचारमा त्यसको महत्वपूर्ण भूमिका हुन्छ । त्यस्तै ब्रेकिथेरापीमा पनि प्रभावित स्थानको नजिकै विकिरणका स्रोत राखेर उपचार गरिने डा गुप्ताले बताउनुभयो । दुवै प्रविधि क्यान्सरका विभिन्न अवस्थाका बिरामीको उपचारमा प्रयोग हुने भएकाले उपकरण सञ्चालनमा आउनुलाई अस्पतालले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको अस्पतालका निर्देशक डा नीरज भट्टराईले बताउनुभयो । उहाँका अनुसार, रेडियोथेरापीका दुवै उपकरण सञ्चालनमा आएपछि बिरामीलाई अन्य अस्पतालमा जानुपर्ने अवस्था धेरै हदसम्म अन्त्य भएको छ । उक्त अस्पताल पछिल्लो समय पश्चिम नेपालका क्यान्सर बिरामीका लागि उपचारको महत्वपूर्ण केन्द्रका रूपमा रहेको छ ।

अस्पतालमा रेडियोथेरापीबाहेक किमोथेरापी, क्यान्सरसम्बन्धी शल्यक्रिया, सिटीस्क्यान, म्यामोग्राफी तथा भिडियो एक्सरेलगायतका सेवा उपलब्ध छन् । क्यान्सर उपचारका क्रममा गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारलाई ध्यानमा राखेर अस्पतालमा सघन उपचार कक्ष, भेन्टिलेटर तथा बिरामीको निरन्तर निगरानीको व्यवस्था रहेको अस्पतालले जनाएको छ । विभिन्न प्रकारका परीक्षण तथा उपचार सेवा एउटै अस्पतालबाट उपलब्ध हुन थालेपछि बाँकेसहित पश्चिम नेपालका अन्य जिल्लाका बिरामीलाई उपचारमा सहजता भएको अस्पतालको भनाइ छ । रेडियोथेरापी सेवा लामो समय बन्द हुँदा उपचारका लागि अस्पतालमा आउने बिरामीलाई थप खर्च, समय र आवतजावतको समस्या हुने गरेको थियो ।

दुवै उपकरण सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि बाहिरी जिल्लाबाट खजुरा आउने बिरामीलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ । अस्पतालका सूचना अधिकारी डा गुप्ताकाअनुसार रेडियोथेरापी सञ्चालनमा आएसँगै अब क्यान्सरका बिरामीलाई काठमाडौँ, भक्तपुर, चितवन र भरतपुर जानुपर्ने बाध्यता हटेको छ।रासस

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.