• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक २०, २०८३
बिहिबार, कार्तिक २०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
  • ५५ मिनेट 

बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते
  • ३ घण्टा 

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
  • ३ घण्टा 

बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
  • २ दिन 

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार
  • २ दिन 

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
  • २ दिन 

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु
  • २ दिन 

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा
  • २ दिन 

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. १८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

  • ३. भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

  • ४. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

  • ५. स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

  • ६. जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

  • ७. मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

  • ८. पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली

  • ९. स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

  • १०. लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

सुदूरपश्चिम प्रदेशमा कोरोना फैलिन नदिन ‘खोज र खोप अभियान’ चलाइँदै

  •  बुधबार, साउन २५, २०७९ मा प्रकाशित

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’ सुरु गर्न लागिएको छ । अभियानअन्तर्गत मानिसको भीडभाड बढी देखिने सार्वजनिक स्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अभियानमा आफ्नो स्वास्थ्य अवस्था र अन्य विभिन्न कारणले खोप केन्द्रसम्म पुगेर खोप लगाउन नसक्ने व्यक्तिलाई समेत समेटिन लागिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा जगदीश जोशीले बताउनुभयो । रोकथामका लागि सबै अस्पतालमा आवश्यक पर्न सक्ने अक्सिजन, टेस्ट किटको कमी हुन नदिने भेन्टिलेटरको समेत व्यवस्था गरिएको जोशीले बताउनुभयो ।

“सङ्क्रमण बढ्दा सीमा नाकाबाट भित्रिनेहरु सबैको स्वास्थ्य नमूना परीक्षण गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “यसबाहेक नियमितरूपमा रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काम भइरहेको छ ।”

प्रदेशमा अहिलेसम्म खोप लगाउनुपर्ने लक्षित जनसङ्ख्याका झण्डै २२ लाखको ८० प्रतिशतले पूर्ण खोप पाइसकेकोमा झण्डै पाँचदेखि छ लाख जनसङ्ख्याले अझै खोप लगाउन बाँकी रहेको जनाइएको छ । कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई खोपको पहिलो मात्रा लगाइसकिएको छ भने दोस्रो मात्रा लगाउने तयारी भइरहेको छ । नेपाल–भारत बीचको खुला सिमानाका कारण भारतमा कोरोना बढ्दा नेपालमा पनि बढ्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यसैबीच स्वास्थ्य निर्देशनालय दीपायलले गएको २४ घण्टामा प्रदेशमा कोरोनाको शङ्का लागेका एक हजार एक सय सात व्यक्तिको स्वास्थ्यको नमूना परीक्षण गरिएकोमा ९४ मा कोरोनाको सङ्क्रमण भएको जनाएको छ । प्रदेशमा सक्रिय बिरामी पनि दिनदिनै बढ्दै गएका छन् । आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ६० हजार ६०५ सङ्क्रमित पुगेका छन् ।

सङ्क्रमण रोकथाममा भइरहेको कमीकमजोरीले यो रोगको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको स्वास्थ्यकर्मीले बताएका छन् । सङ्क्रमित स्वयंले पनि चासो नदिँदा पनि यो रोगको सङ्क्रमण दर बढेको हो । सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले सङ्क्रमण रोकथामका लागि सीमा नाकाबाट भित्रिने नागरिकको कडाइका साथ स्वास्थ्यको नमूना परीक्षण गर्ने व्यवस्था गरिएको बताउनुभयो । जटिल अवस्थाको सङ्क्रमित बिरामीलाई अस्पतालसम्म पुर्याउन गौरीफन्टा सीमा नाका र गड्डा चौकी सीमा नाकामा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

“नमूना परीक्षणबाट लक्षण देखिनेलाई परामर्श दिएर होम आइसोलेसनमा बस्न सल्लाह दिने गरिएको छ”, उहाँले भन्नुभयो, “जटिल अवस्था भएको सङ्क्रमितलाई सोझै अस्पतालमा भर्ना गर्ने व्यवस्था गरिएको छ ।” गत फागुन १६ गते यता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु दर शून्यमा झरेकोमा केही दिनअघि सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको थियो । फागुनदेखि कम हुँदै गएको सङ्क्रमण दर पनि पछिल्ला दिनमा बढ्न थालेको छ । रासस

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

ताजा

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.