• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

पर्वत अस्पतालमा जनशक्तिको अभाव हुंँदा विरामीलाई सास्ती

  •  सोमबार, साउन १६, २०७९ मा प्रकाशित

पर्वत,गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र चारजना कार्यालय सहयोगीलाई करारमा राखिएको थियो । उनीहरू एक वर्षदेखि अस्पतालको इमर्जेन्सी, कोभिड–१९ को आइसोलेशन वार्ड, ओपिडी, ल्याबलगायत विभिन्न भागमा कार्यरत रहँदै आएका थिए ।

प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको अभावमा सेवा बढाउन नै समस्या परिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताउनुभयो । जिल्ला अस्पतालमा निर्माण भएको नयाँ भवनबाट सेवा सुरु भएपछि बिरामीको उपचार सहज र उपचारमा पनि पहुँच बढ्ला भन्ने आशा भए पनि जनशक्ति अभावले जिल्लावासी निराश बनेका छन् ।

पन्ध्र शय्याको अस्पताललाईस्तर वृद्धि गरेर ५० शय्या क्षमताको बनाउने योजना अनुसार करोडौँको लगानीमा आधुनिक भवन बनेका छन् । पुरानो भवनबाट नयाँ भवनमा स्थानान्तरण भएपछि सेवा विस्तार हुनुपर्नेमा सेवा झनै साँघुरो बन्ने अवस्था आएको छ । “नयाँ भवनमा सरेपछि त झनै सेवा विस्तार हुनुपर्ने हो । तर यही बेलामा कर्मचारीको करार थप नभएपछि कसरी सेवा बढाउन सक्नु ? भएकै कर्मचारीले पनि कार्यालय समयको भन्दा बढी समय दिएर अहिलेसम्म धानिरहेका छौँ”, डा अधिकारीले भन्नुभयो, “अस्पतालमा कोठा छन्, सुविधायुक्त शय्या छन्, आधुनिक प्रविधिका उपकरण छन् । नागरिकको ठूलो विश्वास हामीप्रति रहेको छ । तर जनशक्तिको अभावमा नागरिकको अपेक्षा पूरा हुननसक्ने अवस्था छ ।”

अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायका अनुसार अहिले अस्पतालमा आठ जना मेडिकल अधिकृत, दुई जना डेण्टल अधिकृत, ल्याबमा पाँच जना, इमर्जेन्सीमा पाँच जना, इनडोरमा छजना, एक्सरेमा दुई जना, फार्मेसीमा तीन जना र काउन्टरमा पाँच जना कार्यरत रहेका छन् । यी बाहेक सरकारी तथा गैह्रसरकारी संस्थाले विभिन्न कार्यक्रममार्फत उपलब्ध भएका केही कर्मचारी कार्यरत रहेका छन् भने त्यसरी आएका केही कर्मचारीको पनि करार सम्झौता सकिएको छ । अहिले दुई जना कार्यालय सहयोगीसहित १२ जना कर्मचारी स्थायी दरबन्दीमा रहेका छन् ।

“बाह्र जना स्थायी कर्मचारीको भरमा त यत्रो अस्पताल चल्ने कुरा नै भएन । करारका कर्मचारीको ठूलो भर छ तर उहाँहरूकै सेवा करार सम्झौता थप नभएपछि कसरी यहाँको सीमित जनशक्तिले भार थेग्न सक्ला ?” उहाँले भन्नुभयो, “बिरामी भर्ना गरेर राखौँ, हेर्ने स्वास्थ्यकर्मीको अभाव हुन्छ । ओपिडिमा भएको उस्तै चापलाई कसरी धान्ने ? बिरामी अन्यत्र जानुपर्ने बाध्यता आयो ।”

अस्पताललाई ५० शय्या क्षमतामास्तर वृद्धि गर्नका लागि ‘ओ एन्ड एम’ गरेर प्रदेशले स्वीकृति दिएपछि मात्रै ५० शय्या अनुसारको जनशक्ति र अन्य स्रोत तथा सुविधा थप हुने भएकाले प्रदेशको स्वीकृतिको पर्खाइमा आफू रहेको मेडिकल सुपरिटेन्डेन्ट डा अधिकारीको भनाइ छ । कोभिडको सङ्क्रमण फेरि बढ्दै गइरहेको अवस्थामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको झनै आवश्यकता परेको बेलामा उनीहरूकै सेवा सम्झौता नहुँदा बिरामीले सास्ती खेप्नुपर्ने उहाँको भनाइ छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले अस्पतालमा रहेको यो समस्याका बारेमा प्रदेशमा कुराकानी गरेको बताउनुभयो । प्रदेशले गर्ने निर्णय आफूहरूले चाहेकै बेलामा नहुने भएकाले तत्कालका लागि समस्या समाधान गर्न स्थानीय तहले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा रहेको जनशक्तिलाई केही समय अस्पतालमा काजमा पठाएर भए पनि जिल्लाको ठूलो अस्पतालको समस्या समाधान गर्नुपर्ने गिरीले बताउनुभयो । पर्वत अस्पतालले पछिल्लो समयमा जटिल अवस्थामा रहेका सुत्केरीको समेत शल्यक्रिया गर्दै आएका कारण नागरिकको ठूलो विश्वास पाएको छ । जसका कारण एक वर्षको अवधिमा चार सय पाँच महिलाले बच्चा जन्माएका छन् भने यीमध्येका २८ जनाको जटिल अवस्थामा शल्यक्रिया गरेर बच्चा निकालिएको छ । अहिले पनि ओपिडीमा दैनिक करिब साढे दुई सय जनासम्म बिरामी आउने गरेका छन् ।

सोमबार, साउन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.