• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रघुगङ्गामा स्वास्थ्य चौकीको भवन निर्माण

  •  शनिबार, साउन २८, २०७९ मा प्रकाशित

म्याग्दी ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ ।

आयोजनाका इञ्जिनियर प्रवीणप्रताप अधिकारीका अनुसार रु एक करोड ५४ लाखको लागतमा दुईतले नौकोठे भवन निर्माण गरिएको हो । “तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रघुगङ्गा–१ बेगखोलामा भवन निर्माणको सम्झौता गरेको थियो,” उहाँले भन्नुभयो, “बेगखोलामा गाउँपालिकाले अस्पतालको भवन बनाउने निर्णय गरेपछि स्वास्थ्य चौकीको भवन झिँमा स्थानान्तरण गरिएको हो ।”

विसं २०७७ असार ११ गते तिलक निर्माण बागलुङसँग ठेक्का सम्झौता भएको भवन निर्माण कार्य राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विघटन भएपछि आयोजनाको कार्यालयलाई हस्तान्तरण भएको थियो । पन्ध्र महिनाको ठेक्काको म्याद कोरोना, स्थान परिवर्तन र जग्गा व्यवस्थापनका कारण २०७९ असार मसान्तसम्म थपिएको थियो । तिलक निर्माण सेवाका सञ्चालक भुपेन्द्र खड्काले सात महिनामा भवन निर्माण गरेर हस्तान्तरण गरेको बताउनुभयो ।

झिँमा गत पुस÷माघ महिनामा सामुदायिक भवन भएको ठाउँको जग्गा व्यवस्थापन गरेपछि भवन निर्माण थालिएको थियो । भवन परिसरमा घेराबार, त्यहाँसम्म पुग्ने पदमार्ग, सडक र पहिरो रोकथामका लागि पर्खाल निर्माण भएको छ । भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, स्वास्थ्यकर्मीको कार्यकक्ष, आवास र प्रसूतिका लागि फरक फरक कोठा छन् । साँघुरो, पुरानो र जीर्ण भवनबाट सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई नयाँ भवनमा सारिएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताउनुभयो ।

सुविधासम्पन्न भवन निर्माणसँगै स्वास्थ्य चौकीको सेवा प्रभावकारी र सहज हुने उहाँले अपेक्षा गर्नुभयो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बेगखोलामा अस्पताल बनाउने निर्णय भएपछि धेरै मेहनत गरेर झिँमा स्वास्थ्य चौकी भवन स्थानान्तरण र निर्माण गर्न सफल भएको बताउनुभयो । स्थानान्तरणको प्रक्रिया र जग्गा व्यवस्थापन गर्न समय लागे पनि भवन निर्माण छिटो भएको उहाँले बताउनुभयो । रासस

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.