• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कोरोना सङ्क्रमित बढे संगै सतर्कता अपनाउन आग्रह

  •  बिहिबार, साउन १२, २०७९ मा प्रकाशित

 

स्याङ्जा  ।  केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेका छन् । जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो । अधिकांश बिरामीमा उच्च ज्वरो आउने, निरन्तर खोकी लाग्ने समस्या तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेकाले ‘एन्टिजेन’ परीक्षण गर्दा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताउनुभयो ।

जिल्लाका ११ पालिकामध्ये हाल पुतलीबजार, वालिङ र चापाकोट नगरपालिकामा सङ्क्रमणदर धेरै छ । सङ्क्रमण देखिएका बिरामीलाई आवश्यक औषधि तथा स्वास्थ्य परामर्शसहित होमआइसोलेशनमा बस्न र अप्ठ्यारो भएमा तुरुन्तै स्वास्थ्य संस्थामा आउन अनुरोध गरिएको उहाँले बताउनुभयो । “बिरामीलाई अहिले होमआइसोलेशनमा बस्न भनेका छौँ भने स्वास्थ्यमा कुनै असजिलो महसुस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा खबर गर्न वा आउन भनिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा आवश्यक उपकरण अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, एन्टिजेन किट, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन खबर गरिसकेका छौँ ।” सङ्क्रमणदर बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले सक्रियता बढाएको छ ।

पहिलाको जस्तै कोरोनाले दीर्घरोगी वा लामो समयदेखि औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकलाई समस्या पार्न सक्ने भएकाले उक्त वर्गका मानिसले उच्च सतर्कता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “सकेसम्म भीडभाडमा नजान र जानैपर्ने अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डको पालनामा जोड दिनुहोस् ।” कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा सञ्चालनमा आएका आइसोलेशन केन्द्रलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राखिने उहाँले बताउनुभयो । कोभिड–१९ को परीक्षणको दायरालाई बढाउँदै लैजानका लागि आवश्यक ब्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

वालिङस्थित गह«ौँ प्राथमिक अस्पतालमा एक हप्ताको अवधिमा ५७ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सिनियर ल्याब असिस्टेन्ट ईश्वर कोइरालाले जानकारी दिनुभयो । “उच्च ज्वरो, रुघाखोकी, जीउ दुखेका वा कोरोनाको सम्भावित लक्षण देखिएका बिरामीको परीक्षण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “बीचमा हराएको कोरोना सङ्क्रमण फेरि ह्वात्तै बढेको छ, उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ ।” पुतलीबजार र चापाकोट नगरपालिकामा पनि कोरोनाको सङ्क्रमणदर बढ्दै गएको छ ।रासस

बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.