• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

व्यास नगरपालिकाको कुलुङ्गमा एक दिने निःशुल्क स्वास्थ्य शिविर

  •  आइतबार, असार ०५, २०७९ मा प्रकाशित

 

तनहुँ । रोटरी क्लब अफ दमौलीको आयोजना तथा व्यास नगरपालिकाको सह आयोजनामा शुक्रवार व्यास–१४ माझथर कुलुङ्गमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जी. पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी, रत्नहरी मेमोरियल अस्पताल र दमौली अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

रोटरीको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित उक्त निःशुल्क स्वास्थ्य शिविरबाट कुलुङ्ग, केशवटार, ठिन, रामकोट लगायतका क्षेत्रका ३ सय ५ जना लाभान्वित भएका छन् ।

पेट, छाती, मुटु, प्रेसर, सुगर, थाइराइड विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, जनरल सर्जरी, बाल रोग विशेषज्ञद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

साथै शिविरमा निःशुल्क भिडियो एक्स-रे सेवा, रगतबाट सुगर तथा ब्लड ग्रुप परिक्षण गरिएको थियो भने परिक्षण गरेअनुसार सबै खालका बिरामीलाई निःशुल्क औषधी वितरण समेत गरिएको श्रेष्ठले बताउनुभयो ।

शिविरमा ३ सय ५ जना बिरामीको परीक्षण गर्दा १ सय ७ जनाको भिडियो एक्स-रे गरिएको डाक्टर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । भिडियो एक्स-रे गर्दा धेरै बिरामीमा पत्थरीको समस्या देखिएको उहाँले बताउनुभयो । पित्त थैलीमा पत्थरी देखिएका बिरामीहरूलाई जी.पी कोइरालाबाट निःशुल्क अपरेसन लगायतका सेवा प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै ल्याब परीक्षणका क्रममा सुगरको समस्या पनि अधिक देखिएको छ  । पर्याप्त रुपमा शुद्ध पानी पिउनाले र जीवनशैलीमा केही परिवर्तन ल्याउने हो भने पत्थरी, सुगर, प्रेसर लगायतका समस्याबाट मुक्ति पाउन सकिने भन्दै डा. श्रेष्ठले जीवनशैलीमा ध्यान पुर्‍याउन सबैलाई आग्रह गर्नुभएको थियो ।

शिविरमा ४ वर्षीया बालिका देखी ८६ वर्षीया वृद्धसम्मको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ ।

व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिका पनि महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति संवेदनशील रहेको चर्चा गर्दै न्यौपानेले वडा–वडामा स्वास्थ्य परीक्षणका योजना बनाएको जानकारी दिनुभयो ।

रोटरीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ठुलो योगदान पुर्‍याएको भन्दै स्थानीय सरकार रोटरी जस्ता सेवामूलक संस्थासँग सहकार्य गर्न सधैँ तयार रहेको न्यौपानेको भनाइ थियो ।

सोही अवसरमा व्यास–१४ का वडाध्यक्ष काशीमान श्रेष्ठले सबै नागरिकलाई सर्वसुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आफु सचेत रहेको बताउनभयो । कुलङ्ग भौगोलिक दृष्टिकोणले अलि कोल्टो पर्ने भएकाले त्यहाँका नागरिकले स्वास्थ्य सेवा लिन टाढा धाउनुपर्ने बाध्यता रही आएकोमा त्यसको सहज व्यवस्थापन गर्न लागि गरेको श्रेष्ठको भनाइ थियो । दुर्गम ठाउँलाई लक्षित गरी रोटरी विशेषज्ञ र औषधी सहितको सेवा प्रदान गरेको प्रति श्रेष्ठले आभार व्यक्त गर्नुभयो ।

हरेक वर्ष दुर्गम ठाउँमा स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम अनुसार रोटरी क्लब अफ दमौलीले स्थानीयको आवश्यकता अनुसार कुलुङ्गमा स्वास्थ्य शिविर आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर भण्डारीले जानकारी दिनुभयो ।

कुलुङ्गमा स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको जानकारी पाएपछि उक्त ठाउँमा विशेषज्ञ टोली सहित ल्याब, भिडियो एक्स-रे र निःशुल्क औषधी समेत वितरण गरिएको भण्डारीले जानकारी दिनुभयो ।

उक्त शिविरमा रोट्रर्याक्ट क्लब अफ दमौली, इनरह्विल क्लब अफ दमौली, रोट्रर्याक्ट वेदव्यास, भिमाद र भानु, छाब्दी बराही आमा समूह, लाङ्गघाली  युवा क्लब कुलुङ्ग, कुलुङ्ग सामुदायिक होमस्टे लगायतका सङ्घसंस्थाले स्वयंसेवकको रुपमा सहयोग गरेका थिए ।

आइतबार, असार ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.