• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता बढ्दै

  •  सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित

टीकापुर, कैलालीमा परिवार नियोजनका अस्थायी साधनको प्रयोगकर्ता बढ्न थालेका छन् । पहिले लुकिछिपी अस्थायी साधन लिन आउनेहरु आजभोलि भने खुलेरै स्वास्थ्य संस्था तथा स्वयम्सेविका कहाँ आउन थालेका छन् । सन्तानको रहर पुगेका र सन्तानबीच जन्मान्तर राख्न अस्थायी साधनले सहयोग गरेको स्वयम्सेवीले बताए ।
टीकापुरकी साधना जोशीको पढ्दा पढ्दै विवाह भयो । उहाँको पढ्ने रहर अझैँ बाँकी थियो । पढ्दै गर्दा विवाह भए पनि पढाइ पूरा गर्न श्रीमान्सँगको सल्लाहअनुसार साधनाले परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्न थाल्नुभयो । ‘‘मैले तीन महिने सङ्गिनी सुई लगाउन थालेँ, आफ्नो पढाइलाई निरन्तरता दिए’’, उहाँले भन्नुभयो, ‘‘विवाह भएको दुई वर्षसम्म बच्चा नजन्मिएपछि सासूआमाले थाहा पाउनुभयो, किन अस्थायी साधन प्रयोग गरेको भनी रिसाउनुभयो ।’’

सासूआमाले किन अस्थायी साधन प्रयोग गरेको भनेपछि साधनालाई तनाव भयो । उहाँलाई कतै बाझोपनको समस्या हुन्छकी भन्ने पिरले सताए पनि हिम्मत हार्नुभएन । ‘‘मेरो पढाइ एक वर्ष अझैँ बाँकी थियो, मैले अझैँ एक वर्ष पढ्छु, त्यसपछि बच्चा पाउने योजना भएको सुनाएँ ।’’ साधनाले भन्नुभयो, ‘‘पढाइ सकेपछि बच्चा पाएँ, अहिले बच्चा आठ महिनाको छ । जन्मान्तरका लागि फेरि अस्थायी साधन प्रयोग गरिरहेकी छु ।’’
सुरुसुरुमा अस्थायी साधनको प्रयोगबारे गलत बुझाइका कारण प्रयोग गर्न आनाकानी गर्नेहरु आजभोलि भने सहजै प्रयोग गर्न थालेका छन् । लम्की चुहाकी निर्मला रिमालको पहिलो सन्तान छोरी जन्मियो । उहाँलाई लगत्तै अर्को बच्चा जन्माउने रहर थिएन । ‘‘डराइडराइ अस्थायी साधन प्रयोग गर्न थालेँ, पहिलो सन्तान पाँच वर्षपुगेपछि फेरि दोस्रो सन्तान जन्माए, अहिले स्वास्थ्यमा केही समस्या छैन’’, निर्मलाले भन्नुभयो, ‘‘अहिले पनि निर्धक्कसँग अस्थायी साधन प्रयोग गरिरहेकी छु ।’’टीकापुरकी प्रतिमा चौधरीले पहिलो सन्तानलाई जन्म दिइसकेपछि तीन महिने सङ्गिनी सुई प्रयोग गर्न थाल्नुभयो ।

बच्चा तीन वर्ष भइसकेपछि नोकरी गर्न थाल्नुभएकी उहाँ हाल एउटा विद्यालयमा बालविकास शिक्षिकाका रुपमा कार्यरत हुनुहुन्छ । करिब सात वर्षको फरकमा अर्को सन्तान जन्माउने तयारीमा शिक्षिका चौधरी हुनुहुन्थ्यो । परिवार नियोजनका अस्थायी साधनको प्रयोगले गर्दा आफूले चाहेको काम गर्न सकेको उहाँको बुझाइ थियो । ‘‘मेरो छोरी आठ वर्ष पुग्न लागिन्, अहिले मेरो फेरि सात महिनाको गर्भ छ’’, शिक्षिका चौधरीले भन्नुभयो, ‘‘सन्तान हुर्काइसकेपछि जागिर खाने रहर पनि पूरा भयो, अब फेरि अर्को बच्चा पाउँदैछु । अस्थायी साधन प्रयोग नगरेको भए यो सम्भव हुने थिएन ।’’गाउँघरमा पनि अस्थायी साधनको प्रयोग र महत्वका बारेमा मानिसको बुझाइ सकारात्मक बन्दै गएको छ । कुनै समय लुकिलुकी परिवारनियोजनका अस्थायी साधन माग्न आउने महिला आजभोलि भने खुलेरै माग्न आउन थालेका छन् । पछिल्ला समय गाउँघरमा अस्थायी साधन प्रयोगकर्ता बढ्न थालेको महिला स्वास्थ्य स्वयमसेविका नन्दादेवी साउदले बताउनुभयो ।

‘‘विगतमा हामीले परिवारनियोजनका साधनबारे कुरा गर्दा मानिसहरु लजाउँथे’’, उहाँले भन्नुभयो, ‘‘आजभोलि घरमै पनि धेरैले अस्थायी साधन माग्न आउने, सल्लाह लिन आउने गरेका छन् ।’’पहिले परिवारनियोजनका अस्थायी साधनको प्रयोगप्रति गलत बुझाइ रहे पनि पछिलो समय गाउँघरमा यस्ता गलत धारण हट्दै गइरहेको र यसप्रति आकर्षण बढ्दो रहेको स्वास्थ्य स्वयम्सेविकाको अनुभव छ । टीकापुर नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवालीले स्वास्थ्य संस्थामा परिवारनियोजनका साधन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

‘‘तथ्याङ्क हेर्दा प्रयोगकर्ता बढेका देखिन्छ । महिलाहरु प्रजनन स्वास्थ्यबारे सचेत बन्दै गएका छन्’’ उहाँले भन्नुभयो, ‘‘हामीले गाउँ गाउँमा गएर शिविर पनि सञ्चालन गरिरहेका छौँ । यस वर्ष १२ वर्षसम्म पाठेघरमा राखिने आइयुसिडी सेवा लिने महिला ३५३ जना, इम्प्लान्ट सेवा एक हजार ६२० जना, डिपो एक हजार २०१,र पिल्स खाने महिला ८०१ बढेका छन् । त्यस्तै कण्डमको खपत कण्डम ७० हजारभन्दा बढी छ ।’’
स्वास्थ्य संस्थाले लामो जन्मान्तर गर्न चाहने वा सन्तानको रहर पुगेकालाई लामो समयसम्म जन्मान्तर हुने साधन प्रयोगमा प्रोत्साहन गरिरहेका सिनियर अनमी ज्ञवालीले बताउनुभयो।

‘‘हामीले स्वास्थ्य शिविर लिएर जाँदा यो सेवा लिनेहरु अझ बढेका छन्’’, उहाँले भन्नुभयो, ‘‘यसका साथै पिल्स पनि तत्कालका लागि प्रयोग गर्न सल्लाह दिन्छौँ, जस्तै छोटो समयमात्र साधन आवश्यक भएकालाई यसो गर्ने सल्लाह दिँदै आएका छौँ ।’ रासस

सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.