• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

न्युरोलोजी साइन्समा पर्याप्त जनशक्ति उत्पादन गर्न जरुरी छ : वरिष्ठ न्युरोलोजिष्ट डा. विष्ट

  •  आइतबार, साउन २९, २०७९ मा प्रकाशित


पछिल्लो समय नेपालमा मेडिकल क्षेत्रले ठूलो फड्को मारेको छ । प्रविधिको विकाससंँगै यस क्षेत्रको आकर्षण समेत बढ्दै गएको छ । विगतका बर्षहरुमा जटिल तथा दिर्घकालिन रोगको लागि विदेश सम्म धाउनुपर्ने बाध्यता थियो । तर मेडिकल क्षेत्रको विकास र आयामसंँगै यहीं पनि दक्ष चिकित्सकहरु उत्पादन हुन र स्थापित हुन थालेका छन । केही चिकित्सकहरु विदेशबाट अध्ययन गरेर नेपालमा सेवा दिईरहेका छन त केही चिकित्सकहरु नेपालमै अध्ययन गरेर पनि जटिल तथा दिर्घरोगहरुको उपचार दक्ष भईसकेका छन् ।
विशिष्ट सेवा अन्तर्गत पर्ने मुट, कलेजो, फोक्सो, मृगौला, टाउकाको सर्जरी लगायतका सेवाहरु नेपालमा नै दिएपछि केही हदसम्म नेपालीहरुको विदेश जाने बाध्यता कम भएको छ । हाम्रो सबै अंगहरुका महत्व, काम फरक फरक भएपनि न्युरोलोजी तथा कार्डियोलोजीको पनि उत्तिकै महत्व छ । यस न्युरोलोजी बिषयमा पनि नेपालमा दक्ष चिकित्सकहरु उत्पादन भईसकेका छन । तर यतिले मात्र आवश्यकता परिपुर्ति हुन सकेको छैन । यसमध्ये विराटनगरमा रही सेवा दिदैं आउनु भएका वरिष्ठ न्युरोलोजी डा.बिरेन्द्र कुमार बिष्ट स्थापित चिकित्सक हुनुहुन्छ ।
मिजासिलो एवं सरल स्वभावका बरिष्ठ न्युरोलोजी डा.बिरेन्द्रकुमार बिष्टले आफ्नै नेतृत्वमा स्थापना गर्नुभएको न्युरो, कार्डियो मल्टिस्पेसियालिटी अस्पताल बिराटनगरमा सेवारत हुनुहुन्छ । स्वास्थ्य क्षेत्र संगै अन्य विभिन्न सामाजिक संघसंस्थाको समेत नेतृत्व गर्दै आहिरहनु भएको छ । स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा गर्नुभएका सामाजिक व्यक्तित्व डा.बिरेन्द्रकुमार बिष्ट सँग उहाँको पेशागत जीवन सँग रहेर पत्रकार वागमती श्रेष्ठले गर्नु भएको रोचक तथा सन्देशमूलक कुराकानीको सारसंक्षेप ।

नेपालमा न्युरोलोजी साइन्सको संस्थागत विकास, जनशक्ति र सेवाको अवस्था कस्तो देख्नु हुन्छ ?

नेपालमा न्युरोलोजी साइन्सको संस्थागत विकास अति सुस्त गतिमा बढिरहेको छ । यसमा धेरै सुधारको आवश्यकता रहेको मैले महसुस गरेको छु । न्युरोलोजी साइन्समा जनशक्ति पर्याप्त मात्रामा भएको छैन । तर यसका रोगीहरु भने गुणात्मक रुपमा बढिरहेका छन । विशेषज्ञ सेवा प्रदान गर्ने दक्ष जनशक्ति उत्पादन गर्नुमा राज्यको अहम भूमिका हुन्छ । तर राज्यको तर्फबाट यस क्षेत्रमा चासो दिएको पाईदैन । तर राज्यले विशेष व्यवस्था निर्माण गरी दक्ष जनशक्ति पर्याप्त मात्रामा उत्पादन गर्ने र हाल विकराल रुपमा देखापरेको न्युरोलोजी सम्बन्धि रोगलाई समयमै उपचार गर्न सकिने कुरामा म विश्वस्त छु । यो मेरो पेशागत अनुभव पनि हो । विशेषज्ञ सेवा प्रदान गर्न दक्ष जनशक्ति उत्पादन गर्ने सन्दर्भमा नीजि क्षेत्रका साधन श्रोत सम्पन्न स्वास्थ्य संस्थाहरुलाई जिम्मेवार बनाउन सकिएको अवस्थामा अझ प्रभावकारी हुने महसुस गरेको छु । त्यसैले पनि न्युरोलोजी साईन्समा पर्याप्त मात्रामा जनशक्ति उत्पादन गर्न जरुरी छ ।

पूर्वी नेपालमा रही विधागत र संस्थागत विकासमा आफूलाई समर्पित गर्दै गर्दा देशको नीति र सहयोग कस्तो पाउनु भएको छ ?

न्युरोलोजी सम्बन्धी विरामीहरु दिनानुदिन बढीरहेको सन्दर्भमा राज्यको तर्फबाट रोकथाम र निदानको लागि भएका पहलहरु पर्याप्त छैनन् । म विगत करिब २३ वर्षदेखि पूर्वी नेपालमा न्युरोलोजी सेवामा समर्पित भई अविच्छिन्न रुपमा कार्यरत रही आएको छु र नेपाल सरकारको तर्फबाट न्युरोलोजी सेवा सम्बन्धि नीतिगत सुधार हुनुपर्ने खाँचो टड्कारो रुपमा मैले महसुस गरेको छु । यसका साथै न्युरोलोजी साइन्स सम्बन्धमा समय समयमा अन्तराष्ट्रिय स्तरमा हुने गरेका सेमिनार र गोष्ठीहरु नेपाल भित्र पनि आयोजना गर्न सके विज्ञहरुको सल्लाह सुझावलाई अवलम्बन गर्न सहज हुने र प्रभावकारी उपचार पद्धतिको विकास हुने कुरामा म विश्वस्त छु ।

नेपालमा पछिल्लो समय न्युरो साइन्सको विकासक्रमको गति देख्दा कस्तो महसुुस गर्नु भएको छ ?

न्युरोलोजी साइन्स सम्बन्धमा मेरो विचारमा भन्नु पर्दा यो विधा राज्यको प्राथमिकताको क्षेत्रमा परेको देखिदैन । राज्यको तर्फबाट विशेषज्ञ जनशक्ति उत्पादनमा विशेष गरी बढवा दिनुपर्ने देखिन्छ । देशमा विज्ञ जनशक्ति भएमा दिनानुदिन बढ्दै गएको न्युरोलोजीका रोगीहरुलाई सहज र सरल ढंगबाट उपचार सम्भव हुने मैले महसुस गरेको छु । यसो भन्दै गर्दा तपाईले भनेजस्तै नेपालमा पछिल्लो समय न्युरो साइन्स भित्र विकासक्रमको गतिमा जनशक्ति र सेवा बिस्तार देशका प्रमुख शहरहरुमा देख्दा अवश्य पनि धेरै खुसी महसुस गरिरहेको छु । जुनबेला मेरो नेतृत्वमा काठमाडौं बाहिर न्युरोलोजी साइन्स सम्बन्धि सेवा सुरु गर्दा मेरा साथीहरु अचम्म पर्नु हुन्थ्यो । आज यस बिद्याको बिकास यसरी नेपालभरि सेवा बिस्तार भएको देख्न पाउदा म धेरै खुसी र उत्साहित पनि छु । जहाँ सम्म काठमाडौं बाहिर न्युरोलोजी साइन्सको सेवा बिस्तार गर्न सकिन्छ भन्ने मेरो सोच र सपना पुराभएको मैले महसुस गरेको छु ।

विज्ञको तर्फबाट यस बिषयमा तपाईका सल्लाह सुझाव ?

हाल देशको राजनैतिक एवं प्रशासनिक क्षेत्रमा राज्यले गरेको परिवर्तनलाई हेर्दा म धेरै आशावादी छु कि आउने समयमा नेपालमा न्युरोलोजी साइन्स र न्युरोलोजी सेवाको विस्तार एवं विकास दीर्घकालीन र दीघो रुपमा हुनेछ । यसका साथै यो रोग सम्बन्धि सर्वसाधारणमा रहेको भ्रमलाई हटाउन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु स्थानीय स्तरबाट संचालन गरिनु पर्छ जस्तो मलाई लाग्दछ । यस क्षेत्रमा समर्पित पेशाकर्मीहरु र विशेषज्ञ उपचार प्रदान गर्दै गरेका अस्पतालहरुलाई राज्यले गर्ने व्यवहार र हेर्ने
दृष्टिकोणमा आमुल परिवर्तनको खाँचो महसुस गरेको छु । आशा छ अपेक्षाकृत रुपमा सुधार भई यस प्रकारका रोगीहरुले पाउने सेवा र सुविधामा हामीले अझ राम्ररी सेवा प्रदान गर्न सक्ने छौं भन्ने मैले विश्वास लिएको छु । साथै मिडियाले पनि यसै गरी बेलाबखत स्वास्थ्य क्षेत्रका यस्ता महत्वपूर्ण विषयलाई स्थान दिनुभएमा धेरै राम्रो हुने थियो ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.