• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

चितवन मेडिकल कलेजमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान

  •  सोमबार, असोज १९, २०८३ मा प्रकाशित

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले स्तन क्यान्सर जागरुकता महिनाका अवसरमा विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ । यसअन्तर्गत स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क परामर्श तथा जाँचका साथै म्यामोग्राम (स्तनको एक्सरे) र ब्रेस्ट यूएसजी (स्तनको भिडियो एक्सरे) मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । हरेक वर्ष अक्टोबरलाई स्तन क्यान्सर जागरुकता महिनाका रूपमा मनाउने गरिन्छ ।

सिएमसी क्यान्सर इन्स्टिच्युटले पनि महिलामा स्तन क्यान्सरसम्बन्धी सचेतना बढाउने तथा समयमै स्वास्थ्य परीक्षण गराउने वातावरण बनाउन विशेष कार्यक्रम सञ्चालन गरिएको सिएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत स्तन क्यान्सरसँग सम्बन्धित समस्याका विषयमा निःशुल्क चिकित्सकीय परामर्श उपलब्ध हुनेछ । त्यस्तै, यससँग सम्बन्धित आवश्यक जाँच गराउने व्यवस्था पनि गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानका क्रममा आवश्यक देखिएका महिलाको म्यामोग्राम र ब्रेस्ट यूएसजीमा ५० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

स्तनमा देखिने असामान्य परिवर्तन तथा क्यान्सरको सम्भावनासम्बन्धी परीक्षणका लागि प्रयोग हुने यी जाँचमा छुटको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गर्न चाहने महिलालाई सहज भएको मुख कार्यकारी अधिकृत देवकोटाले जानकारी दिनुभयो । सिएमसी क्यान्सर इन्स्टिच्युटले असोज १५ गतेदेखि कात्तिक १३ गतेसम्म अर्थात् अक्टोबर १ देखि ३० गतेसम्म यो विशेष अभियान सञ्चालन गर्ने जनाएको छ ।

स्तन क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले यससम्बन्धी सचेतना, समयमै परीक्षण र आवश्यक परामर्शलाई अभियानले प्राथमिकता दिएको छ । स्तनमा गाँठो देखिनु, आकार वा स्वरूपमा असामान्य परिवर्तन आउनु, निप्पलमा असामान्य परिवर्तन हुनुजस्ता समस्या देखिएमा स्वास्थ्यकर्मीको परामर्श लिनु महत्वपूर्ण मानिने चिकित्सकहरू बताउँछन् । यस्ता समस्या नदेखिए पनि आफ्नो स्वास्थ्य अवस्थाअनुसार नियमित परीक्षण र चिकित्सकीय परामर्शले रोगको जोखिम पहिचान गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।रासस

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.