• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

प्रत्यारोपण गर्न सकिने धेरै आँखाको नानीहरु दैनिक जलेर खरानी

  •  शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित

चितवन। अहिले पनि आँखाको नानी प्रत्यारोपण गर्न नपाएर धेरै नेपाली अन्धोपना सहन बाध्य छन् । तिनै व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने धेरै आँखाको नानीहरु दैनिक जलेर खरानी बनिरहेका छन् । मृत्युपर्यन्त जलेर खेर जाने नानी प्रत्यारोपण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न नसक्दा संसार देखाउने आँखाका नानी क्षणभरमै जलेर खरानी बनिरहेका छन् ।यकिन तथ्याङ्क नभए पनि ग्रामीण क्षेत्रमा धेरैजसो बासिन्दा आँखाको नानीको समस्याका कारण अन्धोपनामै जीउन बाध्य छन् । नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आँखाको नानी सङ्कलन सुरु गरेको पाँच वर्ष हुँदा केबल १८ जनाको ३५ वटा नानी मात्रै सङ्कलन भएको छ । यो सङ्ख्या दैनिक देवघाटमा अन्त्येष्टि गर्न ल्याउने शवकोभन्दा निकै थोरै हुन आउँछ ।

कोभिडका कारण धेरै काम हुन नसके पनि पछिल्ला दिनमा सङ्ख्या बढ्दै गएको छ । यद्यपि आँखा दान गरेमा अर्काे जुनीमा अन्धो भइन्छ भन्ने अन्धविश्वास र आँखा दान गर्दा सिङ्गो आँखा नै निकाल्नुपर्छ भन्ने भ्रमका कारण धेरैले आँखाको नानी दान गर्न इच्छा व्यक्त गर्दैनन् ।सङ्घका सभापति कृष्णराज धरेलले आँखा दानकै कारण अर्काे जुनीमा अन्धो हुने होइन, आफ्नो आँखाको कारण अर्काे दुई जीवित व्यक्तिले संसार देख्नाका साथै गर्दा पुण्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा बुबाको स्वर्गारोहणपछि गत महिना मात्रै हामीले बुबाको आँखा दान ग¥यौँ । यसबाट हामीलाई सन्तुष्टि मिलेको छ ।” त्यसो त आँखाको नानी झिक्दै गर्दा माथिल्लो झिल्ली निकालेर प्लाष्टिकको झिल्ली राख्ने गरिन्छ । यसरी निकालिएको नानीका कारण मृतकको आँखाको स्वरुपमा परिवर्तन आउँदैन । सभापति धरेलले भन्नुभयो, “नानी निकालेको र ननिकालेको थाहै हुँदैन ।”

आगोमा जलेर नष्ट हुने नानी निकाल्न सकिएमा अर्का दुई जनाले संसार देख्न पाउने हुँदा उहाँले सबैसँग आँखादानमा सरिक हुन अनुरोध गर्नुभयो । मृतकको परिवारले समयमै सम्पर्क गरेर आँखा दान गरिदिएमा नानीको अभाव पूर्ति हुने सभापति धरेलको भनाइ थियो ।

भरतपुर आँखा अस्पतालमा गएको पाँच वर्षमा आठ सय ४४ ले आँखा दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका छन् भने एक सय १४ ले प्रत्यारोपण गरेका छन् । प्रत्यारोपण गर्न चाहने धेरै छन् भने दान गर्ने थोरै छन् । आँखाको कर्नियासम्बन्धी अध्ययन गरेर आउनुभएका कर्निया विशेषज्ञ डा पुष्पा गिरीले आँखा दानसम्बन्धी जनचेतनामा कमी भएको बताउनुभयो । मानिसको मृत्यु भएको आठ घण्टाभित्र आँखाको नानी सङ्कलन गर्न सकिन्छ । उहाँले भन्नुभयो, “मृत्यु भएपछि जति छिटो नानी सङ्कलन गर्न सकियो त्यति नै राम्रो हुन्छ ।” आँखा दान भनिए पनि आँखा पूरै ननिकालेर केवल आँखाको बाहिरी भागमा हुने पातलो नानी मात्रै निकाल्ने उहाँले बताउनुभयो ।

डा गिरीले भन्नुभयो, “अझै पनि मानिसलाई पूरै आँखा निकालिन्छ भन्ने भ्रम छ, त्यस्तो होइन, आँखाको पातलो झिल्ली (नानी) मात्रै निकाल्ने हो ।” नानी निकालेपछि पुनः कृतिम नानी राखेर पहिलेको जस्तै अवस्थामा राखिन्छ । आँखाको नानीमा चोट लागेका, सरुवा रोग भएका, क्यान्सर रोग भएका व्यक्तिबाहेक सबैको आँखाको नानी निकालेर प्रत्यारोपण गर्न सकिने उहाँको भनाइ थियो।

भर्खर जन्मिएको बच्चादेखि वृद्धसम्मलाई आँखा प्रत्यारोपण गर्न सकिने डा गिरीको भनाइ थियो। आँखाको भित्री नसा र पर्सा राम्रो भएर नानीमा समस्या भएकालाई प्रत्यारोपण गर्न सकिने अस्पतालका डा मारिया गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैलाई प्रत्यारोपणबाटै संसार देखाउनसकिन्छ ।”अस्पतालका अर्का चिकित्सक मनिषा श्रेष्ठले आँखाको नानी प्रत्यारोपण गर्न चाहने बढ्दो भएको बताउनुभयो । समयमै आम नागरिकलाई सन्देश प्रवाह गरेर नानी सङ्कलन गर्न सकेमा धेरैलाई दृष्टि सकिने उहाँको भनाइ थियो । डा. श्रेष्ठले भन्नुभयो, “नानी प्रत्यारोपण गर्न चाहने धेरै छन्, दान गर्नका लागि दाताको अभाव छ ।”

यहाँ सङ्कलन गरिएको नानी काठमाडौँको तिलगङ्गास्थित नेपाल आँखा बैंकमा पठाउने गरिएको छ । तिलगङ्गामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्दछ । प्रत्यारोपणका लागि आवश्यक नानी पनि तिलगङ्गाबाट ल्याउने गरिएको छ ।अस्पतालका आँखा बैंक संयोजक छाया श्रेष्ठले आँखा दान गर्न चाहने व्यक्तिले जुनसुकै समयमा सम्पर्क गर्नसक्ने बताउनुभयो । बाह्र घण्टाभित्र नानी सङ्कलन गरेर अस्पताल आइपुग्ने ठाउँमा पुगेर सङ्कलन गरिने उहाँको भनाइ थियो । श्रेष्ठले भन्नुभयो, “२४ सैँ घण्टा अस्पताल वा घर जहाँ भए पनि हामीले नानी सङ्कलन गर्दछौँ ।” धेरै टाढा भए पनि सोही स्थानको आँखा अस्पतालसँग समन्वय गरेर नानी सङ्कलन गर्ने व्यवस्था गरिने संयोजक श्रेष्ठको भनाइ थियो ।रासस

शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.