• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मार्मा गाउँपालिकामा बार्षिक १ जनालाई एमबिबिएस अध्ययन गर्न १० लाख छात्रवृत्ति

  •  शनिबार, असार ११, २०७९ मा प्रकाशित

दार्चुला। मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भएको, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेको एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएसमा छात्रवृत्ति उपलब्ध गराइने छ । गाउँपालिकाले स्तरोन्तति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ । गाउँपलिकाभित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ । हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।

एमबिबिएस र बिई पढ्न ५० प्रतिशत खर्च व्यवहोर्ने

दुहुँ गाउँपालिकाले सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्रवेशिका परीक्षामा नाम निकाल्ने एक÷एक विद्यार्थीलाई एमबिबिएस र बिई अध्ययनका लागि ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई मापदण्ड बनाएर एमबिबिएस र बिई अध्ययनमा खर्च उपलब्ध गराउने भएको हो । एक÷एक विद्यार्थीको अध्ययनका लागि आधा रकम गाउँपालिकाले उपलब्ध गराउने गरी नीति कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर बडालले बताउनुभयो ।

गाउँपालिकाले विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क नलिने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका हरेक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क लिन नपाइने भएको हो । विद्यालयले विभिन्न शुल्कका नाममा विद्यार्थीबाट पैसा उठाउने गरेको भन्दै गाउँपालिकाले विद्यार्थीबाट लिइने शुल्क कटौती गर्ने भएको हो । आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष बडालले शुल्क पूर्ण रुपमा बन्द गरिएको उल्लेख गर्नुभयो ।

पालिकाभित्रका सामुदायिक विद्यालयको आवश्यकक्ता र सम्भाव्यताका आधारमा भौतिक पूर्वाधार निर्माणको काम गरिने उल्लेख गरिएको छ । पालिकाभित्र एक वडा एक नमूना विद्यालय कार्यक्रम अघि बढाइने भएको छ । युवाको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकास्तरीय सुविधा सम्पन्न रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइने नीति कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाबाट तलबभत्ता उपलब्ध गराउने गरी राखिएका शिक्षकको दरबन्दी पुनःनिर्धारण गरिने छ । पालिका भरीका सामुदायिक विद्यालयमा ई–हाजिरी जडान तथा शिक्षकलाई पुर्नताजगी तालिम दिइने छ ।

कक्षा ४ देखि ७ र ९ को परीक्षा पालिकास्तरीय गरी प्रश्नपत्र तथा उत्तरपुस्तिका जाँचसम्बन्धी सम्पूर्ण काम पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत गरिनेछ । विद्यार्थीको सङ्ख्या हेरी मापदण्डानुसार विद्यालय मर्जको नीति अवलम्ब गर्दै आयोगका तयारी कक्षा सञ्चालन गरिनेछ । विद्यालय कर्मचारी सामुदायिक सिकाइ केन्द्रका कर्मचारी र बालविकास सहजकर्ताहरुको तलब मासिक रु दुई हजारले बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

शनिबार, असार ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.