• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

धौलागिरि अस्पतालमा ‘ओसिएमसी’ सेवा प्रभावकारी

  •  सोमबार, असार २०, २०७९ मा प्रकाशित

बागलुङ। धौलागिरि अस्पतालमा रहेको लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट विगत दस वर्षमा ९०२ ले सेवा लिएका छन् । यसमा महिलाको सङ्ख्या ७९७ र पुरुषको १०५ छ । उक्त आँकडाबाट पुरुषभन्दा झण्डै आठ गुणा बढी लैङ्गिक हिंसापीडित महिलाले सेवा लिएको देखिन्छ ।

विसं २०६८ देखि सुरु भएको केन्द्रले लैङ्गिक हिंसापीडितलाई निःशुल्क उपचार, कानुनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको छ । केन्द्रले पीडितको कानुनी उपचार र पुनः स्थापनामा पनि सघाउने गर्छ । पहिलो वर्ष २२ महिला र तीन पुरुषले सेवा लिएकामा सबैभन्दा बढी आव २०७५/०७६ मा ११६ महिला र २० पुरुष केन्द्रबाट लाभान्वित बनेका छन् ।

चालु आवमा भने लैङ्गिक हिंसापीडित ८१ महिला र छ पुरुषले मात्र सेवा लिएको केन्द्रका ‘फोकल पर्सन’ देवी भट्टराईले जानकारी दिनुभयो । तीमध्ये बलात्कारका घटनामा २०, यौनजन्य दुर्व्यवहारमा १४, शारीरिक दुर्व्यवहारमा आठ, मानसिक दुर्व्यवहारमा ३४ र घरेलु हिंसाबाट ११ जना पीडित बनेका थिए ।

“पुरुषको तुलनामा लैङ्गिक हिंसामा पर्ने महिलाको सङ्ख्या ज्यादै ठूलो छ, पछिल्लो समय यौनजन्य हिंसाका घटना बढी देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “केन्द्र खुलेपछि पीडित सेवा लिन आउने क्रम बढेको छ, हिंसा सहेर बस्ने, लुकाउने प्रवृत्तिमा पनि कमी आएको छ ।”

अस्पतालमा आधारित उक्त केन्द्रबाट पाउने उपचार, परामर्श सेवाले न्यायको लागि कानुनी बाटो समात्नसमेत पीडितलाई सहज भएको उहाँको भनाइ छ । बढीजसो यौन, घरेलु हिंसा र मानसिक यातनाबाट पीडित व्यक्ति केन्द्रमा आउने गरेका छन् ।

बलात्कार, विषादी सेवन, आत्महत्याको प्रयासजस्ता घटनाका पीडित पनि केन्द्रमा आउँछन् । लैङ्गिक हिंसाबाट पीडित र प्रभावितलाई एकै द्वारबाट उपचार, परामर्श सेवा दिन सरकारले ‘ओसिएमसी’ सेवा सुरु गरेको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो ।

“यहाँबाट प्रदान हुने सबै सेवा निःशुल्क हुन्छ, लैङ्गिक हिंसामा परेको जुनसुकै व्यक्ति सोझै केन्द्रमा आएर सेवा लिन सक्छ”, उहाँले भन्नुभयो, “हिंसाका घटना व्यवस्थापनदेखि रोकथाम तथा नियन्त्रणमासमेत केन्द्रको भूमिका रहन्छ ।” प्रमुख चिकित्सक पोखरेलका अनुसार अस्पतालमा उपचार हुन नसक्ने अवस्थाका पीडितलाई अन्य ठूला अस्पतालमा पठाउने गरिएको छ । अन्य अस्पतालसम्म पुग्नलाई यातायात खर्चसमेत केन्द्रले उपलब्ध गराउँछ ।

केन्द्रमा बागलुङसहित पर्वत, म्याग्दी र अन्य जिल्लाबाट समेत लैङ्गिक हिंसापीडित आउने गरेका छन् । लैङ्गिक हिंसाबाट पीडित बनेर आउनेमा बढीजसो १५ देखि ४९ वर्ष उमेर समूहका छन् । तीन वर्षको बच्चादेखि ९६ वर्षको वृद्ध महिलासम्म सेवा लिन ‘ओसिएमसी’मा आएको अस्पतालले जनाएको छ । केन्द्रमा एक जना पीडितलाई तीनदेखि पाँच दिनसम्म राखेर उपचार, कानुनी, मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराइन्छ ।

जटिल र संवेदनशील अवस्थामा भने बढी समयसम्म पनि राखेर उपचार गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय, अल्पकालीन सेवा केन्द्र, बाल कल्याण समिति र अस्पतालकै अन्य विभागबाट समेत पीडित ‘ओसिएसी’को सम्पर्कमा आइपुग्छन् ।

कतिपय पीडित भने सिधै ‘ओसिएमसी’मा आउने गरेका छन् । केन्द्रले पीडितलाई खाना, आवास, सुरक्षा, कानुनी परामर्शलगायतका सेवा उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय, सरकारी वकिलको कार्यालयलगायतसँग समन्वय र सहकार्य गर्दै आएको छ । अस्पतालको छुट्टै कक्षमा ‘ओसिएमसी’ सञ्चालित छ ।

अस्पताल भवन निर्माणाधीन भएकाले अहिलेलाई एउटै कोठाबाट सेवा सञ्चालन भइरहेको छ । केन्द्रमा एक जना नर्सलाई पूर्णकालीन सेवामा राखिएको छ भने अरू स्वास्थ्यकर्मी/चिकित्सकले आवश्यकताअनुसार सेवा दिँदै आएका छन् । सरकारले लैङ्गिक हिंसाविरुद्धको कार्य योजना–२०१० का आधारमा विभिन्न जिल्लामा ‘ओसिएमसी’ सेवा सञ्चालनमा ल्याएको छ ।

सोमबार, असार २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.