• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

  •  मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित

काठमाडौँ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार(असोज २२ गते) विविध कार्यक्रम आयोजना गरेर विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ ।

साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ । बालबालिका,छात्र/छात्रा,कर्मचारी,मजदूर,किसान,सवारी साधनका चालक आदि सबैको दैनिक जीवनका अधिकांश गतिविधि स्पष्ट दृष्टिमा निर्भर छन् । आँखाका स्वास्थ्यमा देखिने समस्या सधैँ पीडा वा असहजताबाट सुरु हुँदैन । धेरै अवस्थामा दृष्टि कमजोर हुँदै जाँदा पनि यसलाई सामान्य ठानेर बेवास्ता गर्ने प्रवृत्तिले समस्या जटिल बन्ने नेत्र विशेषज्ञको भनाइ छ । यही वास्तविकतालाई केन्द्रमा राखेर असोज २२ मा नेपालमा ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ नेपाल नेत्रज्योति सङ्घसहित विभिन्न सङ्घ संस्थाहरुले विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाउँदैछन् ।

विश्वभर अन्तरराष्ट्रिय संस्था ‘आइएपिबी’ले अक्टोबर ८ मा ‘आँखालाई माया गरौँ’ अभियान सञ्चालन गर्दैछ । ‘आइएपिबी’का अनुसार विश्वका एक अर्बभन्दा बढी मानिस अझै आफूलाई आवश्यक पर्ने आँखा स्वास्थ्य सेवा र उपचारको पहुँचबाट बाहिर छन् । नेपालमा उपचारको पहुँच बढ्यो नेत्रज्योति सङ्घका अनुसार नेपालमा पछिल्लो दशकमा आँखा स्वास्थ्य सेवा पहुँच उल्लेखनीय रूपमा वृद्धि भएको छ । सन् १९७८ मा सङ्घ स्थापना हुँदा देशमा आँखा उपचारको अवस्था प्रारम्भिक चरणमा थियो । सीमित पूर्वाधार र न्यून विशेषज्ञ जनशक्तिबाट सुरु भएको सेवा अहिले देशका विभिन्न भूगोलसम्म विस्तार भएको छ । आँखा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ सेवा तथा समुदायमा आधारित कार्यक्रमको विस्तारले उपचारको पहुँच बढाएको छ । यसको सकारात्मक प्रभाव अन्धोपनका अवस्थामा देखिएको छ ।

सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी सर्वेक्षणमा यो शून्य दशमलव २८ प्रतिशतमा झरेको देखाएको छ । तर अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान भएका छैनन् । चुनौतीको स्वरूप परिवर्तन हुँदै गएको छ । यससँगै ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टिदोषजस्ता समस्या पनि बढ्दो चुनौती बनेका छन् । बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेका छन् ।

नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रका अनुसार नेपालले उपचारमा उल्लेखनीय प्रगति गरे पनि अबको प्राथमिकता रोकथाम, प्रारम्भिक पहिचान र सेवाबाट बाहिर रहेका जनसङ्ख्यासम्म पहुँच विस्तारमा हुनुपर्छ । उहाँका अनुसार आँखाको समस्या गम्भीर भएपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिलाई परिवर्तन गर्दै नियमित आँखा परीक्षणलाई स्वास्थ्य संस्कारका रूपमा विकास गर्न आवश्यक छ । नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार अस्पताल र उपचार केन्द्र विस्तारसँगै सेवा नपुगेका समुदाय पहिचान गरी उनीहरूको आवश्यकताअनुसार सेवा पु¥याउनुपर्ने अवस्था छ । उहाँले भन्नुभयो“आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोड्दै समुदायमै प्रारम्भिक परीक्षण, प्रभावकारी रिफरल प्रणाली र दुर्गम क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता छ ।”

नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले आँखा स्वास्थ्यलाई अस्पताल र उपचारको विषयमा मात्र सीमित गर्ननहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “राम्रो दृष्टि शिक्षा, रोजगारी, उत्पादकत्व र आत्मनिर्भरतासँग जोडिएकाले आँखाको स्वास्थ्यमा गरिएको लगानीलाई मानव विकासमा गरिएको लगानीका रूपमा बुझ्नुपर्छ ।” सङ्घका अनुसार सङ्घले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । सङ्घको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ उपचार केन्द्र मार्फत् नेपालीसहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिसकेको छ । उपलब्ध तथ्याङ्कहरुले पनि दृष्टि सुधारले विद्यालयको सिकाइ तथा कार्यस्थलको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने देखाएका छन् । नेपालका लागि विश्व दृष्टि दिवस उपलब्धि स्मरण गर्ने अवसर मात्र होइन, आगामी प्राथमिकता निर्धारण गर्ने समय पनि हो ।

अन्धोपन न्यूनीकरणमा प्राप्त उपलब्धिलाई जोगाउँदै अब कसैले गरिबी, भौगोलिक विकटता, जनचेतनाको कमी वा सेवाको अभावका कारण उपचार गर्न सकिने दृष्टि गुमाउन नपरोस् भन्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता छ । आँखाको हेरचाह समस्या आएपछि मात्र सुरु हुने अभ्यासबाट नियमित परीक्षण र रोकथामतर्फ जानुपर्छ । बालबालिकाको दृष्टिमा अभिभावक र विद्यालय सचेत हुनुपर्छ । ज्येष्ठ नागरिक तथा मधुमेहजस्ता जोखिम भएका व्यक्तिले नियमित परीक्षणलाई प्राथमिकता दिनुपर्छ । दृष्टिमा सामान्य परिवर्तन देखिए पनि त्यसलाई बेवास्ता नगरी समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्छ । दृष्टि जोगाउनु स्वास्थ्यको विषय मात्र होइन, जीवनका अवसर जोगाउनु पनि हो ।

एउटा बालबालिकाको दृष्टि जोगिँदा उसको सिकाइ र भविष्य जोगिन्छ । एउटा श्रमिकको दृष्टि जोगिँदा उसको रोजगारी र परिवारको आय जोगिन्छ । एउटा ज्येष्ठ नागरिकको दृष्टि जोगिँदा उसको आत्मनिर्भरता र सम्मान जोगिन्छ । यसैले यस वर्षको विश्व दृष्टि दिवसले दिने सन्देश एउटा दिनको अभियानमा सीमित नभई आँखालाई माया गरौँ, नियमित जाँच गरौँ, समयमै उपचार गरौँ र सबैका लागि दृष्टिको रक्षा गरौँ।रासस

मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.