• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रिया

  •  बिहिबार, असार १६, २०७९ मा प्रकाशित

भोजपुर, भोजपुरमा जन्मिनुभएकी क्रान्ति योद्धा योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्व विद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को ढुङ्गा बिसौनी र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रमा जग्गा खोजी भइरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । जग्गा खरिद गर्न केन्द्र सरकारबाट विनियोजन भएको रु सात करोड आइपुगेको उहाँले बताउनुभयो ।

नगरप्रमुख उदासले भन्नुभयो, “योगमाया आयुर्वेद विश्व विद्यालय निर्माणको प्रक्रिया सुरु भएको छ । अहिले हामी विश्वविद्यालयले निर्माणका लागि आवश्यक पर्ने जग्गाको खोजीमा छौँ । खादबारी नगरपालिकामा पर्ने जग्गाको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।”

विश्वविद्यालयले निर्माणका लागि षडानन्द नगरपालिकामा २३३ रोपनी र खादबारी नगरपालिका ३७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णयबमोजिम खोजी प्रक्रिया थालनी गरिएको नगरप्रमुख उदासले जानकारी दिनुभयो ।

योगमाया भोजपुरमा जन्मिएको भए पनि मन्त्रिपरिषद्को निर्णयमा भोजपुरमा भन्दा सङ्खुवासभामा बढी जग्गा खरिद गर्ने निर्णयले यस नगरपालिका असन्तुष्ट रहेको उहाँको भनाइ थियो । प्रमुख उदासले भन्नभयो, “आवश्यक प्रक्रिया थालनी भयो तर जग्गा खरिद प्रक्रिया हाम्रा लागि न्यायोचित देखिँदैन ।”

योगमायाको जन्म भोजपुरमै भएको हो, तर जग्गा भने सङ्खुवासभामा बढी खरिद गर्ने भन्ने उल्लेख छ । हाम्रा तर्फबाट दुवै क्षेत्रमा जग्गा बराबरी हुनुपर्छ भन्ने मेरो माग छ । त्यस्तै बन्ने संरचना पनि भोजपुर क्षेत्रलाई प्राथमिकतामा राखेर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जग्गा खरिद गर्न रु सात करोड रकम सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयमा आएको छ भन्दै नगरप्रमुख उदासले हाम्रो क्षेत्रको जग्गा खरिदका लागि आएको रकम पनि सङ्खुवासभा जिल्ला प्रशासनमा छ । खासमा नगरपालिकाका यसअघिका जनप्रतिनिधिले समयमा मागपत्र पेश गर्न नसक्दा यस्तो भएको हो ।

त्यो बेला अलिकति प्राथमिकताका साथ काम गरिदिएको भए हाम्रो जिल्ला प्रशासन कार्यालयबाट नै खरिद रकम भुक्तानी गर्न सकिन्थ्यो । त्यो नहुँदा हाम्रो क्षेत्रको जग्गा खरिदको रकम पनि सङ्खुवासभाले भुक्तानी गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

योगमायाको समाधिस्थल मजुवबेँसीमा समेत आवश्यक जग्गा खरिद गरेर संरचना निर्माण गर्नुपर्ने माग आफूहरूको रहेको र भोजपुरतर्फको जग्गा विश्वविद्यालयको नाममा प्राप्ति गर्न जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर निर्णय गरी कामको थालनी गरिएको नगरप्रमुख उदासले जानकारी दिनुभयो ।

“योगमायाको योगदानको कदर गर्दै सरकारले थालेको कामको पूर्णताका लागि नगरपालिका सचेत भएर लागेको छ । मेरो अगुवाइमा अहिले हाम्रा तहबाट गर्नुपर्ने कामको थालनी भएको छ”, उहाँले भन्नुभयो, “केही क्षेत्र सङ्खुवासभासँग जोडिएकाले खादबारी नगरपालिका र त्यहाँको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कामका गतिविधि अघि बढाएका छौँ । जग्गा खोजीको प्रक्रिया चाँडै नै समाधान गर्नेमा हामी प्रतिबद्ध छौँ ।”

सङ्खुवासभामा विश्वविद्यालयको नाममा जग्गा पास थालिएको त्यहाँ प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो । हालसम्म २२ रोपनी जग्गा पास भइसकेको र यो पक्रिया चाँडै नै सम्पन्न गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । पहिला भएको सम्झौताअनुसार सङ्खुवासभामा प्रति रोपनी रु एक लाखका दरले जग्गा खरिद गरिएको प्रजिअ खतिवडाको भनाइ थियो ।

भोजपुरका जग्गाधनीले भने प्रतिरोपनी रु ५० हजार पाउने गरी पहिला नै सम्झौता भएको थियो । प्रजिअ खतिवडाले भन्नुभयो, “हाम्रो जिल्लामा जग्गा खरिद प्रक्रिया सुरु भइरहेको छ । बाइस रोपनी जग्गा त विश्वविद्यालयको नाममा पास भइसक्यो । पहिला भएको सम्झौताअनुसार सङ्खवासभाका जग्गाधनीले प्रतिरोपनी रु एक लाख र भोजपुर जग्गाधनीले रु ५० हजार पाउने उल्लेख छ । भोजपुरका नागरिकले पहिला नै प्रतिरोपनी रु ५० हजारमा दिन्छौँ भनेका रहेछन् त्यसै भएर मूल्यमा फरक भएको हो । भोजपुरका नागरिकले जग्गा पास गरेपछि त्यहाँको जिल्ला प्रशासनको सिफारिसमा हामी नै उनीहरूलाई भुक्तानी दिन्छौँ ।”

भोजपुरतर्फको २३३ रोपनी र सङ्खुवासभाको ३७२ गरी ६०५ रोपनी जग्गा खरिद गर्ने र अपुगमा सरकारी जमिनलाई पनि प्रयोगमा ल्याउने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ थियो । दुवै जिल्लाको जग्गा खरिद प्रक्रिया सपन्न भएपश्चात् विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गरेर निर्माण प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो । डीपीआर बनेपछि कुन जिल्लामा कति र कस्ता संरचना बन्ने भन्ने टुङ्गो लाग्ने भएको छ ।

दुई जिल्लाको समन्वयमा जग्गा खरिद प्रक्रिया भइरहेको छ । दुई जिल्लामा जग्गा खरिद गर्नु पर्ने भएकाले कुन क्षेत्रमा कति संरचना बन्छन् भन्ने यकिन भएको छैन । विश्वविद्यालयको पूर्ण विस्तृत परियोजना प्रतिवेदन बनेपछि निर्माणको प्रक्रिया सुरु हुन्छ । त्यसपछि कस्ता संरचना कतिवटा कहाँ बन्छन् भन्ने कुराको टुङ्गो लाग्छ ।

सतिप्रथाको अन्त्यका लागि सङ्घर्ष गर्नुहुने क्रान्ति योद्धा योगमायाको जन्म विसं १९१७ मा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडामा भएको थियो । देशमा जगडिएको सतिप्रथा अन्त्यका लागि पटक–पटक तत्कालिन राणा सरकारसँंग मागगर्दा पनि कुनै निर्णय नभएपछि योगमायासहित ८६ जनाले समाधि लिएका थिए । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेका थिए ।

उहाँहरूले समाधि दिएको ठाउँ षडानन्द नगरपालिका–६ को मजुबेँसीमा पर्दछ । समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाको रूपमा योगमायालाई चिनिन्छ । काठमाडौँ पुगेर श्री ३ जुद्धशम्शेरसँग भेट गरी उहाँले धर्म भिक्षा माग्नुभएको थियो । जुद्धशम्शेरबाट धर्म भिक्षाको वचन पाए पनि वचनअनुसार राणाहरूले कुनै काम नगरेपछि उहाँमा थप क्रान्तिको विजारोपन भएको थियो ।

तत्कालीन श्री ३ ले झुक्याउने काम गरेकाले चुनौती दिँदै उहाँले आफ्ना २४० भक्तहरूका साथ अरुण नदीछेउ अग्निदाह गर्ने घोषणासमेत गर्नुभकामा त्यो कुरा तत्कालीन सरकारले थाहा पाएर योगमायासहित उहाँका अनुयायीलाई नियन्त्रणमा लिइएको थियो । त्यहाँबाट छुटेपछि योगमायासहित उहाँका ६८ जना अनुयायीले सामूहिकरूपमा अरुण नदीमा हामफालेर सतिप्रथासहित कुरीतिको विरोधमा देहत्याग गरेका थिए ।

बिहिबार, असार १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.