• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

टीकापुरमा गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवा प्रभावकारी बनाइँदै

  •  शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित

टीकापुर,कैलालीको टीकापुर नगरपालिकाले गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवालाई प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाले अनिवार्य गर्भजाँच र सुत्केरीपश्चातको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन घरभेट कार्यक्रम, गर्भवतीको गर्भको विवरण मात्र नभई पारिवारिक, आर्थिक र सामाजिक विवरणसमेत लिने गरी स्वास्थ्यकर्मीलाई तालिम दिएको छ ।

नगरपालिकाले सरकारले लिएको दिगो विकास लक्ष्य प्राप्तिलाई सफल पार्नुका साथै मातृशिशु मृत्युदर शून्यमा झार्न यी सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई थप जिम्मेवारी र सचेत गराएको छ । गर्भजाँच तथा सुत्केरीपछिको जाँचलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाले काम गर्न थालेका छन् । स्वास्थ्य संस्थाको तथ्याङ्क हेर्दा गर्भजाँचमा धेरै गर्भवती आउने तर सुत्केरीपछिको परीक्षणमा निकै कम आउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीको अवस्थाबारे मात्र जानकारी नलिई अब उनीहरूको पारिवारिक, आर्थिक र सामाजिक अवस्थाबारे जानकार हुनुपर्ने स्टाफ नर्स पूजा तिखातरी बताउनुहुन्छ । “हामीकहाँ अहिले सुत्केरीपश्चात परीक्षणमा आउने महिला निकै कम हुनुहुन्छ, अब हामीले उहाँहरूको घरमै गएर स्वास्थ्य परीक्षण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “गर्भवतीको मानसिक अवस्था, पोषणको अवस्थाबारे समेत स्वास्थ्यकर्मी जानकार हुनुपर्छ । यसले सुत्केरी हुँदा र त्यसपछि दिइने सेवामा समेत सहज हुन्छ ।”

धनसिंहपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी पुनम साउद अहिले आमा सुरक्षाका लागि नयाँ गाइडलाइन आएकाले अब सेवा दिँदा थप प्रभावकारी बनाउनुपर्ने बताउनुहुन्छ । “पहिला हामी गर्भजाँच चार पटकमात्र गथ्र्यौँ, अब आठपटक गर्नुपर्नेछ । यसका साथै अन्य सेवासमेत वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “आमा र बच्चाको स्वास्थ्यका लागि स्वास्थ्यकर्मीको व्यवहारसमेत सुधार हुनुपर्ने आवश्यकता छ । अब सेवा लिन आउने महिलालाई स्वास्थ्यकर्मीले बोलीचालीलगायतका व्यवहारमा सुधार गर्नुपर्ने, उनीहरूको अधिकारबारे सचेत हुनुपर्नेछ ।”

झङ्ुगा सहरी स्वास्थ्य केन्द्रका सिनियर अहेव महेशकुमार श्रीवास्तव सेवाग्राहीको अधिकारबारे स्वास्थ्यकर्मीलाई जानकारी भएकाले अब सेवा लिन आउनेको अधिकार र सहज सूचना बढाउने बताउनुहुन्छ । “सेवाग्राहीका अधिकारबारे हामी त्यति संयमित थिएनौँ, अब हामी उनीहरूलाई कानुनले दिएको अधिकार, गोपनियताबारे सचेत भएर सेवा दिनेछौँ”, उहाँले भन्नुभयो, “सेवा लिन आउने महिलालाई प्रभावकारी सेवा दिनु स्वास्थ्य संस्थाको दायित्वमा पर्छ ।”

टीकापुर नगरपालिकाका सिनियर अनमी हेवा ज्ञवाली गर्भावस्था, सुत्केरीपछि पाउने सेवा ग्रामीण बस्तीसम्म पु¥याउनका लागि नगरपालिकाले पहिलो चरणमा सबै स्वास्थ्यकर्मीलाई तालिम दिएको बताउनुभयो । “अब हामी कोही पनि गर्भवती तथा सुत्केरी सेवा पाउनबाट नछुटुन् भनी सचेत छौँ”, उहाँले भन्नुभयो, “हामीले अस्पतालमा नियमित सेवा लिन र परीक्षणमा आउन जनचेतनाका लागि निःशुल्क एम्बुलेन्स, निःशुल्क रगत, उपमेयर कोशेली वितरणजस्ता सेवा दिइरहेका छौँ ।”

कैलालीको टीकापुरका हरेक वडामा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । सबै स्वास्थ्य संस्थामा गर्भजाँच सेवा दिने गरिएको छ भने सुत्केरी सेवा भने तीन स्थान टीकापुर अस्पताल, धनसिंहपुर र नारायणपुर स्वास्थ्य चौकीबाट दिइन्छ । टीकापुरमा बर्सेनि करिब दुई हजारले सुत्केरी सेवा लिन्छन् । गत वर्ष एक हजार ९६० जनाले सुत्केरी सेवा लिएका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । “यसका साथै यी संस्थामा अन्य पालिका जानकी, जोशीपुर गाउँपालिका, भजनी, लम्कीचुहा नगरपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका नागरिक पनि आउने गरेका छन्”, रावलले भन्नुभयो, ‘‘हरेक वर्ष करिब १५० महिला अन्य पालिकाका सुत्केरी सेवा लिन आउँछन् ।”

शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.