खैरहनी । खैरहनी नगरपालिकाले रेबिज रोगको विरुद्वको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनंसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको समन्वयमा नगर अस्पतालबाट बुधबारदेखि खोप कार्यक्रम सुरु हुन लागेको हो। रेबिजविरुद्धको खोप हाल भरतपुर सरकारी अस्पतालमा मात्र सञ्चालन छ । भरतपुरपछि पहिलो पटक खैरहनीबाट यो सेवा प्रदान गर्न लागिएको हो ।
सेवा सुचारु गरेको अवसरमा असार महिनाभरि सबै खोप निःशुल्क प्रदान हुने नगरपालिकाले जानकारी दिएको छ । साउनबाट न्यूनतन सेवा शुल्क लाग्नेछ ।
हाललाई खैरहनी नगरपालिकाको लागि मासिक ४० भायल खोप प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाबाट प्राप्त हुने र सेवा विस्तार हुँदै जादा थप खोपसमेत उपलब्ध हुने छ। यस सेवा सुचारु भएपछि खैरहनीसहित, राप्ती, रत्ननगर नगरपालिकाका सेवाग्राहीसमेतले सेवा पाउने खैरहनी नगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
