• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सिएमसीमा जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया

  •  शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित

जिल्लामा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ । जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो ।

चितवन मेडिकल कलेज शिक्षण अस्पताल ९सिएमसी० मा शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या लाखौँमा एक दुई जनामा देखिने गरेको चिकित्सक बताउँछन् । अस्पतालका बाल शल्यचिकित्सक डा प्रकृति गिरी नेतृत्वको चिकित्सक टोलीले उक्त शल्यक्रिया गरेको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिनुभएको थियो । उहाँबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।

अस्पताल भर्ना भएको चार दिनपछि गत असार १२ गते पहिलो र त्यसको चार हप्तापछि साउन ९ गते दोस्रो शल्यक्रिया गरिएको थियो । डा गिरीले भन्नुभयो, “शिशुको नाइटोको भाग नबनेको र सोही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । आन्द्रासमेत फुलेको अवस्थामा रहेको यस्तो प्रकृतिका घटना दुर्लभ हुने गर्दछन् ।”

नाइटो नबनेको, आन्द्रा बाहिर आएको र आन्द्रा फुटेको अवस्था लाखौँमा एक जनामा देखिने भन्दै उहाँले यो निकै दुर्लभ समस्या भएको जानकारी दिनुभयो । उहाँको भनाइमा सानो आन्द्रा यसरी फुलेर बस्नु आफैँमा दुर्लभ हो । यस्तो समस्यालाई ओमफालोसियल भनिने गर्दछ ।

शिशुको माँसपेशी पूर्णरुपमा विकास नभएकाले बाहिर निस्किएको आन्द्रा एकै पटक भित्र नअटाउने भएकाले दुई पटक गरेर शल्यक्रिया गर्नुपरेको डा गिरीको भनाइ छ । उहाँले भन्नुभयो, “धेरैजसोमा एउटै शल्यक्रियाले हुन सक्छ । नाइटो नै नभएको, पेटमा प्वाल परेर आन्द्रा बाहिर आएको, प्वाल धेरै साँघुरो र सानो भएकाले बाहिर आएको आन्द्रा कस्सिँदै जान्छ ।”

फुलेको आन्द्राको आठ सेन्टिमिटर काटेर पुनः जोडिएको जानकारी दिँदै डा गिरीले नीलो भएको भाग ठीक होस् भनेर सानो आन्द्राको भाग काटेर बाहिर निकालेर राखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाहिर निकालेको आन्द्रामा कृतिम मलद्वार बनाइयो । अर्थात् त्यहीबाट दिसा बाहिर निस्कने गरी व्यवस्था गरियो ।”

दोस्रो शल्यक्रियामा बाहिर निकालेर राखिएको कृतिम मलद्वारसहितको आन्द्रालाई भित्र जोडेर राखिएको डा गिरीले बताउनुभयो । बयालिस दिन अस्पतालमा राखेर उपचारपछि उक्त शिशु अहिले घर लगिएको छ । शिशुको स्वास्थ्य राम्रो रहेको डा गिरीले जानकारी दिनुभयो ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भए पनि विज्ञ बाल शल्य चिकित्सक चितवन मेडिकल कलेजमा भएकाले सफल भएको बताउनुभयो । रासस

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.