• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक

  •  आइतबार, असोज १८, २०८३ मा प्रकाशित

नारायणगढ । आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । भरतपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हिमाल गिरीले आँखाको स्वास्थ्यका लागि विशेषगरी ४० वर्ष उमेर पुगेपछि नियमित परीक्षण आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “आँखालाई सुरक्षित नियमित जाँच गरी समस्या पहिचान गर्नु प्रमुख आवश्यकता हो ।”

उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह र थाइराइडजस्ता रोगले आँखामा असर पार्न सक्ने भएकाले त्यस्ता समस्या भएका व्यक्तिले नियमित आँखा परीक्षण गराउनुपर्छ । आँखामा चोटपटक लाग्न सक्ने जोखिमयुक्त काम गर्ने व्यक्तिले सुरुदेखि सावधानी अपनाउनुपर्नेमा डा गिरीले जोड दिनुभयो । वेल्डिङलगायत काम गर्दा आँखामा चोट लागेमा घरमै बसेर उपचार गर्ने, आँखामा पानी छ्याप्ने वा मेडिकलबाट औषधि किनेर प्रयोग गर्नुभन्दा तत्काल आँखा उपचार केन्द्र वा अस्पतालमा सम्पर्क गर्न उहाँले सुझाव दिनुभयो । हाल मौसमी परिवर्तनका कारण हुने सिजनल एलर्जीबाट आँखामा चिलाउने, रातो हुने तथा आँसु आउने समस्या देखिन सक्ने उहाँले बताउनुभयो ।

आँखा पाक्ने रोग सरुवा हुने भएकाले सङ्क्रमित व्यक्तिले प्रयोग गर्ने रुमाल, तौलिया, सिरानीलगायत व्यक्तिगत सामग्री अरूले प्रयोग गर्न नहुने उहाँको सुझाव छ । भरतपुर आँखा अस्पतालबाट तीन लाखभन्दा बढीलाई सेवा नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत वर्ष आफ्ना विभिन्न सेवा केन्द्रमार्फत तीन लाखभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ । अस्पतालका बाह्य कार्यक्रम संयोजक एवं सूचना अधिकारी रमेश घिमिरेका अनुसार नेपाल नेत्रज्योति सङ्घका देशभर ४४ शाखामार्फत २८ वटा आँखा अस्पताल सञ्चालनमा छन् ।

चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विशेष सेवासहितको केन्द्रीयकृत आँखा अस्पताल हो । उहाँले भरतपुरस्थित मुख्य अस्पतालमा दैनिक ७०० देखि ८०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका जनाउँदै दैनिक ३० देखि ४० जनासम्मको आँखाको शल्यक्रिया हुने गरेको बताउनुभयो । भरतपुरको ओरालोमा रहेको सिटी क्लिनिकबाट नेत्ररोग विशेषज्ञसहितको टोलीले दैनिक १०० देखि १५० जनासम्मलाई सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । अस्पतालले पर्साको ठोरी र नवलपरासीको कावासोतीमा सेकेन्डरी आँखा अस्पताल सञ्चालन गर्दै आएको छ । ती अस्पतालमा मोतिबिन्दुको नियमित शल्यक्रिया हुने गरेको छ । सर्लाहीको ईश्वरपुर र नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित चोरमारामा सर्जिकल सेन्टर सञ्चालनमा छन्, जहाँ महिनामा एकपटक शल्यक्रिया सेवा दिइने गरिएको सूचना अधिकारी घिमिरेले उल्लेख गर्नुभयो । चितवनका सात वटै पालिका तथा नवलपरासीका आठमध्ये सात पालिकासहित बारा, धादिङ र तनहुँका विभिन्न स्थानमा गरी २० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको घिमिरेले बताउनुभयो । नवलपरासीको बुलिङटारमा पनि हालै आँखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष अस्पतालका सबै सेवा केन्द्रमार्फत तीन लाखभन्दा बढीले आँखा उपचार सेवा लिएका र १५ हजारभन्दा बढीको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । अस्पतालले समुदायमा आधारित सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब, विपन्न तथा असहाय बिरामीलाई लक्षित गरी निःशुल्क उपचारसमेत गर्दै आएको छन् । अस्पतालका अनुसार गत वर्ष करिब चार हजार ५०० जनाले निःशुल्क सेवा पाएका थिए । डा घिमिरेले भन्नुभयो, “हामी वर्षमा करिब ३० वटा स्थानमा पुगेर शल्यक्रिया शिविर गर्छौं भने करिब १५० वटा स्क्रिनिङ शिविर सञ्चालन गर्छौँ । स्क्रिनिङ शिविरबाट पहिचान भएका बिरामीलाई यहाँ ल्याएर शल्यक्रिया गर्छौँ ।” उहाँका अनुसार मोतिबिन्दुको एक व्यक्तिको शल्यक्रियामा अस्पतालको हिसाबले करिब रु नौ हजार खर्च हुने भए पनि सामाजिक उत्तरदायित्वअन्तर्गत लक्षित बिरामीको शल्यक्रिया निःशुल्क गर्ने गरिएको छ । अस्पतालले उपचार सेवासँगै आँखा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सम्बन्धनमा तीन वर्षे अप्थाल्मोलोजी तथा चार वर्षे ‘ब्याचलर इन अप्टोमेट्री’ अध्ययन हुँदै आएको छ । स्कुल अफ हेल्थ साइन्सको सहकार्यमा ‘डिप्लोमा इन अप्थाल्मिक असिस्टेन्ट’को पढाइसमेत सञ्चालनमा रहेको अस्पतालले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सामाजिक अगुवा, विद्यालयका शिक्षक तथा स्वास्थ्य संस्थाका कर्मचारीलाई आँखा स्वास्थ्यसम्बन्धी आधारभूत तालिमसमेत दिइँदै आएको छ । दातृ संस्थाको सहयोगमा ५० वर्षभन्दा माथिका नागरिकको घरघरमै पुगेर आँखा परीक्षण गर्ने तथा आवश्यक परेका बिरामीलाई अस्पताल ल्याउने वा मोबाइल भ्यानमार्फत घरमै पुगेर सेवा दिने कार्यक्रमसमेत सञ्चालन भइरहेको घिमिरेले जानकारी दिनुभयो।रासस

आइतबार, असोज १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.