• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल असारबाट सञ्चालनमा ल्याउने तयारी

  •  सोमबार, जेठ २३, २०७९ मा प्रकाशित

पोखरा । पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल असारबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । असारबाट अस्पताल सुरु गरी बहिरङ्ग विभाग (ओपिडी) सेवा सञ्चालनमा ल्याउने तयारी छ ।

तत्कालको लागि विश्वविद्यालय परिसरभित्रकै छात्रावासलाई ‘मोडिफाई’ गरेर ओपिडी सेवा सञ्चालन गर्ने विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

ओपिडी सञ्चालन ल्याउन आवश्यक प्रशासनिक जनशक्ति, क्लिनिकल प्राविधिक जनशक्ति आदिका लागि विज्ञापन भई नियुक्तिको कामसमेत भएको छ । अस्पताल सञ्चालनको सुरुको चरणमा बिरामी जाँच्ने बहिरङ्ग सेवा (ओपिडी) थाल्न लागिएको हो ।

अस्पतालको लागि चाहिने भवन निर्माणको काम पनि धमाधम भइरहेको छ । आवश्यक बेडहरू कर्मचारी, साथै अन्य भौतिक सामग्रीहरु खरिद प्रक्रियामा रहेको र सञ्चालनको सुरुमा इमर्जेन्सी सेवा सञ्चालन गर्ने बताइएको छ ।

१ सय बेडको शिक्षण अस्पतालको भवन बनाउन विश्वविद्यालयले सूर्य कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । सूर्य कन्ट्रक्सनसँग ७ करोड ४९ लाख रुपैयाँमा काम गर्ने गरी सम्झौता भएको छ । उनका अनुसार मङ्सिरसम्म सय बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याउने योजना छ ।

२५ वर्षदेखि प्यारामेडिक विद्यार्थीहरू उत्पादन गरिरहेको पोखरा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन । विश्वविद्यालयले शुल्क तिरेर प्यारामेडिकल विद्यार्थीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालबाट शिक्षण गराउँदै आएको थियो । अब भने आफ्नै अस्पतालमा विद्यार्थीहरूले अध्ययन गर्न पाउने भएका छन् । विद्यार्थीहरूलाई बाहिर लगेर पढाउँदा महँगो शुल्क तिर्नुपरेको भण्डारीले जानकारी दिनुभयो ।

अस्पतालमा प्रशासनिक कार्यालय, बहिरङ्ग विभाग (ओपिडी), अन्तरङ्ग विभाग, आकस्मिक तथा शल्यचिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग लगायत आवश्यक प्रतीक्षा कक्ष, सवारी साधन, पार्किङ, पानी विद्युत्, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन लगायत हुनेछ ।

विश्वविद्यालयमा प्यारामेडिक अन्तर्गत स्वास्थ्यका १२–१३ वटा वटा कार्यक्रमको पठनपाठन हुँदै आएको छ । यहाँ बिएस्सी नर्सिङ, बिफर्मा, पब्लिक हेल्थ, मेडिकल ल्याब टेक्नोलोजी र फिजियोथेरापीको पढाइ हुन्छ ।

सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.