चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरीको निःशुल्क मुटु परीक्षण गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत चितवन मुटु अस्पतालले आज (सोमबार) ट्राफिक प्रहरीहरुको निःशुल्क मुटु परीक्षण गरेको हो । ट्राफिक प्रहरीको मुटुको परिक्षण अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शंकर लौडारीले गरेका हुन् ।
२४ सै घण्टा सडकमा धुवांँ, धुलोमा खटिने ६० जना ट्राफिक प्रहरीको ईको प्रविधिबाट निःशुल्क मुटुको परीक्षण गरिएको अस्पतालले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा हाल ६० जना ट्राफिक प्रहरी कार्यरत छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
