माडी । ग्रामीण भेगलाई लक्षित गरी माडीको ब्रह्मपुरीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिको आयोजनामा माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा शनिवार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा पेट रोग तथा कलेजो प्रत्यारोपण फिजिसियिन डा. सागर पौडेल, कलेजो प्रत्यारोपण सर्जन डा.सञ्जय यादव, स्त्री तथा प्रसूति रोग बिशेषज्ञ डा. रेनुका ताम्राकार, जनरल फिजिसियिन डा. प्रदिप न्यौपाने, डा. सबिर श्रेष्ठ र डेण्टल सर्जन डा. राज कुमार पन्त लगायतको चिकित्सकीय टोलीले स्वास्थ्य सेवा दिनुभएको हो ।
बरिष्ठ स्वास्थ्यकर्मी गोविन्द नेपालले सो शिविरमा करिब ६०० जनाले सेवा लिनुभएको बताउनु भयो । उक्त शिविरमा सेवा लिने बिरामीका लागि माडीको बसन्तपुर बजारमा रहेको विश्वास फार्मेसीले प्राविधिक तथा औषधि सहयोग गरेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महत्तोले गर्नु भएको थियो भने अध्यक्षता चितवन सेवा समाज अन्तर्रााष्ट्रय समन्वय समितिका अध्यक्ष समिर खत्रीले गर्नुभएको हो ।







