• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अस्पतालले यसरी गर्दछन् फोहर व्यवस्थापन

  •  बुधबार, साउन २५, २०७९ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन् । ती अस्पतालले पनि काठमाडौँ महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका छन् ।

अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अङ्गको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन् । अस्पतालबाट निस्केको फोहरले अन्य सङ्क्रमण फैलिन नपाओस् भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फोहरजन्य व्यवस्थापन गर्दै आएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले २०७२ सालबाट डेडिकेडेड होस्ट म्यानेजमेन्ट सेन्टर स्थापना गरेर अस्पतालको फोहर व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो ।

उहाँका अनुसार अस्पतालको फोहर व्यवस्थापनका लागि सघन उपचार कक्ष सघन उपचार केन्द्र(आइसियु) इन्चार्ज उषा देवकोटाको नेतृत्वमा फोहरको व्यवस्थापनको जिम्मा तोकिएको छ । अस्पतालले फोहर सङ्कलन गर्ने क्रममा नै वर्गीकरण गरी सङ्कलन गर्ने गरेको छ । सङ्कलन गरेको फोहरलाई अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रबाट निर्मलीकरण गर्ने र पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहरलाई छुट्याइ व्यवस्थापन गरिरहेको अस्पतालका निर्देशक डा रावलले जानकारी दिनुभयो ।

“हामी सरुवा रोग अस्पताल भएकोले फोहरलाई विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “मानव अङ्ग र जल्ने खालका फोहरलाई निश्चित् तापक्रममा राखेर जलाउने गर्दछौँ र अरु फोहरलाई निर्मलीकरण गर्दछौँ ।”अस्पतालले प्लास्टिक र सिरिञ्जलाई भने बिक्री गर्दछ । कोरोना महामारीको बेला अस्पताललाई फोहर व्यवस्थापन गर्न चुनौती नै थपिएको उहाँ बताउनुहुन्छ ।

“पिपिइ, ग्लोब्स र मास्क कता फाल्ने समस्या प¥यो । अर्को कुुरा अस्पतालबाट निस्केको फोहर सङ्क्रमण फैलाउने भन्ने पनि डर भयो,” उहाँले भन्नुभयो, “सरसफाइ गर्नेलाई फोहर व्यवस्थापनको तालिम लिएर कसरी समुदायमा सङ्क्रमण फैलिन सक्दैन भनेर दियौँ । सोही अनुसार फोहर व्यवस्थापन गर्नुभयो ।”

इन्चार्ज देवकोटाले हानिकारक फोहरलाई अटोक्लेप मेसिनबाट खतरामुक्त बनाइ बेच्ने गरेको बताउनुहुन्छ ।

अस्पतालमा तीन वटा अटोक्लेप मेसिन रहेका छन् । “सुरुमा हानिकारक फोहरलाई अटोक्लेप मेसिनमा राखेर खतरामुक्त बनाउँछौँ”, उहाँले भन्नुभयो, “फोहर सामान खतरामुक्त भएपछि छुट्यााएर पुनः प्रयोग गर्न मिल्ने बेच्ने गर्दछौँ ।” टेकु अस्पतलामा कोभिड–१९ को महामारीको भने फोहर व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको थियो । पिपिइ, पञ्जा र मास्क जस्ता फोहर व्यवस्थापनका लागि मापदण्ड नहुँदा समस्या परेको उहाँ बताउनुहुन्छ ।

सामानलाई त्यतिकै राखेर पछि कोभिड– १९ को फोहर व्यवस्थापन गर्नका लागि मापदण्ड बनेपछि सजिलो भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पनि अस्पतालको फोहर व्यवस्थापन आफै गरेको छ । अस्पतालले फोहर व्यवस्थापन मापदण्डअनुसार अस्पतालमा रहेका फोहर व्यवस्थापन गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालले मानिसको काम नलाग्ने अंगलाई जलाउने गर्दछ भने अन्यलाई कुहिने र नकुहिने गरी छुट्टाई व्यवस्थापन गर्ने गरिएको उहाँको भनाइ रहेको छ । उहाँले अस्पतालको शय्यादेखि नै कुहिने र नकुहिने फोहर जम्मा गरी व्यवस्थापन गरिँदै आएको बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा जम्मा भएको फोहरलाई छुट्टै टहरामा राखी निसङ्क्रमणा गरी व्यवस्थापन गरिएको छ । अस्पतालले प्लास्टिक बोतल, सिरिञ्ज जस्ता फोहरलाई ठेकेदारमार्फत व्यवस्थापन गर्दै आइरहेको छ । अस्पतालमा भएका फोहर व्यवस्थापनका लागि १५ जना र अस्पतालभित्र सरसफाइ गर्नका लागि ५० जनाभन्दा बढी कर्मचारी राखिएको छ ।

निजामती कर्मचारी अस्पतालले पनि महानगरको समन्वयमा फोहर व्यवस्थापन गर्दै आएको छ । अस्पतालका उपसचिव कृष्ण सापकोटाले शय्यादेखि नै कुहिने र नकुहिने छुट्याएर फोहरको व्यवस्थापन गर्ने गरेको बताउँनुहुन्छ । उहाँले काठमाडौँ महानगरको फोहरको वर्गिकरण अनुसार फोहर व्यवस्थापन गरेको बताउनुहुन्छ ।

यसका साथै अस्पतालले मानवअङ्ग र जोखिमजन्य सर्जिकल समानलाई मेसिनमा हालेर प्रदूषित नहुने गरी धुलो बनाएर निष्क्रिय गर्ने गरेको उहाँ बताउनुहुन्छ । “जोखिमजन्य फोहरलाई हामीले मेसिनबाट धुलो बनाउँछौँ”, उहाँले भन्नुभयो, “धुलो भएपछि महानगरसँग समन्वय गरेर त्यो फोहर धुलोलाई व्यवस्थापन गर्दछौँ ।” अस्पतालको फोहर दैनिक लिन महानगरको कन्टेनर अस्पताल आउने गर्दछ । रासस

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.