• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बाँकेमा सिकलसेल र थालसेमिया उच्च प्राथमिकतामा

  •  सोमबार, असार २०, २०७९ मा प्रकाशित

नेपालगञ्ज, २० असार ९रासस०ः बाँकेका तीन स्थानीय तहले सिकलसेल एनिमिया र थालसेमियालाई उच्च प्राथमिकता दिँदै ठूलो परिमाणमा बजेट विनियोजन गरेका छन् । जिल्लाका तीन स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० का लागि रु एक करोड २० लाख विनियोजन गरेका छन् । उक्त रकममध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाले रु एक करोड र सबैभन्दा कम वैजनाथ नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको हो । राप्ती सोनारी गाउँपालिकाले भने रु १५ लाख छुट्याएको छ ।

थारु समुदायमा फैलिँदो सिकलसेल र थालसेमियाले विकरालरूप लिएको र उनीहरुको स्वास्थ्य अवस्थादेखि आर्थिक अवस्थासमेत कमजोर भएकाले यसलाई उच्च प्राथमिकतामा राखिएको स्थानीय सरकारले बताएका हुन् । स्थानीय सरकारको नीति तथा कार्यक्रमदेखि बजेटसम्म सिकलसेल र थालसेमियालाई उच्च प्राथमिकता दिइएकाले उनीहरुको स्वास्थ्य अवस्थाप्रति स्थानीय सरकारको चासो देखिएको हो ।

खासगरी जिल्लाको कोहलपुर नगरपालिका, वैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा सो रोगलाई उच्च प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ । उक्त रोगका कारण थारु समुदाय वर्षौंदेखि निजी अस्पतालमा भौतारिँदा पनि बिरामी निको नहुनाका साथै ठूलो रकम खर्च गर्न बाध्य हुँदै आएका छन् । सरकारले सिकलसेल र एनिमियाका बिरामीलाई रु एक लाखसम्म निःशुल्क उपचार गर्ने नीति ल्याए पनि लक्षित समुदायसँग पुग्न नसक्दा उपचार पद्धतिबारे बिरामी अनविज्ञ देखिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत धीरजङ्ग शाहले अहिले गाउँगाउमा पुगेर जानकारी गराउन थालिएपछि सरकारले उपचार गर्दोरहेछ भन्ने कुरा थाहा पाउन थालेका र गाउँगाउमा शिविर पनि सञ्चालन भइरहेको बताउनुभयो । तीन स्थानीय तहमा रहेका ९० प्रतिशत थारु सुमदायलाई लक्ष गरेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उहाँले कोहलपुरमा दुई वर्षदेखि सिकलसेल र थालसेमियाको स्क्रीनिङ गरिएको उल्लेख गर्नुभयो ।

अधिकृत शाहले जिल्लाका सबै पालिकामा त्यसको खोजी नभएको जनाउदै अझै निश्चित सङ्ख्यामा बिरामी आउन नसकेको उल्लेख गर्नुभयो । वैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले गाउँपालिकाका आठ वडामध्ये सबैभन्दा वढी ७ र ८ मा थारु समुदायको बाहुल्य रहेको उल्लेख गर्दै गत वर्ष पनि रु पाँच लाख बजेट छुट्याइएकोे जानकारी दिनुभयो ।

उहाँले वैजनाथमा नै स्क्रीनिङ कार्य नभएकाले कति बिरामी छन् भन्ने निश्चित नभएको उल्लेख गर्दै सबै बिरामी भेरी अस्पताल र नेपालगञ्जमा जाने गरेको बताउनुभयो । कोहलपुर नगरपालिकाका सिकलसेल प्रमुख शिव गौतमले नगरपालिकामा अहिलेसम्म ४३ सिकलसेल र १८ थालसेमियाका बिरामी रहेको जानकारी दिनुभयो । उहाँले सिकलसेलका ७९४ बाहक र थालसेमियाका लक्षण देखिएका १४६ जना भएको बताउनुभयो । पन्ध्र वडा रहेका नगरपालिकाको ६ र ७ मा सबैभन्दा बढी सिकलसेल र थालसेमियाका बिरामी छन् ।

राप्ती सोनारी गाउँपालिकामा अहिलेसम्म २३ जना सिकलसेल एनिमियाका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रीनिङ शिविरमा ५७२ को रगतको नमूना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए । तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए । त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए । अहिले रोग नदेखिए पनि तिनबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको हो । सिकलसेल र थालसेमियाको स्क्रीनिङ कार्य जारी रहेकाले सो रोगका बिरामी अझै बढ्ने अनुमान गरिएको स्थानीय तहले जनाएका छन् । रासस

सोमबार, असार २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.