• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

मृगौलाको महत्व र मृगौला स्वस्थ राख्ने उपायहरु

  •  शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित

अधिकांश हामी स्वस्थ मिर्गौला लिएर जन्मन्छौं, तर मिर्गाैला किन बिग्रन्छ र किन बाँच्न डायलाईसिस वा प्रत्यारोपण गर्नु पर्छ ? यसबारे हामी केही चर्चा गरौं !

हामी सोच्छौं स्वस्थ रहन केही गर्नु पर्दैन, अर्थात हामी केही नगरी स्वस्थ रहन्छौं भन्ने विचार गर्छौं । प्रकृतिमा जे छ त्यो परिवर्तनशिल छ, त्यसलाई ठिक राख्न उचित व्यवस्थापन चाहिन्छ । स्वास्थ्यको हकमा शरीरले गर्नु पर्ने नित्य कर्महरु तोकिएको समयमा तोकिएको सिमा भित्र रहेर गर्नुपर्छ ।

मिर्गौलाले शरीरलाई स्वस्थ राख्न शरीरमा उत्पन्न फोहोरहरु शरीर बाहिर निकाल्नको साथसाथै रगत सन्तुलन, रक्तचाप सन्तुलन, हड्डी मजबुत राख्न महत्वपूर्ण काम गर्छ । अधिकांश व्यक्तिलाई मिर्गौलाले के काम गछर्, कसरी गर्छ सरोकार छैन । जसको मिर्गौला बिग्रन्छ र उपचार गर्नुपर्छ र त्यसमाथि पनि निको नहुने गरी बिग्रेमा थप चुनौती पैदा हुन्छ । स्वस्थ हुँदाको रमाईलो चकनाचुर हुन्छ । यसैले उपचार रोगीले त गर्छ गर्छ, उ बाध्य छ, तर उपचार स्वस्थले गर्नुपर्ने रहेछ स्वस्थ रहरिहन र जीवनको रमाईलोमा रमाउन स्वस्थ व्यक्तिले गर्ने उपचार भनेको रोग लाग्न नदिने उपायहरु अपनाउन ता कि रोग लाग्दै नलागोस् वा लागी हालेमा सहि उपचार गरेर समयमै स्वस्थ लाभ गर्न सकियोस ।

मिर्गौला स्वस्थ राख्न अपनाउनै पर्ने कुराहरु के हुन त !
पानी : प्रत्येक व्यक्तिले पानी वा तरल पदार्थ यति पिउनु पर्छ ताकि २ देखि ३ लिटर पिसाब १ दिनमा फेरोस् । कम पानीले पिसाबमा खराबी ल्याउन सक्छ र शरीर आफैमा स्वस्थ रहन कठिनाई हुन्छ ।

व्ययामः प्रत्येक दिन दस हजार पाइला अर्थात सात किलोमिटर हिड्ने, दौडने व्यक्ति स्वस्थ रहने रहेछ । विहान बेलुकाको हिडाइ होस, योग प्राणायाम, नाच वा खेलकुद होस सक्रिय रहन स्वस्थ हुन गर्ने पर्ने प्रयास हो ।

स्वस्थ खानाः हरियो परियो सागसब्जी, तरकारी दाल गेडागुडी फलफुल भएको खाना खाने बानीले मानिसलाई स्वस्थ राख्ने रहेछ । त्यसमाथि बेलुकी सुत्नु भन्दा ३÷४ घण्टा अगावै खाने र दिनमा ८ घण्टा भित्र ३ पटक खाने र बाँकी रहेको १६ घण्टा भित्र सुत्ने समय बाहेक पानी र चिनी दूध बिनाको फिका चिया वा कफी लिनु ठिक रहेछ ।

खाना खाँदा पत्रिका, मोबाइल, टिभी प्रयोग नगर्नु मात्र होइन कुराकानी नगर्दा पनि राम्रो । अझ ध्यान चपाएको खानामा लाने र प्रत्येक गाँस ३२ पटक चपाएर खाँदा त स्वस्थ रहन मदत पुग्ने रहेछ ।

निन्द्राः ७÷८ घण्टा रातीको समयमा निदाउनु स्वस्थ रहने अभ्यास रहेछ । उमेरसँग निद्रा घट्न सक्छ तर निद्राको गहिराई र उही समयमा सुत्ने बानीले शरीरलाई फुर्तिलो राख्ने रहेछ ।

रोग छ भनेः यदि उच्च रक्तचाप छ औषधी खानु भएको छ भने चिकित्सकको सल्लाह बमोजिम त्यसलाई ठिक राख्नु पर्दछ । मधुमेह भएका व्यक्तिहरुले खानपान, व्यायामको साथै उचित उपचारबाट लाभ लिनु पर्छ । उच्च रक्तचाप र मधुमेह भएमा प्रत्येक व्यक्तिले आफ्नो मिर्गौलाको स्थिति कस्तो छ प्रत्येक वर्ष परिक्षण गर्न विर्सन नपाइने रहेछ, सम्झना राखौं ।

दुखाई कम गर्न : औषधी खाने गर्नु भएको छ भने आफै नखानुस, चिकित्सकसँग सल्लाह लिएर मात्र सिमित समयको लागि मात्र प्रयोग गर्नुस है । यस्ता औषधी बारम्बार खाइरहँदा मिर्गौला बिग्रने जोखिम बढ्ने रहेछ भनेर नबिर्सौ ।

बार्षिक स्वास्थ परीक्षण : मिर्गौला स्वस्थ छ छैन थाहा पाउँन प्रत्येक वर्ष पिसाबमा प्रोटीन निक्लेको छ छैन जाँच्ने । प्रयोगशालामा Urine Test for Albumin वा Protein भनेर अनुरोध गरेर परीक्षण गरौं । साधारण यो जाँचले तपाई हाम्रो मिर्गौलामा रोग लागे नलागेको पत्ता लाग्दछ । रगतमा Creatinine (क्रियाटिनिन) जाँचेर मिर्गौलाले ठिक काम गरे नगरेको पत्ता लाग्दछ । त्यसैले यो जाँच प्रत्येक वर्ष गर्न जरुरी छ । अल्ट्रासाउण्ड (USG abdomen) वा भिडियो एक्सरे गरेमा दुई वटा मिर्गौला छ छैन ? मिर्गौलामा रोग छ कि छैन ? पत्थरी छ कि छैन ? पिसाब कहि थुनिएको छ, छैन? प्रोष्टेट ग्रन्थी बढेको छ, छैन धेरै कुरा थाहा पाउन सकिन्छ ।

स्वस्थ जीवन शैली अपनाएर स्वस्थ रहन मिर्गौला बचाऔं अभियान अपिल गर्दछ । आफ्नो मिर्गौलाको जिम्मेवारी आफैले लिने बानी बसालौं, बार्षिक स्वास्थ परिक्षण गरौं र ढुक्क होऔं ।

“स्वस्थ हुनु धनी हुनु बराबर हो” भन्दछौं तर बुझेका छैनौ । यो त्यतिखेर बुझदछौं जब स्वस्थ रहदैनौं । त्यतिखेर बुझेर खासै मतलब राख्दैन । त्यसैले स्वस्थ व्यक्तिले स्वस्थ रहने प्रयास गर्नु नै सुन्दर अभ्यास हो ।

स्वस्थ मिर्गौैला भएका व्यक्तिहरुबाट स्वस्थ नेपाल बन्दछ, त्यसैले प्रत्येक नेपालीले हाम्रो देशलाई स्वस्थ राख्न स्वस्थ जीवन शैली र बार्षिक स्वास्थ परिक्षण गर्ने बानी बसालौं । एक जनाको मिर्गौला बिग्रन जोगिएमा लाखौं जोगिन्छ, सय जनाको जोगिए करोड र हजार जनाको जोगाउन सकेका अरबौं जोगिन्छ र यो जोगाउने काम तपाई हामीबाट शुरु हुन्छ ।

लेखक प्रोफेसर डाक्टर ऋषि कुमार काफ्ले मिर्गौला बचाऔँ अभियानका अध्यक्ष हुनुहुन्छ

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.