चितवन । राष्ट्रिय चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डाक्टर प्रतिक न्यौपाने चयन हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको पदाधिकारीको उपाध्यक्षमा द्धय डा.जयराम अधिकारी र डा. मञ्जु पाण्डे सचिवमा डा.अमित चौधरी, कोषाध्यक्षमा डा. नवराज लामिछाने, सहसचिवमा डा.पल्लवराज पौडेल चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा डा. रोशन आचार्य, डा. सन्दिप पाण्डे, डा. सुशील अधिकारी, डा. कृष्ण रेग्मी, डा. शशी पौडेल,डा. प्रशान्त आचार्य, डा. सञ्जय साह, डा. नरेन्द्र दराई र डा. टेकेन्द्र गौतम हरिजन रहनुभएको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
