• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

  •  शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन चालु आर्थिक वर्षमा करिब रु २० करोड बराबरका उपकरण खरिद गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रयोगशालालाई आधुनिक र सक्षम बनाउन आवश्यक उपकरण खरिद तथा भौतिक पूर्वाधार निर्माणको काम अघि बढाइएको जानकारी दिनुभयो ।

मन्त्री पुनले विधि विज्ञान प्रयोगशालाको क्षमता कमजोर रहेको कुरा भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्दा स्पष्ट भएको बताउनुभयो । बाढीमा ठूलो सङ्ख्यामा मानिस बेपत्ता भएपछि उनीहरूको शव तथा आफन्तको डिएनए परीक्षण गर्नुपर्ने अवस्था आए पनि नेपालमा उपलब्ध क्षमताबाट तत्काल परीक्षण गर्न कठिन हुने अवस्था देखिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चीन सरकारबाट आधुनिक उपकरणसहित १५ सदस्यीय र भारत सरकारबाट उपकरणसहित १९ सदस्यीय टोली नेपाल आएर डिएनए परीक्षणमा सहयोग गरेका थिए । उक्त क्रममा नेपाल प्रहरी, नास्ट र विधि विज्ञानसम्बन्धी प्रयोगशालामा परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । “यदि हामी आफैँले हाम्रो क्षमताले डिएनए परीक्षण गर्नुपर्ने भएको भए एक वर्षमा पनि नसकिने रहेछ”, मन्त्री पुनले भन्नुभयो ।

उहाँले नास्टमा डिएनए परीक्षण हुँदै आए पनि मुख्यतः वनस्पति तथा जनावरको डिएनए परीक्षण हुने गरेको र मानव डिएनए परीक्षणको अनुभव नभएको बताउनुभयो । चीनबाट आएको टोलीलाई नास्टमा राखेर मानव डिएनए परीक्षण गरिएको र त्यसबाट नेपाली प्राविधिकले समेत सिक्ने अवसर पाएको उहाँको भनाइ थियो ।

मन्त्री पुनले हाल विधि विज्ञान प्रयोगशालाका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगरेको पनि बताउनुभयो । चालु आर्थिक वर्षमा विधि विज्ञान प्रयोगशालाको सञ्चालनका लागि रु १८ करोड विनियोजन भएको र त्यसको अधिकांश हिस्सा कर्मचारीको तलबभत्तालगायतमा खर्च हुने उहाँले जानकारी दिनुभयो ।

प्रयोगशालाको आधुनिकीकरणका लागि आवश्यक उपकरण खरिद गर्न करिब रु २० करोडको बजेट माग गरिएको र उक्त रकमबाट आवश्यक उपकरण खरिद गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले काठमाडौँमा आधुनिक विधि विज्ञान प्रयोगशाला निर्माणका लागि नास्ट परिसरमा जग्गा व्यवस्थापन गर्ने तयारी भइरहेको र भवनको डिजाइनसमेत अघि बढेको जानकारी दिनुभयो । भवन निर्माणमा न्यूनतम रु छ–सात करोड लाग्ने प्रारम्भिक अनुमान रहेको उहाँले बताउनुभयो ।

“काठमाडौँमा भवन छैन, जग्गा पनि छैन । अब नास्टभित्रै जग्गा लिएर ठूलो भवन बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । मन्त्री पुनका अनुसार हाल चार प्रदेशमा विधि विज्ञान प्रयोगशालाका एकाइ रहे पनि ती साना तथा भाडाका भवनमा सञ्चालन भइरहेका छन् । अब ती प्रयोगशालालाई आधुनिकीकरण गर्नुका साथै बाँकी तीन प्रदेशमा समेत प्रयोगशाला विस्तार गर्ने योजना रहेको छ ।

उहाँले विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी कानुन बनेसँगै संस्थाले आफ्नै नाममा जग्गा प्राप्त गरी आवश्यक पूर्वाधार निर्माण गर्न सक्ने बाटो खुलेको बताउनुभयो ।

डिएनए डाटा बैंक सुरक्षित राखिने

मन्त्री पुनले डिएनए परीक्षणसँग सम्बन्धित तथ्याङ्क अत्यन्त संवेदनशील भएकाले सुरक्षित राख्नुपर्ने बताउनुभयो । विधायन व्यवस्थापन समितिमा विधेयकमाथि छलफलका क्रममा करिब चार–पाँच दिन डिएनए सुरक्षासम्बन्धी विषयमा मात्रै छलफल भएको उहाँले जानकारी दिनुभयो ।

डिएनए तथ्याङ्कका लागि छुट्टै ‘डिएनए डाटा बैंक’ आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यस्तो तथ्याङ्कलाई डिजिटल रूपमा सुरक्षित राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली नागरिकको डीएनए तथ्याङ्क विदेशीलाई उपलब्ध गराउने भन्ने विषयमा चलेका चर्चाबारे पनि स्पष्ट पार्नुभयो । नेपाली नागरिकको डिएनए डाटा विदेशीलाई उपलब्ध गराउने वा चुहाउने व्यवस्था नरहेको उहाँको भनाइ थियो ।

भोटेकोशी बाढीमा विभिन्न मुलुकका विदेशी नागरिकसमेत बेपत्ता भएकाले उनीहरूको पहिचानका लागि आवश्यक पर्ने डिएनए तथ्याङ्क सम्बन्धित कानुन तथा नियमअनुसार उपलब्ध गराउने विषय भने फरक रहेको उहाँले बताउनुभयो । मन्त्री पुनले विधेयक लामो छलफलपछि आएको उल्लेख गर्दै कुनै पनि कानुन पूर्ण नहुने भएकाले आवश्यकता र अनुभवका आधारमा भविष्यमा संशोधन गर्दै लैजान सकिने बताउनुभयो । रासस

शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.