• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नुवाकोटको त्रिशूली अस्पतालबाट उत्पादन हुने फोहरबाट ऊर्जा उत्पादन शुरु

  •  शनिबार, भदौ ११, २०७९ मा प्रकाशित

त्रिशूली ।नुवाकोटको त्रिशूली अस्पतालबाट उत्पादन हुने फोहरबाट ऊर्जा उत्पादन गर्न थालिएको छ । अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन ग्यास) उत्पादन गरेर अस्पतालको आवासीय मेस (भान्सा)मा प्रयोग गर्न थालिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँको अनुसार बागमती प्रदेश सरकारको सहयोगमा रु आठ लाख लगानी ४० घनमिटर क्षमताको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याइएको हो । “प्रसूती कक्षबाट निस्कने प्लासेन्टा, शल्यक्रिया–ड्रेसिङ गर्दाको मानवजन्य अङ्ग, बिरामी र कुरुवाले खेर फालेका खाद्यान्नलगायत कुहिने फोहरलाई अस्पताल परिसरमा निर्माण गरिएको प्लाण्टमा विसर्जन गर्न थालिएको छ ।” अस्पतालका प्रमुख डा पाण्डेले भन्नुभयो, “प्लान्टबाट उत्पादन हुने इन्धनले चिकित्सकको आवासीय मेसमा १५ जनालाई आवश्यक इन्धन पर्याप्त बनेको छ ।”

प्लान्ट सञ्चालनले अस्पतालजन्य कुहिने फोहरको बिसर्जनको समस्या समाधानसहित फोहरका कारण लाग्नसक्ने सरुवाजन्य रोग नियन्त्रण र इन्धन उत्पादनले अस्पतालको खर्च बचाएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको प्लान्टबाट करिब ४० जनासम्मलाई खाना, खाजाका लागि आवश्यक इन्धन उत्पादन भएकाले ऊर्जा उत्पादनको दायरा बढाएर अस्पतालको चमेनागृहलाई बिक्री गर्ने लक्ष्य छ ।

“अस्पतालबाट उत्पादित फोहर विसर्जन गर्न यसअघि मासिक रु एक हजार पाँच सय शुल्क तिर्नुपर्ने थियो”, अस्पतालका अध्यक्ष पण्डितले भन्नुभयो, “कुहिनेबाट ऊर्जा र नकुहिनेलाई समेत एक निजी कम्पनीलाई मासिक रु तीन हजारमा बिक्री गर्न हालै सम्झौता गरेका छौँ ।”

त्रिशूली अस्पतालले अस्पतालको सेवा प्रभावकारी बनाउन दक्ष जनशक्तिको व्यवस्थापन, आवश्यक उपकरणको प्रबन्ध र विशेषज्ञ सेवाको विस्तार गर्दै अस्पताल सञ्चालनका क्रममा देखिएका आन्तरिक समस्याको समाधानलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

सो क्रममा फोहर बिसर्जनका लागि प्लान्टको निर्माणसहित डिप बोरिङ निर्माण गरेर पानीको सुविधा सहज बनाइएको छ । ‘न्यूनतम सेवा मापदण्ड’मा त्रिशूली अस्पतालले देशभरका सरकारी अस्पतालमध्ये आर्थिक वर्ष २०७७/७८ मा ८३ अङ्क प्राप्त गरेको थियो भने गत आव २०७८/७९ मा ९४ अङ्कको साथ देशभरको उत्कृष्ट अस्पताल घोषित भएको थियो ।

शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.