• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

धौलागिरि अस्पतालमा उपचार पाउनै सास्ती

  •  सोमबार, साउन २३, २०७९ मा प्रकाशित

बलेवा । धौलागिरि अस्पतालमा उपचारका लागि आउनुभएकी सिगानाकी लीलाकुमारी कार्कीले चार घण्टा लगाएर पनि उपचार पाउन नसकेको गुनासो गर्नुभयो । बल्लबल्ल स्वास्थ्य परीक्षण गरेपछि फेरि स्वास्थ्य बीमा गरिएका कारण पनि अपमानित जस्तो बन्नुपरेको उहाँको गुनासो थियो ।

स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गर्न खोज्दा सामान्य लाइनमा दुई घण्टा लगाएर पैसा तिर्नुपरेको, भिडियो एक्सरेको रकम जम्मा गर्न दुई घण्टा लाइन बसेर ढोकैमा पुगेपछि आज भिडियो एक्सरे हुँदैन भनेर फकाईएको उहाँको गुनासो थियो । यस्ता गुनासो गर्ने अस्पतालमा दिनदिनै बढेका छन् । सामान्य उपचार पाउने त परै जाओस् विशेषज्ञ सेवा पाउन पनि सास्ती बढेको छ । बीमा गरेकालाई उपचार सेवा झनै झण्झटीलो भएको छ । अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीले गर्ने व्यवहार फरक भएको बिरामीको गुनासो थियो ।

अमलाचौरका ईश्वरी शर्माको गुनासो पनि उस्तै छ । बीमा गरेको व्यक्तिबाट फाइदा पाइदैन भनेर स्वास्थ्यकर्मीले सित्तैमा उपचार गरिदिएझै गरेको उहाँको भनाइ थियो । भएको औषधि दिन र उपचार सेवा दिन पनि नखोजेको ईश्वरीको टिप्पणी थियो । “हामीले पनि पैसा तिरेका छौँ भन्ने पनि उनीहरुले बुझेनन्” ईश्वरीले भन्नुभयो, “रिफर गर्दा पनि विशेषज्ञ भएको अस्पतालमा जान पाइएन ।” ‘कानको समस्या थियो, हामीलाई हरियोखर्क रिफर गरिदिएको भए राम्रो हुन्थ्यो तर गण्डकी अस्पतालमा रिफर भयौँ ।” उहाँले गुनासो गर्नुभयो ।

सेवाग्राही बाबुराजा कार्कीले भने चिनेजानेकै भएकाले आफूलाई सहजै उपचार गरिदिएको बताउनुभयो । औषधि लिने बेला भने कुनै कुनै औषधि नभएर फर्काउनु परेको जानकारी दिनुभयो । रु तीन हजार ५०० तिरेर बीमा गरेपछि एक बर्षभित्र रु एकलाख बराबरको उपचार निशुल्क पाउने व्यवस्था छ । राष्ट्रिय बीमा बोर्डले पनि सोहीअनुसार ग्रामीण तहका स्वास्थ्य चौकीदेखि रिफर गरिएका अस्पताल तोकिदिएको छ । तोकिएका अस्पतालमा उपचार गर्दा रु एक लाखसम्म छुट हुन्छ । बोर्डको बागलुङ कार्यालयका अधिकृत नारायण प्रसाद पौडेलले बीमितका संख्या बढेको बताउनुभयो ।

बीमा गरेकै कारण कसैलाई विभेद गर्न जरुरी नभएको मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलले बताउनुभयो । “मेरोमा आउने र मैले देखेसम्म सबैलाई सम्मान गर्छु”, उहाँले भन्नुभयोे, “केही कर्मचारी साथीको व्यवहार केही रुखो छ भन्ने गुनासो आएको छ ।” प्रशासनिक रुपमा कसैलाई पनि दुःख र अप्ठ्यारो नपर्ने गरी व्यवस्थापनमा लागेको डा पेखरेलले बताउनुभयो । गत असार मसान्तभित्र जिल्लाका ८० हजार छ सय ९४ नागरिकले स्वास्थ्य बीमा गरेका छन् । अधिकांशले नवीकरण पनि गरेका छन् । अस्पतालभित्र फार्मेसीमा टेन्डरमार्फत औषधि झिकाउने भएकाले केही ढिला हुने, औषधि सकिएको बेला पुगेका बीमितले गुनासो गर्ने अवस्था आएको उहाँको तर्क थियो ।

अस्पतालको सेवा प्रवाह चुस्त बनाउन दक्ष जनशक्ति अभाव भएको प्रशासनका निमित्त प्रमुख ताराप्रसाद शर्माले बताउनुभयो । “डाक्टरको सङ्ख्या कम छ, बिरामीको चाप बढेको छ, त्यसैले सबैले एकैपटक पालो नपाएका हुन्’’ उहाँले भन्नुभयो, “भिडियो एक्सरेलगायत सेवा पनि दैनिक ५० ले मात्रै पाउन सक्ने व्यवस्था छ ।” त्योभन्दा धेरै एकैजनाले नभ्याउने भएकोले फर्काउनुपरेको जिकिर निमित्त प्रमुख शर्माले गर्नुभयो । बिरामीले भने लाइनमा बसेर अन्तिममा आज संभव छैन भने फर्कनु पर्ने समस्या भएको गुनासो गरेका थिए ।

बागलुङकै मेलना श्रेष्ठले ९ बजेदेखि आएर लाइनमा बस्दाबस्दा अन्तिममा आज उपचार छैन भनेर फर्कनु पीडादायी भएको बताउनुभयो । “टाढाबाट हजाराँै खर्चेर उपचारमा आएकालाई यो समस्या बढी छ”, उहाँले भन्नुभयो, “न उपचार गर्न पाए, न घर फर्कन पाए ।” सामान्य उपचार गर्न पनि बिरामीले होटल खोजेर बास बस्नुपर्ने बाध्यता हटाउनुपर्ने उहाँको सुझाव थियो । अस्पतालमा पछिल्लो समय पाँच सयभन्दा बढी बिरामी दैनिक उपचारमा आउने गरेका छन् । तीमध्ये नभ्याएकाले भोलिपल्ट सेवा पाउने भए पनि भोलिपल्ट सङ्ख्या बढिरहेकाले समस्या भएको हो । अस्पतालमा दक्ष जनशक्ति भए पनि सिफ्ट प्रणालीमा उपचार गर्नेभन्दा हरेक दिन १० देखि ३ बजेसम्म मात्रै उपचारमा लाग्ने भएकाले बिरामीको आक्रोश आउन थालेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा र मेडिकल सुपरिटेण्डेन्ट पोखरेलले आँफूहरु बिरामी परेकोले तत्काल व्यवस्थापनमा लाग्न नसकेको प्रतिक्रिया दिनुभयो ।रासस

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.